कालोपत्रे सडकले घेरिदै, हरिनासको मुहार फेरिदै

तस्विरः गण्डकी समाचार

गोपाल जिटी
वालिङ, १ साउन- स्याङ्जाको विकट भनेर चिनिने हरिनास गाउँपालिकाको कार्यालय रहेको चुलीडाँडा अहिले कालोपत्रेसहितको सडक सञ्जालले घेरिएको छ । चुलिडाँडाको स्वच्छ, सुन्दर र मनोरम स्थलले त्यहाँ पुग्ने जो कोहीलाई पनि आनन्दित पार्दछ ।
पालिकाको कार्यालय रहेको चुलीडाँडा वरिपरी कालोपत्रेसहितको सडक सञ्जालको विस्तारसँगै सिंगो हरिनासकै मुहार फेरिएको छ ।
जिल्लाको पूर्वी भेगमा अधिकांश पहाडी भूभाग रहेको हरिनास गाउँपालिका सडक विस्तारसँगै यातायातका हिसावले सहज बन्दै छ ।

देशको राजनीतिक परिवर्तनको प्रभाव चित्रे भञ्ज्याङमा देख्न सकिन्छ । जिल्ला सदरमुकाम पुतलीबजारबाट दिनभरीको पैदलयात्रा गरेर मुश्किलले भेड्किइने हरिनास अहिले सहजै पुग्न सकिने भएको छ । जिल्लाको मध्येभागमा रहेको वालिङबाट समेत उत्ति नै समय लाग्ने गर्दथ्यो । यी दुबै स्थानबाट मोटर साइकल या गाडीद्वारा डेड घण्टामै पुग्न सकिने भएको छ हरिनासको चुलिडाँडा ।
पालिकाको कार्यालय जोड्नेगरी विभिन्न स्थानबाट सडक कालोपत्रेको कामले गति लिएको छ । यो आर्थिक वर्षभित्र ५६ किलोमिटर सडक कालोपत्रे हुने गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले जानकारी गराउनुभयो । अध्यक्ष मानन्धरका अनुसार विभिन्न स्थानका गरी कूल १ अर्ब ७४ करोडमा सडक कालोपत्रेको काम हुने भएको हो ।
संघीय तथा प्रदेश सरकारको बजेटमा पालिकाका ५ स्थानबाट कालोपत्रेको काम गरिएको छ । अघिल्लो सरकार भएकाबेला विशेषगरी संघीय सरकारका मन्त्री पद्मा अर्याल र गण्डकी प्रदेश तत्कालिन प्रदेश सभासदस्य मिनप्रसाद गुरुङको पहलमा बजेट विनियोजन भई काम अगाडि बढेको पालिकाका अध्यक्ष मानन्धरले बताउनुभयो ।

संघीय सरकारले गाउँपालिकालाई कालेपत्रेले जोड्ने कार्यक्रम अन्तर्गत राते पहाडदेखि चित्रे हुँदै गृहकोटसम्म काम सम्पन्न भएको छ । यो सडकमा १० किलोमिटर कालोपत्रेको लागि ३० करोडमा टेण्डर गरिएको थियो ।
यसैगरी तनहुँको साँखेखोलामा पुलसहित चिसापानी हुँदै गाउँपालिकाको केन्द्र चुलीडाँडासम्म कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ । यो सडक प्रदेश सरकारको ६२ करोडको लागतमा गरिएको हो । पक्की पुलसहित १६ किलोमिटर सडक कालोपत्रे गरिएको छ ।
यस्तै एक प्रदेश एक बाटो अन्तर्गत घुम्ती चिसापानीहुँदै चित्रे सडकको काम पनि अन्तिम चरणमा रहेको छ । काउले खुदी सालडाँडा खण्डको ९ किलोमिटर सडक ४० करोडको लागतमा कालोपत्रे गरिएको छ ।
भिमादको बाघटारदेखि राङरुङ हुँदै राम्चेसम्म १६ किलोमिटर सडक २९ करोडको लागतमा प्राधिकरणको बजेटमा गरिएको हो ।
गाउँपालिकाले टेण्डर गरेको क्याक्मीदेखि कोइरालेहुँदै दोभानसम्म ५ किलोमिटर कालोपत्रे गरिएको छ । यो सडक करिव १३ करोडमा ठेक्का भई काम गरिएको हो ।
बाँकी ग्रामिण सडकहरुलाई पनि नाली र ग्राभेलसहित व्यवस्थित गर्ने काममा पालिका लागेको अध्यक्ष मानन्धरले बताउनुभयो ।

ताजा

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग

२०८३ श्रावण २४ गते, आईतवार

कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित

२०८३ श्रावण २१ गते, बिहीबार

बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

२०८३ श्रावण २१ गते, बिहीबार

स्याङ्जामा सामाजिक सद्भाव र्‍याली

२०८३ श्रावण १७ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal