महामारीको लागि पूर्ण तयारीमा रहन जिसस कास्कीका प्रमुख पौडेलको आग्रह


पाेखरा,११ असार- जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले संभाबित महामारीको क्षतिलाई न्यूनीकरण गर्न पूर्ण तयारी अबस्थामा रहन कास्कीस्थित सरकारी निकायहरूलाई आग्रह गर्नुभएको छ।
पौडेलले द्रुत प्रतिकार्य समूह परिचालन सम्बन्धि जिल्ला स्तरिय महामारीको बहुनिकाय समन्वय बैठकको अध्यक्षता गर्दै महामारीको कुनै समय नहुने र सम्भाबित क्षती कम गर्न पूर्ण तयारी आवश्यक भएकोले महामारी पछि मात्रै समाधानका उपाय खोज्ने प्रथाको अन्त्य गर्नुपर्ने बताउनुभएको हो।
उहाँले प्रकोप र जनस्वास्थसंग सम्बन्धित विषय जनताको जीवनसङ्ग प्रत्यक्ष सरोकार राख्ने हुँदा जीवन सुरक्षा पहिलो शर्तको रूपमा लिन आग्रह गर्नुभयो।
पौडेलले जिल्लाका विभिन्न स्थानमा पशुमा लम्की स्किन रोगको महामारीका कारण कृषि उद्धमीहरूले आर्थिक नोक्सानी ब्यहोर्नु परेकोले समयमै नियन्त्रणमा लिने ब्यबस्था तत्काल मिलाउन स्थानिय तह सहित प्रदेश र संघीय सरकारलाई आग्रह गर्नुभयो ।
कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरेले महामारीको सामनाका लागि स्पस्ट योजना र कार्यान्वयनको रूपरेखा सहित तयारी अबस्थामा रहन जिल्ला स्थित सरोकारवाला निकायहरूलाई आग्रह गर्नुभयो ।
कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बरालले कास्किमा देखिएका स्वास्थसंग सम्बन्धित संभाबित महामारीहरूका बारेमा चर्चा गर्दै महामारीबाट कम क्षती हुने बैज्ञानिक तयारी हुनुपर्ने उल्लेख गर्नु भयो।
जिल्ला स्वास्थ कार्यालय कास्कीका प्रमुख बद्री आचार्यले तयारी र योजनाको बारेमा प्रकाश पार्नुभएको थियो।
कार्यक्रममा कास्कीका पाँच ओटै स्थानिय तहका स्वास्थ शाखा प्रमुख , र सरोकारवाला निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो ।

ताजा

आज भाइटीका, उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा

२०८३ कार्तिक २५ गते, बुधबार

आज भाइटीका, उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा

२०८३ कार्तिक २५ गते, बुधबार

तिहार पर्वलाई मर्यादित बनाउन स्याङ्जा प्रशासनको आग्रह

२०८३ कार्तिक २० गते, शुक्रबार

राम्दीमा बस र स्कुटरबाट १० हजार बढी पिस पटका बरामद

२०८३ कार्तिक २० गते, शुक्रबार

तीन दशकको पीडा र एक्लोपन पछि जमुनाले पाइन् मानवसेवा आश्रमकाे संरक्षण

२०८३ कार्तिक १९ गते, बिहीबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ६ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ४ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ४ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक २ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ आश्विन ३१ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ आश्विन ३१ गते, शनिबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal