भीरकोटमा क्षमता अभिवृद्धि तालिम


वालिङ,१८ असार-भीरकोट नगरपालिकामा एकल महिलाहरुका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजनामा भीरकोट नगरपालिकाको समन्वयमा सोमबार एक दिने एकल महिलाहरुका लागि सामाजिक कुरिति विरुद्धको अभियान तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको हो ।
तालिमको अवसरमा नगरप्रमुख गोविन्द कुमार कर्माचार्यले एकल महिलाहरुलाई हेर्ने दृष्टिकोणमा परिर्वतन ल्याउनुपर्ने बताउदै समाजको विकासमा एकल महिलाहरुको पनि उत्तिकै महत्व र भूमिका रहेको बताउनुभयो । सरात्मक सोँचले नै सिंगो समाजलाई परिर्वतन गर्ने भएकोले परम्परागत रुपा रहेका गलत संस्कारहरु हटाउन आवश्यक रहेको नगरप्रमुख कर्माचार्यको भनाइ थियो ।
तालिममा नगरभित्रका ७० जना एक महिलाहरुको सहभागिता रहेको कार्यक्रममा मानव सेवा आश्रमका हुमनाथ तिमिल्सिनाले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा उपप्रमुख भगवती अर्याल, वडा नं. ८ का अध्यक्ष नन्दु खनाल लगायतले बोल्नुभएको थियो ।
यसैबीचमा भीरकोट २ सिटिहलमा गरिवि निवारणका लागी लघुउद्यम विकास कार्यक्रम अन्र्तगत बैंक तथा वित्तिय संस्था र लघु कर्जा विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । लघुउद्यम विकास कार्यक्रम अन्तरगत यसअघि विभिन्न सिपमुलक तालिम लिएका ५० जनालाई वित्तिय संस्था र कर्जा विषयक अभिमुखीकरण तालिम दिईएको दिएको थियो ।

ताजा

माघे सङ्क्रान्तिमा सेतीवेणीमा भक्तजन

२०८१ माघ १ गते, मंगलवार

माघे सङ्क्रान्तिमा सेतीवेणीमा भक्तजन

२०८१ माघ १ गते, मंगलवार

विरुवा गाउँपालिकामा जनतासँग जनप्रतिनिधी, जेष्ठ नागरिकलाई सम्मानमा

२०८१ माघ १ गते, मंगलवार

विरुवामा छातीरोग सम्बन्धी शिविर

२०८१ पुष २९ गते, सोमबार

भूमि समस्या समाधान आयाेग स्याङ्जाकाे अध्यक्षमा तारा शर्मा

२०८१ पुष २९ गते, सोमबार

प्रेस सेन्टर स्याङ्जाको अधिवेशन सम्पन्न, अध्यक्षमा केपी खनाल

२०८१ पुष २९ गते, सोमबार

हरिनास गाउँपालिकाद्वारा स्थानीय मदिराको ब्राण्डीङ संगै एकल पुरुषलाई भत्ता

२०८१ पुष २९ गते, सोमबार

एमाले वालिङद्वारा अभिमुखिकरण कार्यक्रम सम्पन्न

२०८१ पुष २८ गते, आईतवार

‘उच्च शिक्षा मापदण्ड ऐन ल्याएर मात्र थप विश्वविद्यालय’

२०८१ पुष २५ गते, बिहीबार

रास्वपाका सभापति लामिछानेसहित छ प्रतिवादीले बुझाए धरौटी

२०८१ पुष २५ गते, बिहीबार

चलचित्र ‘गुरु आमा’को पहिलो पोस्टर सार्वजनिक

२०८१ पुष २५ गते, बिहीबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal