क्यान्सर पिडितको उपचारका लागि आमा समूहको आर्थिक सहयोग


गल्याङ,१४असार- कालीगण्डकी गाउँपालिका ७ बरलाम निवासी ४८ वर्षीय जसुदा पाण्डे विगत ७ महिनादेखि क्यान्सर रोगबाट ग्रसित हुनुभएको छ ।
एकल महिला समेत रहनुभएकी पाण्डेको आर्थिक अवस्था कमजोर भएकाकारण उपचारमा समस्या भएपछि स्थानीय आमासमूहको पहलमा आर्थिक संकलन अभियान थालिएको छ ।
स्थानीय जनसेवा आमा समूह,कालीगण्डकी आमा समूह, लालिगुरासँ आमा समूह, पालिचौर आमा समूहको संयुक्त पहलमा पाण्डेको उपचारका लागि रु १ लाख २४ हजार १ सय संकलन गरेर एक कार्यक्रमका बिच हस्तान्त्रण गरिएको छ ।
उहाँको उपचार यस अघि भारतको शिलगुडीमा भएको भएता पनि अब भरतपुर अस्पताल चितवन लैजाने तयारी भएको परिवार स्रोतले जनाएको छ । घरको आर्थिक अवस्ता कमजोर भएका कारण स्थानीयले खाद्यन्न तथा नगद सहयोग गरेका छन् ।
सहयोग रकम हस्तान्त्रण गर्दै कालीगण्डकी गाउँपालिका ७ का वडाअध्यक्ष ओम प्रकाश भट्टराईले गाउँपालिकाले उहाँको उपचारका लागि निःशुल्क एम्बुलेन्स उपलब्ध गराएको र स्थानीय आमा समूहले खेलेको भूमिका प्रति धन्यवाद दिदै सेवा नै धर्मको हो भन्ने मान्यता राखेर एक मानवलाई सारोगारो आपत विपत परेका बेला सहयोग गर्नु पर्ने कुरामा जोड दिनु भयो ।
हामी सबैको सानो सानो सहयोगले उहाँको जीवन रक्षामा टेवा पुग्ने बताउदै देश तथा विदेशमा रहनुहुने महानुभावलाई सहयोग गर्न समेत भट्टराईले आग्रह गर्नुभयो ।

कार्यक्रममा मिर्मी आधारभूत विद्यालयका पूर्व प्रअ राम प्रसाद भट्टराई,जनसेवा आमा समुहकी अध्यक्ष गोमता भट्टराई, कालीगण्डकी आमा समूहकी अध्यक्ष कमला कुमारी भुसाल जनसेवा आमा समूहकी सहसचिव सुमित्रा अर्याल भट्टराई लगायतले आफ्नो खानाको केही अंश कटाएर मानवसेवामा लाग्न आग्रह गर्दै उहाँको उपचारमा अझै साथ सहयोग गर्ने कुरा बताउनु भएको थियो ।
पीडित जसुदा पाण्डेले आफ्नो आम्दानीको केही स्रोत नभएको आफू बिरामी भए पछि घरको अवस्था कमजोर भएको कुरा बताउदै सहयोग गर्ने सम्पूणर्लाई धन्यवाद दिदै भोलिका दिनमा पनि सहयोग गर्न आग्रह गर्नु भयो ।
कार्यक्रममा सञ्चारकर्मी टिकाराम अधिकारीले समाजमा रहेका समस्या,दुःख पीडा र समस्याहरुलाई आमजनसमुदायमा ल्याउनु र आवाज बिहिनको आवाजलाई बाहिर ल्याएर उहाँहरुको सेवा गर्नु हामी सञ्चारकर्मीको धर्म भएको बताउदै सबैले आफ्नो आफ्नो धर्म र कत्वर्य निर्वाह गर्नु पर्ने कुरा बताउनु भयो ।

ताजा

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

२०८३ आश्विन १ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal