“दाई कहाँको छाङ्छाङ्दीको, बहिनी त्यहीं माथि डाडैको…..”
गोपाल जिटी
वालिङ,१३असार- “दाई कहाँको छाङ्छाङ्दीको, बहिनी त्यहीं माथि डाडैको…..” यो गीतको पंक्ती हो रेडियो नेपालका गायक डिलबहादुर श्रेष्ठको । कुनै समय रेडियो नेपालका गायक भनेर चिनिनुभएका अग्रज श्रष्टा डिलबहादुर अब तपाईं हामी सामु हुनुहुन्न, हुनुहुन्छ त केवल सम्झनामा मात्र । २०११ साल भदौ ५ गते जन्मनुभएका श्रेष्ठको ६९ वर्षको उमेरमा असार १ गते स्वर्गावास भएको छ ।
उहाँको श्रीमति र ४ छोरा बुहारी छन् ।
रेडियो नेपालबाट आफ्नो आवाजमा लोकगीत सार्वजनिक गर्ने स्याङ्जा जिल्लाकै अग्रज स्रष्टा हुनुहुन्छ श्रेष्ठ । सानै उमेरदेखि गाउन र नाच्न भनेपछि हुरुक्क हुने श्रेष्ठ तत्कालिन समयमा रेडियो नेपालका “गायक कलाकार” का नामले परिचित हुनुहुन्थ्यो ।
स्कूले जीवनदेखि नै नाटक मञ्चन, नृत्य तथा गायन कार्यक्रममा सक्रीय सहभागी हुँदै श्रेष्ठले कलाकारितालाई अगाडि बढाउनु भएको थियो ।
विभिन्न सांस्कृतिक कार्यक्रमहरुमा आफ्नो कला प्रस्तुत गर्दै आउनुभएका श्रेष्ठ २०२७ सालमा स्याङ्जा जिल्लाको तर्फबाट तत्कालिन राजा महेन्द्रको उपस्थितिमा काठमाडौमा लोकनृत्य प्रदर्शन गर्नुभएको थियो ।
स्वर्गीय कूलबहादुर रानासहित अग्रजहरुको साथमा जिल्लाको तर्फबाट उहाँ लोकनृत्य तथा गायन प्रस्तुतिका लागि काठमाडौ पुग्नुभएको थियो । काठमाडौको राष्ट्रिय नाचघरमा उहाँले आफ्नो उत्कृष्ट कला प्रदर्शन गरेर पुरस्कृत हुनुभएको अर्का अग्रज श्रष्टा ८३ वर्षीय चन्द्रबहादुर गाह मगर बताउनुहुन्छ ।
कलाकारितालाई अगाडि बढाउने क्रममा श्रेष्ठले रेडियो नेपालको गायक बनेर विभिन्न लोकगीतहरु श्रोताहरु माझ सार्वजनिक गर्नुभयो ।
“काँचो कटर, म जान्छु राङ्खोला रोक मोटर…..”
“दाई कहाँको छाङ्छाङ्दीको बहिनी त्यहीं माथि डाडैको…..”
“घरमेरो छाङ्छाङ्दी ससुराली चिताउन गाह्रोभयो जीवन बिताउन….”.
“स्याङ्जेली नानी लजाउने बानी क्या राम्रो सुहाको आँखैमा गाजलु, म नाच्छु झ्याउरेमा बजाइदेउ मादलु……”
यी हुन् उहाँका उतिबेला रेडियो नेपालबाट बज्ने चर्चित लोकगीतहरु । केही समय रेडियो नेपालमा लोकगीत गाउनुभएका उहाँ आफ्नै ठाउँमा विभिन्न संघ संस्थामा आवद्ध भई समाजसेवामा क्रियाशिल हुनुहुन्थ्यो ।
नेवार समुदायमा प्रचलित नेवारी नृत्य तथा बादनमा पनि श्रेष्ठ उत्तिकै दख्खल राख्नुहुन्थ्यो । नेवारी संस्कृतिमा आधारित नेवारी नृत्य प्रदर्शन हुने स्याङ्जा जिल्लाकै चर्चित स्थान हो छाङ्छाङ्दी । यहाँ हुने नेवारी नृत्य प्रदर्शनका बेला प्रायजसो नै उहाँको नृत्य हेर्न पाइन्थ्यो । यसका साथै मेला महोत्सव तथा सांगितिक कार्यक्रममा पुगेर नाचिहाल्ने उहाँको स्वभाव थियो । उमेर सात दशक नजिक पुगेपनि नाच्न थालेपछि उहाँको जोश र स्फूर्तिले सबैलाई चकित पाथ्र्यो ।
गीत संगीतसँग रमाउने उहाँ भजन किर्तनमा पनि सक्रीय सहभागिता रहनेगथ्र्यो । सिद्धार्थ राजमार्गसँगै रहेको छाङ्छाङ्दी छायाँक्षेत्र मन्दिरमा हुने भजन कीर्तन समूहमा नेतृत्वदायी भूमिकामै रहनुहुन्थ्यो । छायाँक्षेत्र मन्दिरमा महाँशिवरात्री, एकादशी, शिव महिना साउन तथा औंशीमा विशेष भीडभाडसहित दर्शनार्थी आउने गर्दछन् ।
पर्व विशेषका बेला प्रसिद्ध छायाँक्षेत्र मन्दिरमा हर्मोनियमसँगै भजन गाउनु र भक्तजनहरुलाई नचाउनु नित्यकर्म जस्तै नै थियो ।
यसरी आँफूसँगै अरुलाई पनि मनोरञ्जन प्रदान गर्ने उहाँ जेठ १२ गते वालिङ नगरपालिका वडा नम्वर ९ को लखनेमा मोटरसाइकलबाट लडेर घाइते हुनुभएको थियो । वडा नम्वर १४ माथिल्लो पेखु आफन्ती कहाँ भेटघाट गरी फर्कने क्रममा बीच बाटोमै लडेर गायक श्रेष्ठ घाइते हुनुभएको थियो । मोटरसाइकलबाट लडेर बेहोस जस्तै हुनुभएका श्रेष्ठलाई बचाउने प्रयास स्वरुप पोखराको मणिपाल लगियो तर जति कोशिष गरेपनि नसकिने भएपछि हस्पिटलले अन्ततः फिर्ता गरिदियो । हस्पिटलबाट फिर्ता भएको ३ दिन पछि आफ्नै निवास छाङ्छाङ्दीमा असार १ गते श्रेष्ठ ब्रम्हलिन हुनुभएको हो । र आज १३ गते बुधबार १३ औं दिनको पूण्य तीथिमा भावपूणर् श्रद्धा सुमन…..
ताजा
आज मातातीर्थ औँसी
२०८३ बैशाख ४ गते, शुक्रबार
आज मातातीर्थ औँसी
२०८३ बैशाख ४ गते, शुक्रबार
वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वगृहमन्त्री रमेश लेखक रिहा
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
२०८२ चैत्र २६ गते, बिहीबार
लेबनान आक्रमणले युद्धविराम सङ्कटमा
२०८२ चैत्र २६ गते, बिहीबार
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
२०८२ चैत्र २६ गते, बिहीबार
पोखरा सभागृहचोकमा महिलाको हत्या
२०८२ चैत्र २६ गते, बिहीबार
आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु
२०८२ चैत्र २६ गते, बिहीबार
सूर्योदय
२०८२ चैत्र २३ गते, सोमबार





















