आँधिखोला बहुप्राविधिक शिक्षालयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
वालिङ,१०असार-वालिङ नगरपालिका १३ मा रहेको आँधिखोला बहुप्राविधिक शिक्षालयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकोछ । शिक्षालयको आयोजनामा आयोजीत अन्तरक्रिया कार्यक्रममा नगरप्रमख, जग्गा दाताका साथै स्थानीय समाजसेवी एवं शिक्षालयमा अध्ययनरत विद्यार्थीहका अभिभावकहरुको उपस्थिती रहेको थियो ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले शिक्षालयको विकासमा नगरपालिकाले सहयोग गर्ने बताउदै नगरपालिका भित्र गहनाको रुपमा रहेको आँधिखोला बहुप्राविधिक शिक्षालयको विकासमा सबैले सहयोग पुर्याउनुपर्नेमा जोडदिदै नगरपालिकाको तर्फबाट आवश्क सहयोग हुने समेत बताउनुभयो ।

कार्यक्रममा शिक्षालयका पूर्व प्रमुख एवं कोरियानेपाल बहुप्राविधिक शिक्षालय रुपन्देही तामनगरका प्रमुख ईन्जिनियर नविन किशोर गैह्रेले आफु कामको शिलशिलामा जाहाँ पुगेपनि शिक्षालयलाई सहयोग रहिरहने बताउदै आँधिखोला बहुप्राविक शिक्षालय यस ठाउँमा स्थापना भएर सञ्चालनमा आउनु निकै महत्वपूर्ण कुरा भएको बताउनुभयो । कार्यक्रममा शिक्षालयलाई आफ्नो कार्यकालमा नमुना बनाउने शिक्षालयका प्रमुख भुमहेश्वर रंजितकारले बताउनुभयो ।
कार्यक्रममा वालिङ नगरपालिका १३ का वडा अध्यक्ष नमलाल डुम्रे, शिक्षालयका लेखापाल अशोक गैह्रे लगायतले बोल्नुभएको थियो । अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले शिक्षालयको थप विकास गनुपर्नेमा जोड दिएका थिए ।

शिक्षालयका आईटि ईन्जिनियर आस्था गैह्रेको स्वागत मन्तव्य संगै सुरुभएको कार्यक्रम शिक्षालयका प्रमुख प्रमुख भुमहेश्वर रंजितकारको अध्यक्षता र शिक्षालयका कार्यक्रम संयोजक नवराज पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
ताजा
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार





















