परम्परागत पेसा संरक्षणमा जुट्दै गल्याङ नगरपालिका

नारायण विश्वकर्मा
गल्याङ,२५असार- परम्परागत पेसा लोप हुन थालेपछि स्याङ्जाको गल्याङ नगरपालिका लोपोन्मुख पेसा संरक्षण अभियानमा जुटेको छ । आधुनिक औजारको अभाव, नयाँ पुस्तामा सिप हस्तान्त्रण नहुनु, परम्परागत पेसालाई हेलाको दृष्टिकोणले हेरिनु जस्ता समस्याको सामना गरिरहेका दलित समुदायले गर्ने पेसा संरक्षणको अभियानमा नगरपालिका जुटेको हो ।
गल्याङ नगरपालिकाका प्रमुख गुरु प्रसाद भट्टराईले दलित समुदायले गर्ने सिप लोपोन्मुख अवस्थामा पुग्नु् सबैको चिन्ता र चासोको विषय बनेको बताउनुभयो । उहाँले दलित समुदायले गरेका परम्परागत आरन, सिलाइकटाइ, मादल बनाउने, जुत्ता सिलाउने लगाएतका पेसालाइ टिकाउन र नयाँ पुस्तामा हस्तान्त्रण गर्नका लागि विषेश योजना सहित नगरपालिका अगाडि बढेको बताउनुभयो ।
गल्याङ नगरपालिका सामाजिक विकास अधिकृत ढालबहादुर केसीले परम्परागत पेसाको संरक्षणमा सहयोग पुगोस भन्ने उद्देश्यले पहिलो चरणमा १८ जना नागरिकलाई आरन व्यवस्थापन सम्बन्धि सामग्री वितरण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार दलित उत्थान तथा सशक्तिकरणका लागि आरनका लागि पंखा १४ थान, इलेक्ट्रोनिक पंखा एक थान, घन ५३ थान, गैन्डर मेसिन छ थान, सनासो २० थान, वेल्डिङ मेसिन तीन थान, रेती २२ थान, लिइ १३ थान पुणर् अनुदानमा वितरण गरिएको हो । यस अघि नगरपालिकामा मादल बनाउने पेसा गर्नुभएका एक मात्र व्यक्तिलाइ उपकरण खरिदका लागि १२ हजार सहयोग गरिसकिएको केसीको भनाइ छ ।
गल्याङ नगरपालिका ११ का वडा सदस्य ससिकुमार विकले दलित समुदायले गर्ने परम्परागत पेसालाई हेलाको दृष्टिकोणले हेर्दा युवाहरु आकर्षित हुन नसकेको बताउनुभयो । उहाँले समयानकुल आधुनिक प्रविधिको प्रयोग नबढ्दा पनि परम्परागत पेसामा श्रम र समय अत्यन्त धेरै खर्च हुने गरेको बताउनुभयो ।
गल्याङ नगरपालिका ४ कराङ्दीका लक्ष्मण सुनारले छोरानातीले आरन व्यावसायमा चासो नदिएका बेला नगरपालिकाले आरन संरक्षणका लागि पहल गरिदिदा खुसि लागेको बताउनुभयो । “हामी बुढाले जसोतसो आरन पेसालाई थमाउने काम गरेका छौँ, बढि श्रम र पसिना खर्च हुने हुँदा छोरानातीले काम सिक्ने चासो दिएका छैनन्”, उहाँले भन्नुभयो, “आधुनिक मेसिन पाएका छौँ अब श्रम र समयको बचत हुने भयो, काम गर्न सजिलो हुने भएपछि नयाँ पुस्ताले काम गर्न चासो देखाउँछन् जस्तो छ ।”
यस्तै गल्याङ नगरपालिका ९ साङ्लीयाका अमरसिंह विकले घरले छाएको आरनमा काम गर्दा बर्षातमा पानीले रुझाएर काम गर्न नसकिने गरेको गुनासो गर्नुभयो । “धेरै बर्ष देखि आरन टिनले छाउने सपना थियो, आर्थिक अवस्था कमजोर हुँदा छाउन सकेको थिइन”, उहाँले भन्नुभयो, “नगरपालिकाले आरन छाउन टिन दिएको छ अब त बर्खाको झरीमा समेत काम गर्न पाइने भइयो ।”
गल्याङ नगरपालिकाकी उपप्रमुख हेमा न्यौपाने तिमल्सीनाले पहिलो चरणमा परम्परागत पेसा संचालनका लागि आवस्यक सामग्री वितरण गरिएपनि दोस्रो चरणमा सिपमुलक तालिम र विभिन्न प्रशिक्षणात्मक कार्यक्रम संचालनका लागि नगरपालिकाले पहल गर्ने बताउनुभयो । उहाँले नगरपालिका भित्र रहेर परम्परागत पेसा गर्ने हरेक दलित समुदायलाई नगरमा सूचिकृत हुन आग्रह गर्दै समस्या भए तत्काल सम्पर्क गर्न सुझाव दिनुभयो ।
ताजा

प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना
२०८२ बैशाख २४ गते, बुधबार
प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना
२०८२ बैशाख २४ गते, बुधबार
धर्मले समाजलाई अनुशासित बनाउँछ: पूर्व मन्त्री अर्याल
२०८२ बैशाख २३ गते, मंगलवार
पूर्वमन्त्री प्रदीप नेपालको निधन
२०८२ बैशाख २३ गते, मंगलवार
‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’
२०८२ बैशाख २१ गते, आईतवार
प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ
२०८२ बैशाख २१ गते, आईतवार
चालिसेमा महायज्ञ हुने
२०८२ बैशाख २० गते, शनिबार
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा वालिङमा स्वास्थ्य शिविर
२०८२ बैशाख २० गते, शनिबार
विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा
२०८२ बैशाख २० गते, शनिबार
यी हुन् सरकारको नीति तथा कार्यक्रममा परेका महत्त्वपूर्ण विषयहरू
२०८२ बैशाख १९ गते, शुक्रबार