स्याङ्जामा नयाँ भाडादर तोकियो

वालिङ,१८ असार- स्याङ्जाका जिल्लाको सडक भित्र सञ्चालन हुने सवारी साधनको नयाँ भाडादर तोकिएको छ ।
सडकको स्तरको आधारमा भाडादर तोकिएको हो । पक्की सडकमा सञ्चालन हुने सवारी साधन बसको लागि प्रति किलोमिटर ५ रुपैँया ५० पैसा र जीपको ६ रुपैँया कायम गरिएको छ भने कच्ची सडकमा सञ्चालन हुने बसका लागि प्रतिकिलोमिटर ११ रुपैँया र जीपका लागि १२ रुपैँया लिनेगरी सर्वपक्षिय सहमति भएको प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले जानकारी दिनुभयो ।
जिल्लामा सञ्चालित यातायातहरुको ब्यवस्थापन एवं अस्थायी मार्ग तथा भाडा निर्धारण समिति सहित सरोकार वालाहरुको बैठकले जिल्ला भित्र गुडने सवारी साधनको भाडादर तोकेको हो ।
नयाँ भाडादर एक हप्ता भित्र जिल्ला प्रशासन कार्यालयबाट प्रमाणित गराई र सवारी साधन र टिकट काउण्टरमा सबैले स्पष्ट देख्नेगरी टास्नुका साथै ट्राफिक प्रहरीले नियमित अनुगमन गर्ने, जुन प्रयोजनका लागि लिइएको हो सोही बमोजिम उपयोग गर्नुपर्नेछ, निजी सवारी साधनले सार्वजनिक सवारी सरह यात्रु ओसार पसार गर्न पाउने प्रशासनले जनाएको छ ।
जिल्लाका विभिन्न बजारमा सञ्चालनमा आएका टेम्पो दर्ता र रुट परमिटका लागि स्थानीय पालिकाको शिफारिसमा यातायात ब्यवस्था कार्यालयले गर्ने भएकाले जिल्लाका ११ वटै पालिकाभित्र सञ्चालित टेम्पो चल्न मिल्ने मार्गहरुको पहिचानगरी दर्ता शिफारिसका लागि आवश्यक सहयोग गर्न पालिकालाई आग्रह गरिएको छ । राज्यले सहुलियत प्रदान गरेका जेष्ठ नागरिक, विद्यार्थी र अपाङ्गता भएका ब्यक्तिका लागि भाडामा छुट र सवारी साधनमा सिट निर्धारण गर्न गरिएको प्रावधानलाई अनिवार्य रुपमा पालना गर्न गराउन समेत सुसुचित गराईएको छ । सवारी साधनले मनपरी भाडा लिएको गुनासो आएपछि प्रमुख जिल्ला अधिकारी घिमिरेले भाडादरमा समायानुकलन र एकरुपता ल्याउनेगरी यातायात ब्यवसायी, संचालक एवं यात्रु सहितको बैठक बसेर भाडादर निर्धारण गरिएको बताउनुभयो ।
ताजा

test
२०८२ जेष्ठ ५ गते, सोमबार
test
२०८२ जेष्ठ ५ गते, सोमबार
प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना
२०८२ बैशाख २४ गते, बुधबार
धर्मले समाजलाई अनुशासित बनाउँछ: पूर्व मन्त्री अर्याल
२०८२ बैशाख २३ गते, मंगलवार
पूर्वमन्त्री प्रदीप नेपालको निधन
२०८२ बैशाख २३ गते, मंगलवार
‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’
२०८२ बैशाख २१ गते, आईतवार
प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ
२०८२ बैशाख २१ गते, आईतवार
चालिसेमा महायज्ञ हुने
२०८२ बैशाख २० गते, शनिबार
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा वालिङमा स्वास्थ्य शिविर
२०८२ बैशाख २० गते, शनिबार
विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा
२०८२ बैशाख २० गते, शनिबार