भीरकोटमा जिप दुर्घटना हुदा १२ जना घाइते
वालिङ,१९ साउन- भीरकोट नगरपालिका वडा नम्बर ६ कार्कीडाँडा स्थीत भित्री सडक खण्डमा शुक्रबार साँझ बयरघारीबाट तिसेदी तर्फ जादै गरेको ग २ च ७३७५ नम्बरको बलेरो जिप उकालोबाटोमा ब्याक हुनगई सडकमै पल्टिदा जिपमा सवार जिप चालक सहित १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
घाइतेहरुलाई हेलु स्थीत कालिका अस्पतालमा उपचार गरि सामान्य चोडपटक लागेकालाई डिस्चार्ज गरिएको र गम्भीर घाइतेहरुलाई थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी एवं प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो । चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रकृया अगाडी बढाएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी घाइतेभएकाहरुको नामावली यस प्रकार रहेको छ ।
१, स्याङ्जा जिल्ला भीरकोट ९ बस्ने वर्ष २७ की सन्तोषी रेग्मि,भित्री चोट,अवस्था गम्भीरगण्डकी अस्पताल पोखरा रिफर ।
२,सन्तोषी रेग्मीको छोरा वर्ष ६ को अन्मोल रेग्मी,निधारमा चोट,अवस्था मध्यम गण्डकी अस्पताल पोखरा रिफर ।
३, भीरकोट ९ बस्ने वर्ष ३० को गंगाराम रेग्मी,दुबै कुममा चोट,अवस्था मध्यम गण्डकी अस्पताल पोखरा रिफर ।
४, भीरकोट ६ बस्ने वर्ष ६० को दिल वहादुर रोका बायाँ हात फ्याक्चर भएकोे गण्डकी अस्पताल पोखरा रिफर ।
५, भीरकोट ६ बस्ने वर्ष ७१ को बम वहादुर रोका बायाँ हात, ढाड र टाउकोमा चोट,अवस्था मध्यम डिस्चार्ज भएको ।
कालिका सामुदायिक अस्पताल हेलुमा उपचार हुदै ।
६, भीरकोट ६ बस्ने वर्ष ४८ की लक्ष्मी बराल गालामा चोट,अवस्था सामान्य, कालिका सामुदायिक अस्पताल हेलुमा उपचार हुदै ।
७, भीरकोट ६ बस्ने वर्ष ५१ को सोम वहादुर गोदार, अवस्था सामान्य, कालिका सामुदायिक अस्पताल हेलुमा उपचार पछि डिस्चार्ज भएको ।
८, भीरकोट ६ बस्ने वर्ष ६५ की बाटुली सारु मगर,अवस्था सामान्य कालिका सामुदायिक अस्पताल हेलुमा उपचार हुदै ।
९,भीरकोट ६ बस्ने वर्ष ७ की जेनिसा रोका,अवस्था सामान्य, कालिका सामुदायिक अस्पताल हेलुमा उपचार पछि डिस्चार्ज भएको ।
१०, भीरकोट ६ बस्ने वर्ष २३ कि अनु पुन मगर टाउकोमा चोट अवस्था मध्यम । गण्डकी मेडिकल कलेज पोखरा लगिएको ।
११ भीरकोट ६ बस्ने वर्ष ४ कि प्रतिक्षा परियार कुम र ढाडमा चोट मध्यम गण्डकी मेडिकल कलेज पोखरा लगिएको ।
१२. भीरकोट ६ बस्ने वर्ष २ को प्रतिष परियार टाउकोमा भित्री चोट अवस्था मध्यम गण्डकी मेडिकल कलेज पोखरा उपचारको लागिएको प्रहरीले जनाएको छ ।
ताजा
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन
२०८३ भाद्र २२ गते, सोमबार
नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान
२०८३ भाद्र २१ गते, आईतवार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार





















