नेपाल मगर संघ स्याङ्जाद्वारा भगवती पाण्डेलाई कारबाहीको माग
वालिङ,२२ साउन- नेपाल मगर संघ जिल्ला समन्वय समिति स्याङ्जाले विबादास्पद अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डेलाई कारबाहीको माग गर्दै विरोध प्रर्दशन गरेको छ । सोमबार स्याङ्जामा जिल्ला प्रशासन कार्यालय अगाडि शान्तीपुणर् धर्ना सहित समितिले प्रशासन मार्फत गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको छ । अधिवक्ता पाण्डेलाई कारबाहीको माग गर्दे शान्तिपुणर् रुपमा प्रर्दशन गरिरहेकामाथि भएको प्रहरी दमन र ज्याजती विरुद्ध शान्तीपुणर् प्रर्दशनी सहित ज्ञापन पत्र बुझाएको मगर संघले जनाएको छ ।
जातिय सदभावमा खलल पुर्याउने गरी गुल्मीको रेसुंगा नगरपालिका ६ स्थायी ठेगाना भइ काठमाडौ बस्दै आउनुभएकी अधिवक्ता पाण्डेले एक टेलिभिजन वार्तामा तामाङ र मगर जातिमा दाजुबहिनीबीचमा विवाह हुने गरेको र त्यस्ता सम्बन्धबाट जन्मिएका बच्चा अपराधिक मानसिकताको हुने भनि दिएको तथ्यहिन अभिव्यक्तिले तामाङ र मगर समुदाय सहित सिंगो आदीबासी जनजातिको समुदाय अहिले आन्दोलित भएका छन् ।
उक्त आन्दोलनमा प्रहरीको ज्याजती र दमनका कारण धेरै अभियन्ताहरु घाईते भएको भन्दै नेपाल मगर संघले अधिवक्ता पाण्डेलाई कारबाहीको माग गर्दै ज्ञापन पत्र बुझाएको हो । मगर संघ जिल्ला समन्वय समितिका अध्यक्ष सागर चर्ती मगरद्धारा हस्ताक्षरित विज्ञप्तिमा कानुन व्यवसायी पाण्डेको अभिव्यक्तिले नेपालको बहुजातिय, बहुभाषिक, बहुसांस्कृतिक सहिष्णुतामाथि खलल पुग्न गएको भन्दै पाण्डेलाई कारबाहीको माग गरिएको छ ।
अधिवक्ता पाण्डेलाई प्रहरीले पक्राउ परेकै दिन यही साउन १७ गते सामान्य सोधपुछ गरी जमानीमा छाडेको भन्दै यस घटनाले जनजाति समुदायप्रति चोट पुगेको उल्लेख गरिएको छ । पाण्डेलाई हदैसम्मको सजायको माग गर्दै, शान्तीपुणर् आन्दोलनमा रहेका अभिन्ताहरुलाई अनावश्यक बल प्रयोग गरी चरम यादाना दिने जिल्ला प्रहरी कार्यालय टेकुका वरिष्ठ उपरिक्षक दानबहादुर कार्की सहित संलग्न प्रहरीलाई कारबाही गर्न माग विज्ञप्ति मार्फत गरिएको छ । साथै प्रहरीको यातनाबाट घाईते भएका अभियन्ताहरुलाई उपचार खर्चको सहित उचित क्षतिपुर्तिको माग समेत गरेको छ । शान्तिपुणर् विरोध कार्यक्रममा जिल्लास्थित मगर समुदायहरु सहभागि भएका थिए । सहभागिहरुले अधिवक्ता पाण्डेको लाईसेन्स खारेज गर, अभियुक्त पाण्डेलाई कारबाही गर, जातिय सदभावमा खलल पुरयाउन पाईदैन्, दोषी प्रहरीलाई कारबाही गरलगायत लेखिएका प्लेकार्ड समेत प्रर्दशन गरेका थिए । शान्तिपुणर् विरोध प्रर्दशन सहित प्रमुख जिल्ला अधिकारी शसिधर घिमिरेलाई ज्ञापन पत्र बुझाईएको मगर संघ समन्वय समितिका अध्यक्ष सागर चर्ती मगरले जानकारी दिनुभयो ।
ताजा
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी
२०८३ जेष्ठ २५ गते, सोमबार
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी
२०८३ जेष्ठ २५ गते, सोमबार
नवौं वालिङ महोत्सवको आय–व्यय सार्वजनिक
२०८३ जेष्ठ २४ गते, आईतवार
पत्रकार महासंघ स्याङ्जाको १५औं साधारण सभा सम्पन्न,पूर्व अध्यक्षत्रय सम्मानित
२०८३ जेष्ठ २४ गते, आईतवार
भारतीय बाबू र नेपाली आमाबाट जन्मिएका चापाकाेटका कँडेललाई प्रशासनले घरमै पुगेर दियाे नागरिकता
२०८३ जेष्ठ १९ गते, मंगलवार
शङ्करबेली सिमसारमा पर्यटकको बढ्दो आकर्षण
२०८३ जेष्ठ १५ गते, शुक्रबार
आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन
२०८३ जेष्ठ १५ गते, शुक्रबार
नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण
२०८३ जेष्ठ ५ गते, मंगलवार
दुर्गा प्रसाईं थप तीन दिन प्रहरी नियन्त्रणमा
२०८३ जेष्ठ ५ गते, मंगलवार
नयाँ आइटी पाठ्यक्रम तयार हुँदै
२०८३ जेष्ठ ५ गते, मंगलवार





















