क्यान्सर पिडितको उपचारका लागि आमा समूहको आर्थिक सहयोग


गल्याङ,१४असार- कालीगण्डकी गाउँपालिका ७ बरलाम निवासी ४८ वर्षीय जसुदा पाण्डे विगत ७ महिनादेखि क्यान्सर रोगबाट ग्रसित हुनुभएको छ ।
एकल महिला समेत रहनुभएकी पाण्डेको आर्थिक अवस्था कमजोर भएकाकारण उपचारमा समस्या भएपछि स्थानीय आमासमूहको पहलमा आर्थिक संकलन अभियान थालिएको छ ।
स्थानीय जनसेवा आमा समूह,कालीगण्डकी आमा समूह, लालिगुरासँ आमा समूह, पालिचौर आमा समूहको संयुक्त पहलमा पाण्डेको उपचारका लागि रु १ लाख २४ हजार १ सय संकलन गरेर एक कार्यक्रमका बिच हस्तान्त्रण गरिएको छ ।
उहाँको उपचार यस अघि भारतको शिलगुडीमा भएको भएता पनि अब भरतपुर अस्पताल चितवन लैजाने तयारी भएको परिवार स्रोतले जनाएको छ । घरको आर्थिक अवस्ता कमजोर भएका कारण स्थानीयले खाद्यन्न तथा नगद सहयोग गरेका छन् ।
सहयोग रकम हस्तान्त्रण गर्दै कालीगण्डकी गाउँपालिका ७ का वडाअध्यक्ष ओम प्रकाश भट्टराईले गाउँपालिकाले उहाँको उपचारका लागि निःशुल्क एम्बुलेन्स उपलब्ध गराएको र स्थानीय आमा समूहले खेलेको भूमिका प्रति धन्यवाद दिदै सेवा नै धर्मको हो भन्ने मान्यता राखेर एक मानवलाई सारोगारो आपत विपत परेका बेला सहयोग गर्नु पर्ने कुरामा जोड दिनु भयो ।
हामी सबैको सानो सानो सहयोगले उहाँको जीवन रक्षामा टेवा पुग्ने बताउदै देश तथा विदेशमा रहनुहुने महानुभावलाई सहयोग गर्न समेत भट्टराईले आग्रह गर्नुभयो ।

कार्यक्रममा मिर्मी आधारभूत विद्यालयका पूर्व प्रअ राम प्रसाद भट्टराई,जनसेवा आमा समुहकी अध्यक्ष गोमता भट्टराई, कालीगण्डकी आमा समूहकी अध्यक्ष कमला कुमारी भुसाल जनसेवा आमा समूहकी सहसचिव सुमित्रा अर्याल भट्टराई लगायतले आफ्नो खानाको केही अंश कटाएर मानवसेवामा लाग्न आग्रह गर्दै उहाँको उपचारमा अझै साथ सहयोग गर्ने कुरा बताउनु भएको थियो ।
पीडित जसुदा पाण्डेले आफ्नो आम्दानीको केही स्रोत नभएको आफू बिरामी भए पछि घरको अवस्था कमजोर भएको कुरा बताउदै सहयोग गर्ने सम्पूणर्लाई धन्यवाद दिदै भोलिका दिनमा पनि सहयोग गर्न आग्रह गर्नु भयो ।
कार्यक्रममा सञ्चारकर्मी टिकाराम अधिकारीले समाजमा रहेका समस्या,दुःख पीडा र समस्याहरुलाई आमजनसमुदायमा ल्याउनु र आवाज बिहिनको आवाजलाई बाहिर ल्याएर उहाँहरुको सेवा गर्नु हामी सञ्चारकर्मीको धर्म भएको बताउदै सबैले आफ्नो आफ्नो धर्म र कत्वर्य निर्वाह गर्नु पर्ने कुरा बताउनु भयो ।

ताजा

शिक्षकलाई विद्यालय फर्काउ

२०८२ बैशाख २ गते, मंगलवार

शिक्षकलाई विद्यालय फर्काउ

२०८२ बैशाख २ गते, मंगलवार

स्थानीय तहको सेवा प्रवाहमा प्रश्न

२०८१ चैत्र ३१ गते, आईतवार

महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण

२०८१ चैत्र ३१ गते, आईतवार

सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल

२०८१ चैत्र ३० गते, शनिबार

वरिष्ठ पत्रकार भैरव रिसालको निधन

२०८१ चैत्र २५ गते, सोमबार

बाह्रविशे मेला सम्पन्न, दर्शककाे उत्साहाजनक सहभागिता

२०८१ चैत्र २४ गते, आईतवार

आज बाह्रविशे मेला, तयारी पुरा

२०८१ चैत्र २४ गते, आईतवार

गह्राैसुर मन्दिरमा दर्शनकाे लागि लाम्वद्ध भक्तजन

२०८१ चैत्र २३ गते, शनिबार

ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी, गण्डकी प्रदेश मै उत्कृष्ठ घोषणा

२०८१ चैत्र २३ गते, शनिबार

परम्परा जाेगाउन बाह्रविशे मेला

२०८१ चैत्र २२ गते, शुक्रबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal