घरमै पुगेर ज्येष्ठ नागरिकको उपचार

दाङ,१ भदौ- दाङ शान्तिनगर गाउँपालिका वडा नं २ ले घरमै पुगेर ज्येष्ठ नागरिक बिरामीको उपचार गर्ने गरेको छ । वडाभित्रका ६० बर्ष माथिका जेष्ठ नागरिकलाई प्रत्येक महिना घरमै पुगेर उपचार गर्ने गरिएको हो ।

बिरामी भएका बेला घरमै पुगेर निःशुल्क उपचार तथा औषधि प्रदान गर्ने गरिएको जनाउँदै दीर्घ रोगीले खाने औषधिकोसमेत बिलका आधारमा पैसा दिने गरिएको वडाध्यक्ष सुनिल वलीले बताउनुभयो ।

“कोही हिँडडुल गर्न सक्नुहुन्न, कसैको आर्थिक अवस्था कमजोर छ”, उहाँले भन्नुभयो, “यही कारणले कोही पनि उपचारबाट बञ्चित हुन नपरोस् भनेर हामीले घरमै गएर सेवा दिन सुरु गरेका हौँ ।” उहाँका अनुसार हाल वडामा रहेका चार सय ४२ ज्येष्ठ नागरिकले सेवा लिइरहेका छन् भने ५७ जना दीर्घरोगीले बिलका आधारमा सेवा पाइरहेका छन् ।

वैशाख ४ गतेदेखि वडाभित्र रहेका ज्येष्ठ नागरिक, असहाय, अपाङ्गता भएकाको स्वास्थ्य जाँच र उपचारका लागि स्वास्थ्यकर्मी खटाएर यो अभियान सञ्चालन गरिरहेको छ । साथै सरकारले निःशुल्करुपमा उपलब्ध गराएका औषधि बाघमारे स्वास्थ्यचौकीबाट वितरण गरिँदै आइएको वडाध्यक्ष वलीले जानकारी दिनुभयो ।

घरमै स्वास्थ्य सेवा पाएपछि ज्येष्ठ नागरिक खुसी भएका छन् । बिरामीले फोन गरेको अवस्थामा २४सै घन्टा सेवा सञ्चालन गराउने उद्देश्यले सामुदायिक स्वास्थ्य सहजकर्तासमेत परिचालन गरिएको वडा कार्यालयले जनाएको छ ।रासस

ताजा

वालिङमा तीन पत्रकार सामानित

२०८२ बैशाख ६ गते, शनिबार

वालिङमा तीन पत्रकार सामानित

२०८२ बैशाख ६ गते, शनिबार

शिक्षकलाई विद्यालय फर्काउ

२०८२ बैशाख २ गते, मंगलवार

स्थानीय तहको सेवा प्रवाहमा प्रश्न

२०८१ चैत्र ३१ गते, आईतवार

महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण

२०८१ चैत्र ३१ गते, आईतवार

सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल

२०८१ चैत्र ३० गते, शनिबार

वरिष्ठ पत्रकार भैरव रिसालको निधन

२०८१ चैत्र २५ गते, सोमबार

बाह्रविशे मेला सम्पन्न, दर्शककाे उत्साहाजनक सहभागिता

२०८१ चैत्र २४ गते, आईतवार

आज बाह्रविशे मेला, तयारी पुरा

२०८१ चैत्र २४ गते, आईतवार

गह्राैसुर मन्दिरमा दर्शनकाे लागि लाम्वद्ध भक्तजन

२०८१ चैत्र २३ गते, शनिबार

ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी, गण्डकी प्रदेश मै उत्कृष्ठ घोषणा

२०८१ चैत्र २३ गते, शनिबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal