आज हरिशयनी एकादशी

वालङि,१४ असार-आज आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा रोपेर पूजाआजा गर्ने गरिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ ।
आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको हो ।
भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई चतुर्मासा पनि भनिन्छ । यस वर्ष भने साउन महिनामा अधिकमास परेकाले पाँच महिना हुने भएको छ । एक वर्षमा २४ एकादशी पर्छन् । यस वर्ष भने अधिकमासका दुईसमेत गरी २६ एकादशी परेका छन् । एकादशीमा फलाहार खाएर व्रत बस्ने चलन रहि आएको छ ।
हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि धार्मीक स्थलहरुमा दर्शनर्र्र्र्र्थीहरुको भिड लागेको छ । स्याङ्जाका धार्मीक स्थलहरु सेतीवेणी, राम्दी लगायतका ठाउँमा सर्दालु भक्तजनहरुको भिड लागेको छ भने काठमाडौँ लगायतका धार्मीक स्थलहरुमा दर्शनार्थीहरुको भिडलागेको छ । चार महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ ।
ताजा

स्याङ्जामा ७९ प्रतिशत बजेट खर्च
२०८२ असार २७ गते, शुक्रबार
स्याङ्जामा ७९ प्रतिशत बजेट खर्च
२०८२ असार २७ गते, शुक्रबार
बुद्धको प्रतिमा र राताम्मे पहाड
२०८२ असार २५ गते, बुधबार
स्याङ्जाका चार उत्कृष्ट कृषक सम्मानित
२०८२ असार २५ गते, बुधबार
मुस्ताङमा दुई पक्कि पुल सहि छ पुलमा क्षती
२०८२ असार २४ गते, मंगलवार
बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति भएको आशङ्का
२०८२ असार २४ गते, मंगलवार
कालीगण्डकीमा व्यावसायिक अकबरे खुर्सानीखेती
२०८२ असार २० गते, शुक्रबार
मेची महाकाली मिडिया साेसाइटी द्वारा आयाेजित जलवायु संवाद
२०८२ असार २० गते, शुक्रबार
भीरकोटमा उत्कृष्ट कृषक सम्मानित
२०८२ असार १९ गते, बिहीबार
विश्वकै ठुलो शालिग्राम शिला एक महिनादेखि डुबानमा
२०८२ असार १९ गते, बिहीबार