७२औँ मदन भण्डारी जयन्तीको अवसरमा वालिङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

वालिङ,१४असार- नेकपा एमालेका तत्कालिन महासचिव तथा जननेता मदन भण्डारीको ७२औँ जन्मजयन्तीको अवसरमा वालिङमा अन्तरक्रिया गरिएको छ । नेकपा एमाले वालिङ नगरकमिटीको आयोजनामा मदन भण्डारी र जनताको बहुदलिय जनवाद विषयक अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय अनुशासन आयोगका सदस्य चक्रबहादुर पराजुलीले जननेता भदन भण्डारी एक प्रभावशाली कम्युनिष्ट आन्दोलनकानेता भएको बताउदै भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलिय जनवाद नै नेपालमा कम्युनिष्ट पार्टीको एक मुख्य आधार भएको बताउनुभयो । विश्वमा कम्युनिष्टहरु ओरालो लागिरहेको अवस्थामा नेपालमा भने भण्डारीको विचारले कम्युनिष्ट प्रति जनताको भरोसा र विश्वास जगाउन सफल भएको बताउनुभयो ।
भण्डारी एक कुशल नेता भएको बताउदै पराजुलीले भन्नुभयो, “बहुदलिय प्रतिस्पर्धाबाट आफ्नो विचारलाई स्थापीत गर्न सकिन्छ भन्ने कुराको प्रमाणित भएकोछ यो कम्युनिष्ट आन्दोलनको लागि निकै महत्वपूणर् कुरा हो ।”
भण्डारीको दुःखद निधनले नेपाली कम्युनिष्ट आन्दोलनलाई अपूरणीय क्षती भएपनि उहाँका विचार र उहाँले दिएको सन्देश चिरस्थायी रहेको बताउनुभो ।
कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश उपाध्यक्ष मोहन रेग्मीले पार्टीको नीति तथा कार्यक्रमलाई लिएर जनतको माझँमा जान कार्यक्रताहरुलाई आग्रह गर्दै मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलिय जनवाद सबैलाई बुझाउन आवश्यक रहेको बताउनुभयो । स्वर्गीय भण्डारीले देखाएको बाटोमा हिड्नुनै उहाँ प्रति सच्चा श्रद्धाञ्जली हुने अन्तरक्रिया कार्यक्रममा सहभागिहरुको भनाइ थियो ।

। कार्यक्रम नगर अध्यक्ष शोभाकान्त पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन सचिव यमकान्त खनाल र स्वागत उपसचिव पिताम्बर खनालले गर्नुभएको थियो ।

ताजा

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग

२०८३ श्रावण २४ गते, आईतवार

कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित

२०८३ श्रावण २१ गते, बिहीबार

बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

२०८३ श्रावण २१ गते, बिहीबार

स्याङ्जामा सामाजिक सद्भाव र्‍याली

२०८३ श्रावण १७ गते, आईतवार

काेदाे संरक्षण अभियानमा स्याङ्जाकाे फेदिखोला गाउँपालिका

२०८३ श्रावण १६ गते, शनिबार

अवैध नदीजन्य पदार्थ ओसारपसार गर्ने ट्याक्टरलाई ३० हजार जरिवाना

२०८३ श्रावण १४ गते, बिहीबार

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

२०८३ श्रावण १३ गते, बुधबार

पूर्व उपप्रधान मन्त्री श्रेष्ठको अन्त्येष्टि

२०८३ श्रावण १३ गते, बुधबार

नेपालमा पूर्वाधार विकासको ढाँचा बदलिँदै छ….

२०८३ श्रावण ११ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal