गल्याङ नगरपालिका द्वारा किसानलाई कृषि उपकरण वितरण

गल्याङ,९ असार- गल्याङ नगरपालिकाले किसानलाई कृषि उपकरण वितरण गरेको छ । नगरभित्र रहेका किसानहरुलाई कृषि उपकरण वितरण गरिएको हो ।

कृषि औजारको वितरण कार्यक्रममा बोल्दै नगरप्रमुख गुरुप्रसाद भट्टराई नगरपालिका द्वारा वितरण गरिएका आधुनिक

किसिमका कृषि औजारको सहि सदुपयोग गरेर आफ्नो उत्पादनलाई बृद्धि गर्न आग्रह गर्नुभयो । नगरपालिकाबाट वितरण गरिएका औजारहरुको नाफामुखी भन्दा पनि सहयोगी भावनाले सबै किसानहरुको आवश्क्ता अनुसार प्रयोग गरेर आफ्नो उत्पादन बढाउने कार्यमा लाग्नुपर्नेमा नगरप्रमुख भट्टराईले जोड दिनुभयो ।

कृषकलाई प्रोत्साहन गर्ने खालका कार्यक्रमहरु सञ्चालन गर्ने र गल्याङ नगरपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने अभियानमा आफू र नगरपालिका लागेको नगरप्रमुख भट्टराईको भनाइ थियो ।
कार्यक्रममा नगरपालिकाका उपप्रमुख हेमा न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्मा लगायतले मेसिनको सहि सदुपयोग गरि कृषि कर्मलाई सहज बनाउन समेत आग्रह गर्नुभएको थियो । हातेट्रयाक्टर ७० वटा, कुटानीपिसानी मेसिन ४० वटा र ब्रसर मेसिन (घाँस काट्ने मेसिन) ६ थान ५० प्रतिस अनुदानमा उपलब्ध गराइएको कृषि शाखा प्रमुख शिव ढकालले जानकारी दिनुभयो ।

ताजा

महिलाहरुलाई आधारशिला तालिम

२०८२ बैशाख ११ गते, बिहीबार

महिलाहरुलाई आधारशिला तालिम

२०८२ बैशाख ११ गते, बिहीबार

पुतलीबजार पूर्ण खोप पालिका घोषणा

२०८२ बैशाख ११ गते, बिहीबार

उत्पादन बढाउन आधुनिक खोर निर्माण

२०८२ बैशाख ११ गते, बिहीबार

वालिङमा तीन पत्रकार सामानित

२०८२ बैशाख ६ गते, शनिबार

शिक्षकलाई विद्यालय फर्काउ

२०८२ बैशाख २ गते, मंगलवार

स्थानीय तहको सेवा प्रवाहमा प्रश्न

२०८१ चैत्र ३१ गते, आईतवार

महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण

२०८१ चैत्र ३१ गते, आईतवार

सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल

२०८१ चैत्र ३० गते, शनिबार

वरिष्ठ पत्रकार भैरव रिसालको निधन

२०८१ चैत्र २५ गते, सोमबार

बाह्रविशे मेला सम्पन्न, दर्शककाे उत्साहाजनक सहभागिता

२०८१ चैत्र २४ गते, आईतवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal