वडामै विरुवा लगेर किसानलाई वितरण गर्ने तयारीमा वडा अध्यक्षहरु


वालिङ,१८ असार- यतिबेला बन डिभिजन कार्यालय स्याङ्जाको नर्शरीमा निकै भिडभाड देखिन्छ । जिल्लाका विभिन्न भागबाट आएका किसानहरु केही डाले घाँसका विरुवा निकाल्न व्यस्त छन भने कोही आफ्नो घर वरिपरी फुलका विरुवा रोपेर घर वरिपरीको वातावरण सुन्दर बनाउने योजना अनुसार डिभिजन कार्यालयको नर्शरीमा विरुवा निकाल्न व्यस्त देखिन्छन । सदरमुकामको नजिक भएकाहरुले छिट्टै आएर आआप्mनो नाम टिपाएर एक जनाले पाँच ओटाका दरले विरुवा लगेकाछन् भने मुकाम देखि टाढा भएकाले भने नर्शरीमा पुग्दा विरुवा सकिन लागेकोले आफ्नो रोजाइका विरुवा चाहेजति लैजान पाएकाछैनन् ।
यही मेसोमा वालिङ नगरपालिका १४ का वडा अध्यक्ष बोधराज कुँवर (राजु) नर्शरीमा विरुवा निकाल्न व्यस्त देखिनुहुन्छ । अध्यक्ष कुँवर आफै नर्शरीमा पुगेर विरुवा ल्याएर वडाका किसानलाई वितरण गर्ने योजना अनुुसार नर्शरीमा विरुवा रोजदै गरेको अवस्थामा भेटिनु भयो । विरुवा निकाल्ने कार्यमा व्यस्त रहनुभएका कुँवरले वाडाका किसानलाई विरुवा लगेर वितरण गर्ने योजना अनुसार जिप लिएर विरुवा लिनको लागि नर्शरीमा आएको बताउनुभयो ।
कुँवरले भन्नुभयो, “वडामा रहेका कृषि फर्महरुमा घाँसको समस्या हुदा किसानले समस्या झेल्नुपरेकोले किसानलाई सहजहोस भनेर आफै डाले घाँसका विरुवा लिन आएकोछु, यसलाई लगेर वितरण गर्छु ।”
यसै गरी ट्याक्टर नै लिएर विरुवा लिन डिभिजन कार्यालय स्याङ्जा पुग्नुभएका वालिङ नगरपालिका १३ का वडा अध्यक्ष नमलाल डुम्रेले डाले घाँसका विरुवा कमी भएपनि विभिन्न बाटो एवं सडक किनारमा लगाउने खालका विरुवा लगेर वडाको वातावरणलाई हरियाली एवं सुन्दर बताउने अभियानमा आफु लागेको बताउनुभो ।

डिभिजन कार्यालयले नर्शरीमा बिभिन्न जातका डाले घाँसका साथै सौन्दर्य संग सम्बन्ति विरुवाका साथै फलफुल संग सम्बन्धित विरुवा उत्पादन गरेर वितरण गर्दै आएको छ । व्यावसायीक रुपमा पशुपालनमा लागेका किसानहरुको आर्कषण विस्तारै डाले घाँस तर्फ बढ्दै गएको पाइन्छ । राइखनिया, बडहर, कोइराल लगायतका विरुवाका साथै अमला, टिमुरका साथै विभिन्न प्रकारका फुलहरुको उत्पादन गरेर डिभिजन बन कार्यालयले आफ्ना नर्शरीहरु मार्फत वितरण गर्दै आएको छ ।
यस पटक डाले घाँस तर्फ राइखनियाको माग उच्च रहेकोले मागे जती वितरण गर्न नसकिएको र आगामी वर्ष अझै धेरै विरुवा उत्पादन गरेर वितरण गरिने कार्यालयका सहायक जिल्ला बन अधिकृत अम्मर बहादुर पराजुलीले बताउनुभयो । नर्शरीमा टाकी, कोइराल लगायतका विरुवाहरु भएपनि किसानको रोजाइमा भने यतिबेला राइखनिया अन्यको तुलनामा बढि परेको देखिन्छ ।

ताजा

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग

२०८३ श्रावण २४ गते, आईतवार

कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित

२०८३ श्रावण २१ गते, बिहीबार

बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

२०८३ श्रावण २१ गते, बिहीबार

स्याङ्जामा सामाजिक सद्भाव र्‍याली

२०८३ श्रावण १७ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal