स्याङ्जामा नयाँ भाडादर तोकियो


वालिङ,१८ असार- स्याङ्जाका जिल्लाको सडक भित्र सञ्चालन हुने सवारी साधनको नयाँ भाडादर तोकिएको छ ।
सडकको स्तरको आधारमा भाडादर तोकिएको हो । पक्की सडकमा सञ्चालन हुने सवारी साधन बसको लागि प्रति किलोमिटर ५ रुपैँया ५० पैसा र जीपको ६ रुपैँया कायम गरिएको छ भने कच्ची सडकमा सञ्चालन हुने बसका लागि प्रतिकिलोमिटर ११ रुपैँया र जीपका लागि १२ रुपैँया लिनेगरी सर्वपक्षिय सहमति भएको प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले जानकारी दिनुभयो ।
जिल्लामा सञ्चालित यातायातहरुको ब्यवस्थापन एवं अस्थायी मार्ग तथा भाडा निर्धारण समिति सहित सरोकार वालाहरुको बैठकले जिल्ला भित्र गुडने सवारी साधनको भाडादर तोकेको हो ।
नयाँ भाडादर एक हप्ता भित्र जिल्ला प्रशासन कार्यालयबाट प्रमाणित गराई र सवारी साधन र टिकट काउण्टरमा सबैले स्पष्ट देख्नेगरी टास्नुका साथै ट्राफिक प्रहरीले नियमित अनुगमन गर्ने, जुन प्रयोजनका लागि लिइएको हो सोही बमोजिम उपयोग गर्नुपर्नेछ, निजी सवारी साधनले सार्वजनिक सवारी सरह यात्रु ओसार पसार गर्न पाउने प्रशासनले जनाएको छ ।

जिल्लाका विभिन्न बजारमा सञ्चालनमा आएका टेम्पो दर्ता र रुट परमिटका लागि स्थानीय पालिकाको शिफारिसमा यातायात ब्यवस्था कार्यालयले गर्ने भएकाले जिल्लाका ११ वटै पालिकाभित्र सञ्चालित टेम्पो चल्न मिल्ने मार्गहरुको पहिचानगरी दर्ता शिफारिसका लागि आवश्यक सहयोग गर्न पालिकालाई आग्रह गरिएको छ । राज्यले सहुलियत प्रदान गरेका जेष्ठ नागरिक, विद्यार्थी र अपाङ्गता भएका ब्यक्तिका लागि भाडामा छुट र सवारी साधनमा सिट निर्धारण गर्न गरिएको प्रावधानलाई अनिवार्य रुपमा पालना गर्न गराउन समेत सुसुचित गराईएको छ । सवारी साधनले मनपरी भाडा लिएको गुनासो आएपछि प्रमुख जिल्ला अधिकारी घिमिरेले भाडादरमा समायानुकलन र एकरुपता ल्याउनेगरी यातायात ब्यवसायी, संचालक एवं यात्रु सहितको बैठक बसेर भाडादर निर्धारण गरिएको बताउनुभयो ।

ताजा

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग

२०८३ श्रावण २४ गते, आईतवार

कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित

२०८३ श्रावण २१ गते, बिहीबार

बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

२०८३ श्रावण २१ गते, बिहीबार

स्याङ्जामा सामाजिक सद्भाव र्‍याली

२०८३ श्रावण १७ गते, आईतवार

काेदाे संरक्षण अभियानमा स्याङ्जाकाे फेदिखोला गाउँपालिका

२०८३ श्रावण १६ गते, शनिबार

अवैध नदीजन्य पदार्थ ओसारपसार गर्ने ट्याक्टरलाई ३० हजार जरिवाना

२०८३ श्रावण १४ गते, बिहीबार

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

२०८३ श्रावण १३ गते, बुधबार

पूर्व उपप्रधान मन्त्री श्रेष्ठको अन्त्येष्टि

२०८३ श्रावण १३ गते, बुधबार

नेपालमा पूर्वाधार विकासको ढाँचा बदलिँदै छ….

२०८३ श्रावण ११ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal