परम्परागत पेसा संरक्षणमा जुट्दै गल्याङ नगरपालिका


नारायण विश्वकर्मा
गल्याङ,२५असार- परम्परागत पेसा लोप हुन थालेपछि स्याङ्जाको गल्याङ नगरपालिका लोपोन्मुख पेसा संरक्षण अभियानमा जुटेको छ । आधुनिक औजारको अभाव, नयाँ पुस्तामा सिप हस्तान्त्रण नहुनु, परम्परागत पेसालाई हेलाको दृष्टिकोणले हेरिनु जस्ता समस्याको सामना गरिरहेका दलित समुदायले गर्ने पेसा संरक्षणको अभियानमा नगरपालिका जुटेको हो ।
गल्याङ नगरपालिकाका प्रमुख गुरु प्रसाद भट्टराईले दलित समुदायले गर्ने सिप लोपोन्मुख अवस्थामा पुग्नु् सबैको चिन्ता र चासोको विषय बनेको बताउनुभयो । उहाँले दलित समुदायले गरेका परम्परागत आरन, सिलाइकटाइ, मादल बनाउने, जुत्ता सिलाउने लगाएतका पेसालाइ टिकाउन र नयाँ पुस्तामा हस्तान्त्रण गर्नका लागि विषेश योजना सहित नगरपालिका अगाडि बढेको बताउनुभयो ।

गल्याङ नगरपालिका सामाजिक विकास अधिकृत ढालबहादुर केसीले परम्परागत पेसाको संरक्षणमा सहयोग पुगोस भन्ने उद्देश्यले पहिलो चरणमा १८ जना नागरिकलाई आरन व्यवस्थापन सम्बन्धि सामग्री वितरण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार दलित उत्थान तथा सशक्तिकरणका लागि आरनका लागि पंखा १४ थान, इलेक्ट्रोनिक पंखा एक थान, घन ५३ थान, गैन्डर मेसिन छ थान, सनासो २० थान, वेल्डिङ मेसिन तीन थान, रेती २२ थान, लिइ १३ थान पुणर् अनुदानमा वितरण गरिएको हो । यस अघि नगरपालिकामा मादल बनाउने पेसा गर्नुभएका एक मात्र व्यक्तिलाइ उपकरण खरिदका लागि १२ हजार सहयोग गरिसकिएको केसीको भनाइ छ ।

गल्याङ नगरपालिका ११ का वडा सदस्य ससिकुमार विकले दलित समुदायले गर्ने परम्परागत पेसालाई हेलाको दृष्टिकोणले हेर्दा युवाहरु आकर्षित हुन नसकेको बताउनुभयो । उहाँले समयानकुल आधुनिक प्रविधिको प्रयोग नबढ्दा पनि परम्परागत पेसामा श्रम र समय अत्यन्त धेरै खर्च हुने गरेको बताउनुभयो ।

गल्याङ नगरपालिका ४ कराङ्दीका लक्ष्मण सुनारले छोरानातीले आरन व्यावसायमा चासो नदिएका बेला नगरपालिकाले आरन संरक्षणका लागि पहल गरिदिदा खुसि लागेको बताउनुभयो । “हामी बुढाले जसोतसो आरन पेसालाई थमाउने काम गरेका छौँ, बढि श्रम र पसिना खर्च हुने हुँदा छोरानातीले काम सिक्ने चासो दिएका छैनन्”, उहाँले भन्नुभयो, “आधुनिक मेसिन पाएका छौँ अब श्रम र समयको बचत हुने भयो, काम गर्न सजिलो हुने भएपछि नयाँ पुस्ताले काम गर्न चासो देखाउँछन् जस्तो छ ।”

यस्तै गल्याङ नगरपालिका ९ साङ्लीयाका अमरसिंह विकले घरले छाएको आरनमा काम गर्दा बर्षातमा पानीले रुझाएर काम गर्न नसकिने गरेको गुनासो गर्नुभयो । “धेरै बर्ष देखि आरन टिनले छाउने सपना थियो, आर्थिक अवस्था कमजोर हुँदा छाउन सकेको थिइन”, उहाँले भन्नुभयो, “नगरपालिकाले आरन छाउन टिन दिएको छ अब त बर्खाको झरीमा समेत काम गर्न पाइने भइयो ।”

गल्याङ नगरपालिकाकी उपप्रमुख हेमा न्यौपाने तिमल्सीनाले पहिलो चरणमा परम्परागत पेसा संचालनका लागि आवस्यक सामग्री वितरण गरिएपनि दोस्रो चरणमा सिपमुलक तालिम र विभिन्न प्रशिक्षणात्मक कार्यक्रम संचालनका लागि नगरपालिकाले पहल गर्ने बताउनुभयो । उहाँले नगरपालिका भित्र रहेर परम्परागत पेसा गर्ने हरेक दलित समुदायलाई नगरमा सूचिकृत हुन आग्रह गर्दै समस्या भए तत्काल सम्पर्क गर्न सुझाव दिनुभयो ।

ताजा

नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी

२०८३ जेष्ठ २५ गते, सोमबार

नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी

२०८३ जेष्ठ २५ गते, सोमबार

नवौं वालिङ महोत्सवको आय–व्यय सार्वजनिक 

२०८३ जेष्ठ २४ गते, आईतवार

पत्रकार महासंघ स्याङ्जाको १५औं साधारण सभा सम्पन्न,पूर्व अध्यक्षत्रय सम्मानित

२०८३ जेष्ठ २४ गते, आईतवार

भारतीय बाबू र नेपाली आमाबाट जन्मिएका चापाकाेटका कँडेललाई प्रशासनले घरमै पुगेर दियाे नागरिकता

२०८३ जेष्ठ १९ गते, मंगलवार

शङ्करबेली सिमसारमा पर्यटकको बढ्दो आकर्षण

२०८३ जेष्ठ १५ गते, शुक्रबार

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन

२०८३ जेष्ठ १५ गते, शुक्रबार

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

२०८३ जेष्ठ ५ गते, मंगलवार

दुर्गा प्रसाईं थप तीन दिन प्रहरी नियन्त्रणमा

२०८३ जेष्ठ ५ गते, मंगलवार

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

२०८३ जेष्ठ ५ गते, मंगलवार

फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए च्याट जीपीटी जस्तै च्याटबोट ‘ज्योया’

२०८३ जेष्ठ ३ गते, आईतवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal