विपि स्मृति दिवसमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

वालिङ,६ साउन- विपि स्मृति दिवसको अवसरमा अन्तरक्रिया एवं सिर्जना वाचन कार्यक्रम वालिङमा सम्पन्न भएको छ ।

विश्वेश्वरप्रसाद कोइरालाको ४१ औं स्मृति दिवसको अवसरमा नेपाली लेखक संघ, स्याङ्जाको आयोजनामा “ विश्वेश्वरप्रसाद कोइरालाको साहित्यिक तथा राजनैतिक विचार” विषयक अन्तरक्रियासङ्गै सिर्जना वाचन समारोह २०८० वालिङ नगरपालिका ६, मिर्दीस्थित नेचुरल भ्यु प्वाइन्ट रेष्टुरेन्टको हलमा सम्पन्न भएको छ ।

नेपाली लेखक संघ, स्याङ्जाका अध्यक्ष मिलन समीरद्वारा संयोजन गरिएको उक्त समारोह स्याङ्जाको साहित्यिक इतिहासमै पहिलोपटक अनौपचारिक रूपमा सम्पन्न गरिएको थियोे ।

नवोदित कवि सजिना खातुनद्वारा आफ्नो उत्कृष्ट कविता वाचन गरेसङ्गै शुरु भएको कार्यक्रममा स्याङ्जाली कविहरु दिलीप तिवारी, पारिश्वर न्यौपाने, लोकहरि पाण्डेय क्षितिज, खगेन्द्र अर्याल, हरिप्रसाद पङ्गेनी, शम्भु अर्याल, सिताराम अधिकारी, बोधराज न्यौपाने, कमलप्रसाद बगाले आफ्ना कविता र लघुकथा वाचन गर्नुभएको थियोे ।

जगत्रदेवी साहित्य संगम, गल्याङ, स्याङ्जाका अध्यक्ष स्याङ्जाली अग्रज कवि नारायणप्रसाद ज्ञवाली र प्रगतिशील लेखक संघ, स्याङ्जाका उपाध्यक्ष स्याङ्जाली अग्रज कवि अनन्त अर्यालद्वारा “ विश्वेश्वरप्रसाद कोइरालाको साहित्यिक विचार” को बारेमा र स्याङ्जाली अग्रज साहित्यकार ध्रुवप्रसाद शर्मा पङ्गेनी र स्याङ्जाली अग्रज समाजसेवी मुक्तिप्रसाद सुवेदीद्वारा “ विश्वेश्वरप्रसाद कोइरालाको राजनैतिक विचार” को बारेमा आफ्नो भनाइ संगै कविता प्रस्तुत गर्नुभएको थियोे ।

ताजा

वालिङमा तीन पत्रकार सामानित

२०८२ बैशाख ६ गते, शनिबार

वालिङमा तीन पत्रकार सामानित

२०८२ बैशाख ६ गते, शनिबार

शिक्षकलाई विद्यालय फर्काउ

२०८२ बैशाख २ गते, मंगलवार

स्थानीय तहको सेवा प्रवाहमा प्रश्न

२०८१ चैत्र ३१ गते, आईतवार

महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण

२०८१ चैत्र ३१ गते, आईतवार

सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल

२०८१ चैत्र ३० गते, शनिबार

वरिष्ठ पत्रकार भैरव रिसालको निधन

२०८१ चैत्र २५ गते, सोमबार

बाह्रविशे मेला सम्पन्न, दर्शककाे उत्साहाजनक सहभागिता

२०८१ चैत्र २४ गते, आईतवार

आज बाह्रविशे मेला, तयारी पुरा

२०८१ चैत्र २४ गते, आईतवार

गह्राैसुर मन्दिरमा दर्शनकाे लागि लाम्वद्ध भक्तजन

२०८१ चैत्र २३ गते, शनिबार

ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी, गण्डकी प्रदेश मै उत्कृष्ठ घोषणा

२०८१ चैत्र २३ गते, शनिबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal