वालिङमा सवारी पार्किङलाई ब्यवस्थीत गर्नुका साथै भाडादर निर्धारण


वालिङ,४ भदौ- वालिङ नगरपालिकामा सञ्चालनमा रहेका सवारीसाधनहरुको पार्किङ तथा भाडादर कायम गरिएको छ ।
नगरप्रमुख कृष्ण खाँणको अध्यक्षतामा सोमबार बसेको बैठकले नगरको बजार क्षेत्रमा सवारीसाधनको पार्किङका साथै भाडा दर समेत निर्धारण गरेको हो । बैठकमा ट्राफिक प्रहरी,जीप तथा अटो ब्यवसायी र उद्योग वाणिज्य संघका प्रतिनिधिको सहभागितामा बसेको बैठकले वालिङमा सञ्चालित सवारीसाधनहरुको ब्यवस्थापनको लागि विभिन्न निणर्यहरु गरेको छ ।
बैठकले वालिङ नगरपालिकाभित्र सञ्चालनमा रहेका सवारीसाधनहरु बजार क्षेत्रमा एकतर्फी आलोपालो पार्किङ गर्ने निणर्य गरेको छ ।
त्यसैगरी बैठकले वालिङमा सञ्चालित अटो रिक्साको भाडा दर समेत निर्धारण गरेको छ । अटो रिक्साको भाडा कच्ची सडकमा तीन किलो मिटर सम्म प्रतिव्यक्ति प्र्रति किलो मिटर १५ रुपैँया कायम गरिएको छ भने पक्की सडकमा तीन किलो मिटर सम्म प्रति व्यक्ति प्रति किलो मिटर १० रुपैँया कायम गरिएको छ ।
यसै गरी स्याङ्जा पर्वत प्रा.लि.बाट सञ्चालित जीपहरु भुम्रे चोकदेखि माथि कृषि विकास बैङ्कको पछाडिको खाली जग्गामा पार्किङ गर्ने निणर्य गरिएको नगरपालिकाले जनाएको छ ।

ताजा

कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित

२०८३ श्रावण २१ गते, बिहीबार

कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित

२०८३ श्रावण २१ गते, बिहीबार

बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

२०८३ श्रावण २१ गते, बिहीबार

स्याङ्जामा सामाजिक सद्भाव र्‍याली

२०८३ श्रावण १७ गते, आईतवार

काेदाे संरक्षण अभियानमा स्याङ्जाकाे फेदिखोला गाउँपालिका

२०८३ श्रावण १६ गते, शनिबार

अवैध नदीजन्य पदार्थ ओसारपसार गर्ने ट्याक्टरलाई ३० हजार जरिवाना

२०८३ श्रावण १४ गते, बिहीबार

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

२०८३ श्रावण १३ गते, बुधबार

पूर्व उपप्रधान मन्त्री श्रेष्ठको अन्त्येष्टि

२०८३ श्रावण १३ गते, बुधबार

नेपालमा पूर्वाधार विकासको ढाँचा बदलिँदै छ….

२०८३ श्रावण ११ गते, सोमबार

आज हरिशयनी एकादशी: तुलसीको बिरुवा राेपीदै

२०८३ श्रावण ९ गते, शनिबार

अकला देवी मन्दिरमा चाेरी गरेर भाग्दै गर्दा स्थानियले समातेर लगाए प्रहरीकाे जिम्म

२०८३ श्रावण ८ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal