गल्याङ नगरपालिका द्वारा किसानलाई कृषि उपकरण वितरण
गल्याङ,९ असार- गल्याङ नगरपालिकाले किसानलाई कृषि उपकरण वितरण गरेको छ । नगरभित्र रहेका किसानहरुलाई कृषि उपकरण वितरण गरिएको हो ।
कृषि औजारको वितरण कार्यक्रममा बोल्दै नगरप्रमुख गुरुप्रसाद भट्टराई नगरपालिका द्वारा वितरण गरिएका आधुनिक
किसिमका कृषि औजारको सहि सदुपयोग गरेर आफ्नो उत्पादनलाई बृद्धि गर्न आग्रह गर्नुभयो । नगरपालिकाबाट वितरण गरिएका औजारहरुको नाफामुखी भन्दा पनि सहयोगी भावनाले सबै किसानहरुको आवश्क्ता अनुसार प्रयोग गरेर आफ्नो उत्पादन बढाउने कार्यमा लाग्नुपर्नेमा नगरप्रमुख भट्टराईले जोड दिनुभयो ।

कृषकलाई प्रोत्साहन गर्ने खालका कार्यक्रमहरु सञ्चालन गर्ने र गल्याङ नगरपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने अभियानमा आफू र नगरपालिका लागेको नगरप्रमुख भट्टराईको भनाइ थियो ।
कार्यक्रममा नगरपालिकाका उपप्रमुख हेमा न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्मा लगायतले मेसिनको सहि सदुपयोग गरि कृषि कर्मलाई सहज बनाउन समेत आग्रह गर्नुभएको थियो । हातेट्रयाक्टर ७० वटा, कुटानीपिसानी मेसिन ४० वटा र ब्रसर मेसिन (घाँस काट्ने मेसिन) ६ थान ५० प्रतिस अनुदानमा उपलब्ध गराइएको कृषि शाखा प्रमुख शिव ढकालले जानकारी दिनुभयो ।

ताजा
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार
वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
२०८३ आश्विन १ गते, बिहीबार
ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’
२०८३ भाद्र ३१ गते, बुधबार
आज ऋषि पञ्चमी मनाइँदै
२०८३ भाद्र ३० गते, मंगलवार
सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग
२०८३ भाद्र २७ गते, शनिबार
चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ
२०८३ भाद्र २७ गते, शनिबार





















