जुम्लामा नुन नपाएको भन्दै डिपोमा तोडफो

नेत्र शाही 

जुम्ला,१ साउन- जुम्लामा नुन सहजै नपाएको भन्दै त्यहाँका स्थानीयले डिपोमा तोडफोड गरेका छन् । स्थानीयले अहिले पनि नुन वितरणमा सहज नभएको भन्दै लाईनमा लागेका व्यक्तिहरुले डिपोमा ढुङ्गामुढा गरेका हुन् । 

नेपाल साल्ट ट्रेनिङ कार्यालय जुम्लामा प्रमुख खगेन्द्रबहादुर मल्लले नुन वितरण भईरहेको समयमा नै ढुङ्गामुढा भएको जानकारी दिनुभयो । साउने संक्रान्तिको समयमा नून लिन आएका नागरिकले नुन सहज रुपमा नपाउँदा आक्रोस पोखेको स्थानीयले बताएका छन् । उनीहरुले सरकारले नागरिकलाई नुन समेत राम्रोसँग दिन नसकिरहेको आरोप लगाउँदै आएका छन् । 

नुनकाे कमिका कारण यसभन्दा पहिले हरेक लाईनमा लागेका व्यक्तिलाई ३ प्याकेट दिने गरिएको थियो तर यस पटक नुन थपिएपछि लाईनमा लागेका प्रति व्यक्ति ५ प्याकेट वितरण गरिएको हो। 

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले नुन बाँडिरहेको समयमा अपुग भएको भन्दै आन्दोलन भएको जानकारी प्राप्त भएको बताउनुभयो । उहाँले अब नुन वितरण प्रणाली वडाबाटै गर्नेगरी चाँडै काम अगाडि बढाईने जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय जुम्लाका सुचना अधिकारी तथा प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार नुनको अभाव खासै नभएको तर व्यवस्थापनका विषयमा ध्यान दिन ढिलाई भएकाले स्थानीय तहले यस विषयमा जोड दिन आवश्यक रहेको छ । 

नेपाल साल्टट्रेनिङ कर्पोरेश जुम्लाका प्रमुख मल्लका अनुसार खासै नुनको अभाव भएको छैन । उहाँले गत वर्ष जुम्लाका लागि दुई हजार पाँच सय क्विन्टल नुन स्विकृत भएपनि भर्खरै मात्र दुई हजार ८० क्विन्टल नुन थप भएकाले अभाव नभएको बताउनुभयो । जुम्लाको सिंजा क्षेत्रमा कार्यालय स्थापना गरि लामो समयदेखि नुन वितरण भएको कार्यालयले जानकारी दिएको छ । 

जुम्लामा आर्थिक वर्ष २०७९।८० मा विभिन्न समयमा नुनका लागि भिड बढेको भन्दै पटकपटक स्थानीय तहमा नुन वितरण प्रणाली सुरु गर्न पहल भईरहेपनि स्थानीय प्रशासन, जनप्रतिनिधि, राजनैतिक दल र सरोकारवाला निकाय रमितेको रुपमा हेरिरहेका देखिन्छन् । गोप

ताजा

प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना

२०८२ बैशाख २४ गते, बुधबार

प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना

२०८२ बैशाख २४ गते, बुधबार

धर्मले समाजलाई अनुशासित बनाउँछ: पूर्व मन्त्री अर्याल

२०८२ बैशाख २३ गते, मंगलवार

पूर्वमन्त्री प्रदीप नेपालको निधन

२०८२ बैशाख २३ गते, मंगलवार

‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’

२०८२ बैशाख २१ गते, आईतवार

प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ

२०८२ बैशाख २१ गते, आईतवार

चालिसेमा महायज्ञ हुने

२०८२ बैशाख २० गते, शनिबार

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा वालिङमा स्वास्थ्य शिविर

२०८२ बैशाख २० गते, शनिबार

विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा

२०८२ बैशाख २० गते, शनिबार

यी हुन् सरकारको नीति तथा कार्यक्रममा परेका महत्त्वपूर्ण विषयहरू

२०८२ बैशाख १९ गते, शुक्रबार

राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

२०८२ बैशाख १९ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal