भीरकोटमा जिप दुर्घटना हुदा १२ जना घाइते


वालिङ,१९ साउन- भीरकोट नगरपालिका वडा नम्बर ६ कार्कीडाँडा स्थीत भित्री सडक खण्डमा शुक्रबार साँझ बयरघारीबाट तिसेदी तर्फ जादै गरेको ग २ च ७३७५ नम्बरको बलेरो जिप उकालोबाटोमा ब्याक हुनगई सडकमै पल्टिदा जिपमा सवार जिप चालक सहित १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
घाइतेहरुलाई हेलु स्थीत कालिका अस्पतालमा उपचार गरि सामान्य चोडपटक लागेकालाई डिस्चार्ज गरिएको र गम्भीर घाइतेहरुलाई थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी एवं प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो । चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रकृया अगाडी बढाएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी घाइतेभएकाहरुको नामावली यस प्रकार रहेको छ ।
१, स्याङ्जा जिल्ला भीरकोट ९ बस्ने वर्ष २७ की सन्तोषी रेग्मि,भित्री चोट,अवस्था गम्भीरगण्डकी अस्पताल पोखरा रिफर ।
२,सन्तोषी रेग्मीको छोरा वर्ष ६ को अन्मोल रेग्मी,निधारमा चोट,अवस्था मध्यम गण्डकी अस्पताल पोखरा रिफर ।
३, भीरकोट ९ बस्ने वर्ष ३० को गंगाराम रेग्मी,दुबै कुममा चोट,अवस्था मध्यम गण्डकी अस्पताल पोखरा रिफर ।
४, भीरकोट ६ बस्ने वर्ष ६० को दिल वहादुर रोका बायाँ हात फ्याक्चर भएकोे गण्डकी अस्पताल पोखरा रिफर ।
५, भीरकोट ६ बस्ने वर्ष ७१ को बम वहादुर रोका बायाँ हात, ढाड र टाउकोमा चोट,अवस्था मध्यम डिस्चार्ज भएको ।
कालिका सामुदायिक अस्पताल हेलुमा उपचार हुदै ।
६, भीरकोट ६ बस्ने वर्ष ४८ की लक्ष्मी बराल गालामा चोट,अवस्था सामान्य, कालिका सामुदायिक अस्पताल हेलुमा उपचार हुदै ।
७, भीरकोट ६ बस्ने वर्ष ५१ को सोम वहादुर गोदार, अवस्था सामान्य, कालिका सामुदायिक अस्पताल हेलुमा उपचार पछि डिस्चार्ज भएको ।
८, भीरकोट ६ बस्ने वर्ष ६५ की बाटुली सारु मगर,अवस्था सामान्य कालिका सामुदायिक अस्पताल हेलुमा उपचार हुदै ।
९,भीरकोट ६ बस्ने वर्ष ७ की जेनिसा रोका,अवस्था सामान्य, कालिका सामुदायिक अस्पताल हेलुमा उपचार पछि डिस्चार्ज भएको ।
१०, भीरकोट ६ बस्ने वर्ष २३ कि अनु पुन मगर टाउकोमा चोट अवस्था मध्यम । गण्डकी मेडिकल कलेज पोखरा लगिएको ।
११ भीरकोट ६ बस्ने वर्ष ४ कि प्रतिक्षा परियार कुम र ढाडमा चोट मध्यम गण्डकी मेडिकल कलेज पोखरा लगिएको ।
१२. भीरकोट ६ बस्ने वर्ष २ को प्रतिष परियार टाउकोमा भित्री चोट अवस्था मध्यम गण्डकी मेडिकल कलेज पोखरा उपचारको लागिएको प्रहरीले जनाएको छ ।

ताजा

महिलाहरुलाई आधारशिला तालिम

२०८२ बैशाख ११ गते, बिहीबार

महिलाहरुलाई आधारशिला तालिम

२०८२ बैशाख ११ गते, बिहीबार

पुतलीबजार पूर्ण खोप पालिका घोषणा

२०८२ बैशाख ११ गते, बिहीबार

उत्पादन बढाउन आधुनिक खोर निर्माण

२०८२ बैशाख ११ गते, बिहीबार

वालिङमा तीन पत्रकार सामानित

२०८२ बैशाख ६ गते, शनिबार

शिक्षकलाई विद्यालय फर्काउ

२०८२ बैशाख २ गते, मंगलवार

स्थानीय तहको सेवा प्रवाहमा प्रश्न

२०८१ चैत्र ३१ गते, आईतवार

महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण

२०८१ चैत्र ३१ गते, आईतवार

सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल

२०८१ चैत्र ३० गते, शनिबार

वरिष्ठ पत्रकार भैरव रिसालको निधन

२०८१ चैत्र २५ गते, सोमबार

बाह्रविशे मेला सम्पन्न, दर्शककाे उत्साहाजनक सहभागिता

२०८१ चैत्र २४ गते, आईतवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal