एमाले गण्डकीको “नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्बाङ” विषयक विचार गोष्ठी सम्पन्न

पोखरा,२ असोज- नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको आयोजनामा “नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्बाङ” विषयक विचार गोष्ठी सम्पन्न भएको छ ।
पार्टी उपाध्यक्ष अस्टलक्ष्मी शाक्यले सुवास नेम्बाङसंग सबैलाई मिलाउन सक्ने खुबीका कारण नै तत्कालिन अवस्थामा संविधान जारी हुन सकेको बताउनुभयो।
शाक्यले नेम्बाङको प्रभाबशाली र शालिन शैली सबैका लागि अनुकरणीय रहेको उल्लेख गर्नुभयो।
पार्टी सचिव तथा गण्डकी प्रदेश इन्चार्ज गोकणर् विष्टले संविधान सभाको असहमतिका दर्जनौं बुदालाई सहमतिमा परिणत गर्दै सर्वस्विकार्य समाधान निकाल्ने संयम धैर्य ब्यक्तित्व सुवास नेम्बाङ भएको उल्लेख गर्नु भयो ।
पार्टी भित्र र अन्तर पार्टीका द्वन्द्वलाई सोच बिचार गरेर समाधान निकाल्ने नेम्बाङको शैलिकै कारण संविधान संभब भएको सचिव विष्टले बताउनुभयो ।
एमालेबाट सभामुख र अध्यक्ष भए पनि सम्सदिय मर्यादा र शैलिलाई उहाँले कहिल्यै नकुल्चेको भन्दै इतिहासमा गौरव गर्न लायक नेता भएको नेता विष्टको भनइथियो ।
एमाले स्थायी कमिटी सदस्य किरण गुरुङले नेम्बाङ नेपाली राजनितीको समाधान भएको भन्दै भद्र, मिजासिलो नेता भएको उल्लेख गर्नुभयो । गुरुङले सार्थक कुशल बहसमार्फत प्रभाबकारी नेतृत्व प्रदान गर्ने ब्यक्ति भएको भन्दै उहाँको नेतृत्व नभएको भए संविधान जारी नहुने ठोकुवा गर्नुभयो। कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले समग्र पार्टीहरूको लागि चित्तबुझ्दो उपाय खोज्न सक्ने अदित्तिय क्षमता नेम्वाङसंग भएको उल्लेख गर्नुभयो । अधिकारीले सूक्ष्म ब्यबस्थापकिय कौशल भएका नेम्वाङका कारण नै संविधान संभब भएको दाबी गर्नुभयो ।
ताजा

शिक्षकलाई विद्यालय फर्काउ
२०८२ बैशाख २ गते, मंगलवार
शिक्षकलाई विद्यालय फर्काउ
२०८२ बैशाख २ गते, मंगलवार
स्थानीय तहको सेवा प्रवाहमा प्रश्न
२०८१ चैत्र ३१ गते, आईतवार
महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण
२०८१ चैत्र ३१ गते, आईतवार
सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल
२०८१ चैत्र ३० गते, शनिबार
वरिष्ठ पत्रकार भैरव रिसालको निधन
२०८१ चैत्र २५ गते, सोमबार
बाह्रविशे मेला सम्पन्न, दर्शककाे उत्साहाजनक सहभागिता
२०८१ चैत्र २४ गते, आईतवार
आज बाह्रविशे मेला, तयारी पुरा
२०८१ चैत्र २४ गते, आईतवार
गह्राैसुर मन्दिरमा दर्शनकाे लागि लाम्वद्ध भक्तजन
२०८१ चैत्र २३ गते, शनिबार
ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी, गण्डकी प्रदेश मै उत्कृष्ठ घोषणा
२०८१ चैत्र २३ गते, शनिबार