कलाकार गैह्रेको जन्मदिन फेदीखोलाको अमोर सेवा बालगृहमा
गोपाल जिटी
वालिङ,६ साउन-राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल स्याङ्जा शाखाकी कोषाध्यक्ष कमला गैह्रेले आफ्नो जन्मदिन बाल गृहमा मनाउनु भएको छ । कास्कीको पोखरालाई कर्मक्षेत्र बनाउनुभएकि लोकदोहोरी गायिका गैह्रेले स्याङ्जाको फेदीखोलास्थित अमोर सेवा बालगृहमा शनिबार आफ्नो जन्मदिन मनाउनु भएको हो ।
विगतका वर्षमा अन्य स्थानमा मनाए पनि यस पटक आफ्नै जिल्लामा सञ्चालित बालगृहमा जन्मदिन मनाउन आएको कलाकार गैह्रेले बताउनुभयो । आँफू सानैदेखि आमाको मायाबाट बञ्चित भएको हुँदा पनि बालगृहमा आएर जन्मदिन मनाउने सोँच बनाएको उहाँले बताउनुभयो । भावुकहुँदै उहाँले भन्नुभयो,“म पनि सानैदेखि आमाको न्यानो काखबाट बञ्चित भएकि हुँ । कहिले जाऔं र भेटुँ भन्ने लागेको थियो । समय र परिस्थिति मिल्नु र मिलाउनुपर्यो । एकजना महिला जसले यति धेरै अनाथ बालबालिकालाई मायालुभावसहित आमाको भूमिका निभाउनु भएको छ, गर्व लाग्छ । आज समय जुर्यो, सानो सहयोग लिएर आएकि छु । आगामी दिनमा पनि आफ्नो क्षमताले भ्याएसम्म साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्दछु ।”
बालबालिकालाई केक खुवाउँदै कलाकार गैह्रेले बालगृहकी अध्यक्ष कमला पराजुलीलाई नगद रु.१३ हजार ३ सय ५ प्रदान गर्नुभयो ।

यसैगरी फेदीखोला २, स्थानचौरका २ वर्षीय बालक आहान पौडेलको जन्मदिनका अवसरमा उनका अभिभावकहरुले रु. ५ हजार बराबरको दैनिक उपभोग्य सामग्री बालगृहलाई प्रदान गरेका छन् ।
फेदीखोला गाउँपालिका वडा नम्वर १ कटुजेस्वाँरास्थित यो बालगृहमा स्याङ्जासहित पर्वत, रुकुम र मुगुका गरी ३० जना बालबालिका छन् । उनीहरुको पढाई लेखाईसहित सम्पूणर् लालनपालनको काम बालगृहले गर्दै आएको छ । यो बालगृहमा नर्सरीदेखि स्नातकतहमा अध्ययन गर्ने बालबालिका छन् ।

बालगृह सञ्चालनमा कुनै एनजियो, आइएनजियोको सहयोग लिइएको छैन । एनजियो, आइएनजियोले सर्तमा सहयोग गर्ने बुझेपछि उचित नठानेको अध्यक्ष पराजुलीले बताउनुभयो । यसैगरी विभिन्न व्यक्ति, संघ संस्थाहरुको सहयोगमा अमोरसेवा चलिरहेको उहाँले बताउनुभयो । मानव सेवा ठूलो धर्म हो । सडक बालबालिकाहरुले पनि बाँच्न पाउनुपर्छ र विभिन्न अवसरहरु प्राप्त गर्नुपर्छ भन्ने अभिप्रायले बालगृह सञ्चालनको सोच बनाएको उहाँको भनाई छ ।
यस अवसरमा कलाकार गैह्रे र जगत गौंडेलले गाएको गीतमा बालबालिकाहरु खुसियाली मनाउदै नाचेका थिए ।

ताजा
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार





















