वडामै विरुवा लगेर किसानलाई वितरण गर्ने तयारीमा वडा अध्यक्षहरु

वालिङ,१८ असार- यतिबेला बन डिभिजन कार्यालय स्याङ्जाको नर्शरीमा निकै भिडभाड देखिन्छ । जिल्लाका विभिन्न भागबाट आएका किसानहरु केही डाले घाँसका विरुवा निकाल्न व्यस्त छन भने कोही आफ्नो घर वरिपरी फुलका विरुवा रोपेर घर वरिपरीको वातावरण सुन्दर बनाउने योजना अनुसार डिभिजन कार्यालयको नर्शरीमा विरुवा निकाल्न व्यस्त देखिन्छन । सदरमुकामको नजिक भएकाहरुले छिट्टै आएर आआप्mनो नाम टिपाएर एक जनाले पाँच ओटाका दरले विरुवा लगेकाछन् भने मुकाम देखि टाढा भएकाले भने नर्शरीमा पुग्दा विरुवा सकिन लागेकोले आफ्नो रोजाइका विरुवा चाहेजति लैजान पाएकाछैनन् ।
यही मेसोमा वालिङ नगरपालिका १४ का वडा अध्यक्ष बोधराज कुँवर (राजु) नर्शरीमा विरुवा निकाल्न व्यस्त देखिनुहुन्छ । अध्यक्ष कुँवर आफै नर्शरीमा पुगेर विरुवा ल्याएर वडाका किसानलाई वितरण गर्ने योजना अनुुसार नर्शरीमा विरुवा रोजदै गरेको अवस्थामा भेटिनु भयो । विरुवा निकाल्ने कार्यमा व्यस्त रहनुभएका कुँवरले वाडाका किसानलाई विरुवा लगेर वितरण गर्ने योजना अनुसार जिप लिएर विरुवा लिनको लागि नर्शरीमा आएको बताउनुभयो ।
कुँवरले भन्नुभयो, “वडामा रहेका कृषि फर्महरुमा घाँसको समस्या हुदा किसानले समस्या झेल्नुपरेकोले किसानलाई सहजहोस भनेर आफै डाले घाँसका विरुवा लिन आएकोछु, यसलाई लगेर वितरण गर्छु ।”
यसै गरी ट्याक्टर नै लिएर विरुवा लिन डिभिजन कार्यालय स्याङ्जा पुग्नुभएका वालिङ नगरपालिका १३ का वडा अध्यक्ष नमलाल डुम्रेले डाले घाँसका विरुवा कमी भएपनि विभिन्न बाटो एवं सडक किनारमा लगाउने खालका विरुवा लगेर वडाको वातावरणलाई हरियाली एवं सुन्दर बताउने अभियानमा आफु लागेको बताउनुभो ।

डिभिजन कार्यालयले नर्शरीमा बिभिन्न जातका डाले घाँसका साथै सौन्दर्य संग सम्बन्ति विरुवाका साथै फलफुल संग सम्बन्धित विरुवा उत्पादन गरेर वितरण गर्दै आएको छ । व्यावसायीक रुपमा पशुपालनमा लागेका किसानहरुको आर्कषण विस्तारै डाले घाँस तर्फ बढ्दै गएको पाइन्छ । राइखनिया, बडहर, कोइराल लगायतका विरुवाका साथै अमला, टिमुरका साथै विभिन्न प्रकारका फुलहरुको उत्पादन गरेर डिभिजन बन कार्यालयले आफ्ना नर्शरीहरु मार्फत वितरण गर्दै आएको छ ।
यस पटक डाले घाँस तर्फ राइखनियाको माग उच्च रहेकोले मागे जती वितरण गर्न नसकिएको र आगामी वर्ष अझै धेरै विरुवा उत्पादन गरेर वितरण गरिने कार्यालयका सहायक जिल्ला बन अधिकृत अम्मर बहादुर पराजुलीले बताउनुभयो । नर्शरीमा टाकी, कोइराल लगायतका विरुवाहरु भएपनि किसानको रोजाइमा भने यतिबेला राइखनिया अन्यको तुलनामा बढि परेको देखिन्छ ।
ताजा

शिक्षकलाई विद्यालय फर्काउ
२०८२ बैशाख २ गते, मंगलवार
शिक्षकलाई विद्यालय फर्काउ
२०८२ बैशाख २ गते, मंगलवार
स्थानीय तहको सेवा प्रवाहमा प्रश्न
२०८१ चैत्र ३१ गते, आईतवार
महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण
२०८१ चैत्र ३१ गते, आईतवार
सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल
२०८१ चैत्र ३० गते, शनिबार
वरिष्ठ पत्रकार भैरव रिसालको निधन
२०८१ चैत्र २५ गते, सोमबार
बाह्रविशे मेला सम्पन्न, दर्शककाे उत्साहाजनक सहभागिता
२०८१ चैत्र २४ गते, आईतवार
आज बाह्रविशे मेला, तयारी पुरा
२०८१ चैत्र २४ गते, आईतवार
गह्राैसुर मन्दिरमा दर्शनकाे लागि लाम्वद्ध भक्तजन
२०८१ चैत्र २३ गते, शनिबार
ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी, गण्डकी प्रदेश मै उत्कृष्ठ घोषणा
२०८१ चैत्र २३ गते, शनिबार