सगरमाथा माविद्वारा विद्यार्थीलाई सम्मान

वालिङ,२ भदौ-सगरमाथा अंगे्रजी बोडिङ स्कुल वालिङ ६ मिर्दीले कक्षा १२ उत्तिणर् विद्याथर्ीलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ । शुक्रबार विद्यालयमा आयोजित कार्यक्रममा विद्यालयका प्रिन्सिपल युक्तबहादुर बोगटीले विद्यालयमा कक्षा १२ का पहिलो व्याचका विद्यार्थीले उत्कृष्ठ नजिता ल्याउन सफल भएको भन्दै म्यानेजमेन्ट समुहमा जिल्लामै धेरै संख्यामा विद्यार्थी उत्तिणर् गराउने विद्यालय सगरमाथा भएको दावी गर्नुभयो ।
२०७८ बाट विद्यालयमा प्लस टुको अध्ययन शुरु भएकोमा पहिलो ब्याचमा राम्रो नजिता ल्याएको भन्दै विद्यार्थीलाई बधाई तथा उज्जवल भविष्यको कामना गर्दै बधाई व्यक्त गर्नुभयो ।
प्लस टूमा म्यानेजमेन्टमा कम्प्युटर साईन्सको अध्यापन गराउँदै आएको विद्यालय सगरमाथाबाट यस पटक ३६ जना विद्यार्थीले परीक्षा दिएका थिए । परीक्षामा सहभागि विद्याथर्ी मध्ये ९० प्रतिशत विद्यार्थी राम्रो जिपिएर ल्याएर उत्तिणर् भएको भन्दै विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थीको मेहेनतका कारण यो सफलता एवं नजिता प्राप्त भएको प्रिन्सिपल बोगटीले बताउनुभयो ।
उत्तिणर् भएका ९० प्रतिशत विद्यार्थीले ३.४४ देखि २.६५ जिपिए प्राप्त गरेकाछन् । एउटै समुहमा यतिको संख्या तथा प्रतिशतमा विद्यार्थी उत्तिणर् हुनु जिल्लामै पहिलो विद्यालय भएको विद्यालयको दावी छ । प्लस टू सम्म अध्यापन हुने विद्यालयमा ६०० विद्यार्थीले अध्ययन गर्दै आएका छन् । कक्षा ११ मा समेत भर्ना कार्यक्रम जारी रहेकाले आफ्नो सिट सुरक्षित राख्न विद्यालयले आग्रह गरेको छ ।
ताजा

व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी
२०८१ चैत्र १ गते, शुक्रबार
व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी
२०८१ चैत्र १ गते, शुक्रबार
पिंक सिटी महोत्सवमा सञ्चालित भलिबल प्रतियोगिताको सेमिफाइनल शनिबार हुने
२०८१ चैत्र १ गते, शुक्रबार
वालिङमा दुई उद्याेग वाणिज्य संघले मनाए हाेली
२०८१ चैत्र १ गते, शुक्रबार
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल स्याङ्जाद्वारा साहित्यकार वनवासीलाई सम्मान
२०८१ फाल्गुन २९ गते, बिहीबार
प्रथम पिंक सिटी महाेत्सवकाे आठाैं दिन दर्शककाे घुईचाे, भिडियाे सहित
२०८१ फाल्गुन २८ गते, बुधबार
टोड्केको सिरेटोमा रमाउँछन् पाहुना
२०८१ फाल्गुन २७ गते, मंगलवार
विद्यालय पुग्न ट्युबको सहारा
२०८१ फाल्गुन २७ गते, मंगलवार
सञ्चारिका समूह स्याङ्जाको अध्यक्षमा: न्याैपाने
२०८१ फाल्गुन २२ गते, बिहीबार
संस्थागत विद्यलयका सवारी चालकलाई दुर्घटना न्युनिकरण सम्बन्धि अभिमुखिकरण कार्यक्र सम्पन्न
२०८१ फाल्गुन २२ गते, बिहीबार