भीरकोटमा क्षमता अभिवृद्धि तालिम


वालिङ,१८ असार-भीरकोट नगरपालिकामा एकल महिलाहरुका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजनामा भीरकोट नगरपालिकाको समन्वयमा सोमबार एक दिने एकल महिलाहरुका लागि सामाजिक कुरिति विरुद्धको अभियान तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको हो ।
तालिमको अवसरमा नगरप्रमुख गोविन्द कुमार कर्माचार्यले एकल महिलाहरुलाई हेर्ने दृष्टिकोणमा परिर्वतन ल्याउनुपर्ने बताउदै समाजको विकासमा एकल महिलाहरुको पनि उत्तिकै महत्व र भूमिका रहेको बताउनुभयो । सरात्मक सोँचले नै सिंगो समाजलाई परिर्वतन गर्ने भएकोले परम्परागत रुपा रहेका गलत संस्कारहरु हटाउन आवश्यक रहेको नगरप्रमुख कर्माचार्यको भनाइ थियो ।
तालिममा नगरभित्रका ७० जना एक महिलाहरुको सहभागिता रहेको कार्यक्रममा मानव सेवा आश्रमका हुमनाथ तिमिल्सिनाले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा उपप्रमुख भगवती अर्याल, वडा नं. ८ का अध्यक्ष नन्दु खनाल लगायतले बोल्नुभएको थियो ।
यसैबीचमा भीरकोट २ सिटिहलमा गरिवि निवारणका लागी लघुउद्यम विकास कार्यक्रम अन्र्तगत बैंक तथा वित्तिय संस्था र लघु कर्जा विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । लघुउद्यम विकास कार्यक्रम अन्तरगत यसअघि विभिन्न सिपमुलक तालिम लिएका ५० जनालाई वित्तिय संस्था र कर्जा विषयक अभिमुखीकरण तालिम दिईएको दिएको थियो ।

ताजा

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

२०८३ आश्विन १ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal