भानु माध्यमिक विद्यालय चापाकोटको पुरस्कार तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

वालिङ,१४असार- चापाकोट नगरपालिका एक मा रहेको भानु माध्यमिक विद्यालयको पुरस्कार तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा चापाकोट नगरपालिकाका नगरप्रमुख देव बहादुर खाँणले शैक्षिक गुणस्तरमा बृद्धि गर्नुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा चापाकोट एकका वडा अध्यक्ष भुपराज वोस्ती, टिकाराम तिवारी लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा शैक्षकि वर्ष २०७९ मा उत्कृष्ट हुने शिशु कक्षादेखि कक्षा १२ सम्मका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरएिको थियो भने छात्रवृत्ती समेत वितरण गरिएको थियो । विद्यालयमा स्थापित अक्षयकोषबाट प्राप्त छात्रवृत्ती गरी कुल ७६ जना विद्यार्थीलाई छात्रवृत्ती वितरण गरएिको छ । सोही कार्यक्रममा विद्यालयका पूर्व प्रअ लिलाबल्लभ अर्याल र पूर्व शिक्षक मोहन न्यौपानेलाई बिदाइ तथा विद्यालयलाई सुझाव पेटिका सौजन्य गर्नु हुने याम बहादुर थापालाई सम्मान गरएिको थियो ।
विद्यालयका प्रअ विनुप्रसाद पराजुलीले छात्रवृत्ती र पुरस्कारले विद्यार्थी थप उत्साही भएकोले शैक्षकि गुणस्तर कायम गर्न सहयोग पुग्ने बताउनु भयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य शिक्षक गिरिराज शर्मा र सन्चालन शिक्षक शिबलाल गैह्रेले गर्नुभएको थियो ।
ताजा

महिलाहरुलाई आधारशिला तालिम
२०८२ बैशाख ११ गते, बिहीबार
महिलाहरुलाई आधारशिला तालिम
२०८२ बैशाख ११ गते, बिहीबार
पुतलीबजार पूर्ण खोप पालिका घोषणा
२०८२ बैशाख ११ गते, बिहीबार
उत्पादन बढाउन आधुनिक खोर निर्माण
२०८२ बैशाख ११ गते, बिहीबार
वालिङमा तीन पत्रकार सामानित
२०८२ बैशाख ६ गते, शनिबार
शिक्षकलाई विद्यालय फर्काउ
२०८२ बैशाख २ गते, मंगलवार
स्थानीय तहको सेवा प्रवाहमा प्रश्न
२०८१ चैत्र ३१ गते, आईतवार
महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण
२०८१ चैत्र ३१ गते, आईतवार
सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल
२०८१ चैत्र ३० गते, शनिबार
वरिष्ठ पत्रकार भैरव रिसालको निधन
२०८१ चैत्र २५ गते, सोमबार