रोटरी क्लब अफ रामपुरको अध्यक्षमा सागरप्रसाद देवकोटा


रामपुर,६ साउन-रोटरी क्लब अफ रामपुरको अध्यक्षमा सागरप्रसाद देवकोटा चयन हुनुभएको छ । रोटरी क्लब अफ रामपुरको स्थापनाको तेस्रो वर्षको अवसरमा क्लबको नियम अनुसार एक कार्यक्रम गरी देवकोटालाई अध्यक्ष पद हस्तान्तरण गरिएको हो ।
विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएको क्लबको अध्यक्षमा चयन हुनुभएका देवकोटालाई शनिबारनै चार्टर सर्टिफिकेट प्रदान गरिएको छ । क्लबका पूर्व अध्यक्ष रुद्रनारायण श्रेष्ठले देवकोटालाई पद हस्तान्तरण गर्नुभएको हो । क्लबको प्रेसिडेन्ट इलेक्टमा कृतिनाथ श्रेष्ठ, पे्रसिडेन्ट नोमिनीमा गोविन्दप्रसाद देवकोटा, कोषाध्यक्षमा सूर्यप्रसाद श्रेष्ठ, सह-कोषाध्यक्षमा कृष्णप्रसाद अर्याल, सचिवमा गोविन्द पाठक, सह सचिवमा कृष्टिना श्रेष्ठ रहनुभएको छ ।
कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठले क्लबको संस्थापक अध्यक्षको रुपमा आफूले गरेका कामहरुको बारेमा चर्चा गर्दै कोभिडको समयमा स्वास्थ्य सामग्री वितरणदेखि विद्यालयहरुमा शैक्षिक सामग्री , विद्यालय पोशाक वितरण लगायतका काम गरेको बताउनुभयो । उहाँले रोटरी क्लब सामाजिक भावनाले काम गर्ने क्लब भएकोले यसको विकास र विस्तार आवश्यक रहेकोमा जोड दिनुभयो ।
क्लबका जिएसआर कृष्णप्रसाद अर्याल र एजी सुनिल श्रेष्ठले रोटरीको उद्देश्य तथा अवधारणाबारे बताउदै आगामी दिनमा महिला सहभागीतालाई बढाउनका निम्ति छोरी शिक्षा अक्षयकोषको स्थापना गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा अध्यक्ष सागरप्रसाद देवकोटाले रोटरीलाई अझ क्रियाशिल बनाउदै समाज सेवाका कामलाई अझ सशक्त तरिकाले गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा रामपुर नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष दुर्गाप्रसाद पोखरेल, सामुदायिक रेडियो रामपुरका नि. स्टेशन प्रवन्धक सिर्जना घिमिरे लगायतले रोटरीले गरेका कामको प्रशंसा गर्दै, आगामी दिनमा गर्नुपर्ने कार्यका सन्दर्भमा सुझाव दिनुभयो ।
क्लबका कोषाध्यक्ष सूर्यप्रसाद श्रेष्ठले वर्ष सन् २०२३/२०२४ को कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा पे्रसिडेन्ट नोमिनी गोविन्दप्रसाद देवकोटाले धन्यवाद दिनुभएको भने कार्यक्रम सचिव गोविन्द पाठकले सञ्चालन गर्नुभएको थियो ।

ताजा

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

२०८३ आश्विन १ गते, बिहीबार

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal