वालिङमा शैक्षिक सुधारको लागि अन्तरक्रिया


मणी प्रसाद अर्याल
वालिङ,४ भदौ- विद्यालय स्तरमा शैक्षिक सुधारको लागि वालिङमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । वालिङ नगरपालिकाको आयोजना तथा खबर एजुकेशन डट कम को समन्वयमा वालिङ नगरपालिकाका कार्यपालिका सदस्यहरु र शिक्षा समितिका सदस्यहरुको बीचमा अन्तरक्रिया गरिएको हो ।
अन्तरक्रिया कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले शैक्षिक सुधारको लागि नगरपालिकाले हरकदम चाल्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले शिक्षकहरुलाई राजनैतिक संलग्नताको आरोप लाग्ने गरेकोमा त्यसबाट बचेर शिक्षण सिकाई गनर्थ निर्देशन दिनुभयो ।
अन्तरक्रिया कार्यक्रममा वालिङमा रहेका सामुदायिक विद्यालयहरुको शैक्षिक अवस्था,समस्याहरु तथा सुधारको विषयमा छलफल गरिएको थियो । कार्यक्रममा वालिङ नगरपालिकाका वडा अध्यक्षहरुले आ-आफ्ना वडामा रहेको सामुदायिक विद्यालयहरुको शैक्षिक अवस्थाको बारेमा जानकारी गराएका थिए ।

सामुदायिक विद्यालयहरुमा एसईई परीक्षाको नतिजा खस्किदै जानुमा शिक्षक,अभिभावक तथा विद्यार्थीहरुको त्रिपक्षीय सम्बन्ध स्थापित हुन नसकेको जनप्रतिनिधिहरुले बताएकाछन् ।
यसै बीच वालिङका सामुदायिक तथा संस्थागत विद्यालयहरुका प्रधानाध्यापकहरुलाई प्रश्नपत्र निर्माण तथा मूल्याङ्कनकोे विषयमा कार्यशाला सम्पन्न गरिएको छ ।
विद्यार्थीहरुको शैक्षिक गुणस्तर मापनको लागि प्रयोग गरिने प्रश्नपत्रमा समेटिनुपर्ने विषय वा पक्षहरुको बारेमा कार्यशाला गरिएको हो ।
गुणस्तर मापनको लागि अपनाइने मूल्याँङ्कनको विधि परीक्षालाई लिइने भएकोले प्रश्नपत्र निर्माणको क्रममा गहन अध्ययन हुन आवश्यक रहेको सहभागथीहरुले बताएका छन् ।

ताजा

शिक्षकलाई विद्यालय फर्काउ

२०८२ बैशाख २ गते, मंगलवार

शिक्षकलाई विद्यालय फर्काउ

२०८२ बैशाख २ गते, मंगलवार

स्थानीय तहको सेवा प्रवाहमा प्रश्न

२०८१ चैत्र ३१ गते, आईतवार

महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण

२०८१ चैत्र ३१ गते, आईतवार

सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल

२०८१ चैत्र ३० गते, शनिबार

वरिष्ठ पत्रकार भैरव रिसालको निधन

२०८१ चैत्र २५ गते, सोमबार

बाह्रविशे मेला सम्पन्न, दर्शककाे उत्साहाजनक सहभागिता

२०८१ चैत्र २४ गते, आईतवार

आज बाह्रविशे मेला, तयारी पुरा

२०८१ चैत्र २४ गते, आईतवार

गह्राैसुर मन्दिरमा दर्शनकाे लागि लाम्वद्ध भक्तजन

२०८१ चैत्र २३ गते, शनिबार

ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी, गण्डकी प्रदेश मै उत्कृष्ठ घोषणा

२०८१ चैत्र २३ गते, शनिबार

परम्परा जाेगाउन बाह्रविशे मेला

२०८१ चैत्र २२ गते, शुक्रबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal