वालिङमा सवारी पार्किङलाई ब्यवस्थीत गर्नुका साथै भाडादर निर्धारण
वालिङ,४ भदौ- वालिङ नगरपालिकामा सञ्चालनमा रहेका सवारीसाधनहरुको पार्किङ तथा भाडादर कायम गरिएको छ ।
नगरप्रमुख कृष्ण खाँणको अध्यक्षतामा सोमबार बसेको बैठकले नगरको बजार क्षेत्रमा सवारीसाधनको पार्किङका साथै भाडा दर समेत निर्धारण गरेको हो । बैठकमा ट्राफिक प्रहरी,जीप तथा अटो ब्यवसायी र उद्योग वाणिज्य संघका प्रतिनिधिको सहभागितामा बसेको बैठकले वालिङमा सञ्चालित सवारीसाधनहरुको ब्यवस्थापनको लागि विभिन्न निणर्यहरु गरेको छ ।
बैठकले वालिङ नगरपालिकाभित्र सञ्चालनमा रहेका सवारीसाधनहरु बजार क्षेत्रमा एकतर्फी आलोपालो पार्किङ गर्ने निणर्य गरेको छ ।
त्यसैगरी बैठकले वालिङमा सञ्चालित अटो रिक्साको भाडा दर समेत निर्धारण गरेको छ । अटो रिक्साको भाडा कच्ची सडकमा तीन किलो मिटर सम्म प्रतिव्यक्ति प्र्रति किलो मिटर १५ रुपैँया कायम गरिएको छ भने पक्की सडकमा तीन किलो मिटर सम्म प्रति व्यक्ति प्रति किलो मिटर १० रुपैँया कायम गरिएको छ ।
यसै गरी स्याङ्जा पर्वत प्रा.लि.बाट सञ्चालित जीपहरु भुम्रे चोकदेखि माथि कृषि विकास बैङ्कको पछाडिको खाली जग्गामा पार्किङ गर्ने निणर्य गरिएको नगरपालिकाले जनाएको छ ।
ताजा
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
२०८३ आश्विन २४ गते, शनिबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार
पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु
२०८३ आश्विन २३ गते, शुक्रबार





















