भानु माध्यमिक विद्यालय चापाकोटको पुरस्कार तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न
वालिङ,१४असार- चापाकोट नगरपालिका एक मा रहेको भानु माध्यमिक विद्यालयको पुरस्कार तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा चापाकोट नगरपालिकाका नगरप्रमुख देव बहादुर खाँणले शैक्षिक गुणस्तरमा बृद्धि गर्नुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा चापाकोट एकका वडा अध्यक्ष भुपराज वोस्ती, टिकाराम तिवारी लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा शैक्षकि वर्ष २०७९ मा उत्कृष्ट हुने शिशु कक्षादेखि कक्षा १२ सम्मका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरएिको थियो भने छात्रवृत्ती समेत वितरण गरिएको थियो । विद्यालयमा स्थापित अक्षयकोषबाट प्राप्त छात्रवृत्ती गरी कुल ७६ जना विद्यार्थीलाई छात्रवृत्ती वितरण गरएिको छ । सोही कार्यक्रममा विद्यालयका पूर्व प्रअ लिलाबल्लभ अर्याल र पूर्व शिक्षक मोहन न्यौपानेलाई बिदाइ तथा विद्यालयलाई सुझाव पेटिका सौजन्य गर्नु हुने याम बहादुर थापालाई सम्मान गरएिको थियो ।
विद्यालयका प्रअ विनुप्रसाद पराजुलीले छात्रवृत्ती र पुरस्कारले विद्यार्थी थप उत्साही भएकोले शैक्षकि गुणस्तर कायम गर्न सहयोग पुग्ने बताउनु भयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य शिक्षक गिरिराज शर्मा र सन्चालन शिक्षक शिबलाल गैह्रेले गर्नुभएको थियो ।
ताजा
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार





















