मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

कास्की,३ भदौ- कास्की जिल्लाको रुपा गाउँपालिकामा सवारी दुर्घटनामा परी दुई युवाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–३२ बाट रुपातालतर्फ जाँदै गरेको प्रदेश नं ३–०२–००९प ५२०५ नम्बरको मोटरसाइकल शनिबार साँझ दुर्घटना हुँदा लमजुङ दूधपोखरी गाउँपालिका–६ का २९ वर्षीय कृष्ण गुरुङ र सोही ठाउँका २४ वर्षीय अशोक गुरुङको निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
मोटरसाइकल रुपा गाउँपालिका–६ निगालझाँप्रास्थित भित्रीसडकबाट अन्दाजी ८०–९० मिटर तल सोही सडकको घुम्तीको तल्लो बाटोमा खस्न पुगेको बताइन्छ । दुर्घटनालगत्तै घाइतेलाई इलाका प्रहरी कार्यालय शिशुवाबाट गएको प्रहरी टोलीले उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पुर्याइएको थियो ।
चिकित्सकले जाँचका क्रममा दुवै जनालाई मृत घोषणा गरेका थिए । प्रहरीले दुर्घटनाको कारणबारेमा अनुसन्धान भइरहेको जनाएको छ ।रासस
ताजा

प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना
२०८२ बैशाख २४ गते, बुधबार
प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना
२०८२ बैशाख २४ गते, बुधबार
धर्मले समाजलाई अनुशासित बनाउँछ: पूर्व मन्त्री अर्याल
२०८२ बैशाख २३ गते, मंगलवार
पूर्वमन्त्री प्रदीप नेपालको निधन
२०८२ बैशाख २३ गते, मंगलवार
‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’
२०८२ बैशाख २१ गते, आईतवार
प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ
२०८२ बैशाख २१ गते, आईतवार
चालिसेमा महायज्ञ हुने
२०८२ बैशाख २० गते, शनिबार
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा वालिङमा स्वास्थ्य शिविर
२०८२ बैशाख २० गते, शनिबार
विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा
२०८२ बैशाख २० गते, शनिबार
यी हुन् सरकारको नीति तथा कार्यक्रममा परेका महत्त्वपूर्ण विषयहरू
२०८२ बैशाख १९ गते, शुक्रबार