जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल, पिसजोनमा कक्षा ११ सञ्चालन हुने
वालिङ,२५असार- केही दिन पहिले मात्रै प्रकाशित भएको एसर्ईई परीक्षाको नतिजामा जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल भएको वालिङ नगरपालिका ९ भुम्रेमा रहेको पिसजोन इन्टिग्रेटेड एजुकेसनल एकेडेमीले यसै शैक्षिक सत्रबाट कक्षा ११ को पठनपाठन सञ्चालन गर्ने भएको छ ।
वालिङ नगरपालिकाबाट कक्षा ११ सञ्चालनको अनुमति पाएसंगै विद्यालयले कक्षा ११ को पठनपाठन सञ्चालनको तयारी गरेको हो ।
यसै शैक्षिक सत्रदेखि ब्यवस्थापन, शिक्षा संकायका साथै कम्प्युटर साइन्स लगायतका विषयहरुको अध्यापन गराइने विद्यालयका प्रिन्सिपल यामप्रसाद डुम्रेले जानकारी दिनुभयो ।

पिसजोनआफ्नो छुट्टै पहिचान बनाउन सफल भएको एक शैक्षिक संस्थाका रुपमा स्थापित भएको र यो कार्यलाई थप उचाईमा पुर्याउन शिक्षक अभिभावक एवं विद्यार्थीको महत्वपूर्ण भूमीका रहेको प्रिन्सिपल डुम्रे बताउनुहुन्छ । हालै मात्र सार्वजनिक भएको एसईईको नतिजाले पनि यस विद्यालयको शैक्षिक अवस्थाको बारेमा प्रष्ट पारिसिकेकोले यसै शैक्षिक सत्रबाट सञ्चालन हुन लागेको कक्षा ११ मा भर्ना भएर आफ्नो अध्ययन कार्यलाई अगाडी बढाउन एसईई उत्तीर्ण विद्यार्थीहरुलाई आग्रह गर्नुभएको छ ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष सुदन श्रेष्ठले विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिने विषसयमा संस्था लागिपरेको र गुणस्तरमा कुनै पनि सम्झौता नगर्ने बताउदै पिसजोनलाई एक नमुना शैक्षिक संस्थाको रुपमा अगाडि बढाउने बताउनुभयो ।
पिसजोनका संगित भुसालले बिहीबार सार्वजनीक भएको नतिजामा ४.० जीपीए ल्याएर उत्तीर्ण हुन सफल भएकाछन् ।
एसईईको परीक्षामा सहभागि ४० जना विद्यार्थीहरु नै उत्कृष्ट जीपीए सहित उत्तीर्ण हुन सफल भएका थिए ।


ताजा
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन
२०८३ भाद्र २२ गते, सोमबार
नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान
२०८३ भाद्र २१ गते, आईतवार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार





















