संघीयता चाहिदैन भन्ने भ्रममा पर्नुहुँदैनः पूर्व मन्त्री गुरुङ

वालिङ,९ असार- गण्डकी प्रदेश सरकारका पूर्व मन्त्री एवं नेकपा एमालेका नेता किरण गुरुङले संघीयता चाहिँदैन भन्ने भ्रममा पर्न नहुने बताउनु भएको छ । आदिबासी जनजातिको आन्दोलनले गर्दा देशमा संघीयता आएको र जनजातिलाई नेतृत्वको अवसर संघीयताले नै प्रदान पूर्व मन्त्री गुरुङले बताउनुभयो ।
शनिबार लोकतान्त्रिक तमु संघ नेपाल स्याङ्जाको प्रथम जिल्ला अधिवेशनको उद्घाटन समारोलाई संवोधन गर्दै नेकपा एमालेका स्थायी कमिटी सदस्यसमेत रहनु भएका गुरुङले सबै जातजातिका बीचमा पुग्न सहजहोस र अवसर पाउनुपर्छ भनेर जनवर्गीय संगठन निर्माण गरिएको स्पस्ट पार्नुभयो । जनवर्गीय संगठनको सुरुवात गर्ने नेकपा एमाले भएको नेता गुरुङको भनाई छ ।

समृद्ध नेपाल निर्माण गर्न सबै जातजाति र भाषाभाषीको संरक्षण र संवद्र्धन गर्नुपर्ने र यो कार्य संघीय प्रणालीमा मात्रै सम्भव हुने बताउनुभयो ।
नेपाली जनताले चाहेको समृद्ध नेपाल निर्माणमा संघीयता आवस्यक रहेकोमा उहाँको जोड छ । प्रदेश सरकार आवस्यक छैन, केन्द्र र स्थानीय सरकार भए हुन्छ भन्ने सुनिन थालेको छ ।
केन्द्र सरकारको बजेटमा ठूला र गौरवका योजनाहरु अगाडि बढ्छन् भने प्रदेश सरकारको बजेटबाट ग्रामिण सडकलगायत विकास निर्माणका योजनाहरु सम्पन्न हुने गर्दछन् । यस्तै स्थानीय स्तरका समस्यालाई स्थानीय सरकारबाट समाधान हुने हामी सबैले महसुस गरेको पूर्व प्रदेशमन्त्री गुरुङको भनाइ थियो ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य सिमा क्षेत्री, गण्डकी प्रदेश उपाध्यक्ष मोहन रेग्मी, जिल्ला अध्यक्ष सुर्यप्रसाद गैह्रे पारस, वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँंण, लोकतान्त्रिक तमु संघका केन्द्रिय महासचिव हुमबहादुर गुरुङ लगायतले बोल्नुभएको थियो । कार्यक्रम प्रथम सम्मेलनका संयोजक दानबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत हुमबहादुर गुरुङ र संचालन लोकतान्त्रिक तमु संघ नेपाल गण्डकी प्रदेश सचिव विष्णुमाया गुरुङले गर्नुभएको थियो । सम्मेलनले लोकबहादुर गुरुङको अध्यक्षतामा लोकतान्त्रिक तमु संघ नेपाल स्याङ्जाको जिल्ला कार्यसमिति निर्वाचित गरेको छ ।
यसै गरी उपाध्यक्षमा खेमबहादुर गुरुङ, सचिवमा बालजित गुरुङ, उपसचिवमा राजकुमारी गुरुङ, यसै गरी उपसचिवमै भिमबहादुर गुरुङ रहनुभएको छ भने कोषाध्यक्षमा रन्सरी गुरुङ रहनुभएको छ । त्यस्तै सदस्यहरुमा ओमप्रकाश गुरुङ, खेमबहादुर गुरुङ, समबहादुर गुरुङ, चित्र गुरुङ, खुरहादुर गुरुङ, भिमकुमारी गुरुङलगायत रहनुभएको छ ।
ताजा

महिलाहरुलाई आधारशिला तालिम
२०८२ बैशाख ११ गते, बिहीबार
महिलाहरुलाई आधारशिला तालिम
२०८२ बैशाख ११ गते, बिहीबार
पुतलीबजार पूर्ण खोप पालिका घोषणा
२०८२ बैशाख ११ गते, बिहीबार
उत्पादन बढाउन आधुनिक खोर निर्माण
२०८२ बैशाख ११ गते, बिहीबार
वालिङमा तीन पत्रकार सामानित
२०८२ बैशाख ६ गते, शनिबार
शिक्षकलाई विद्यालय फर्काउ
२०८२ बैशाख २ गते, मंगलवार
स्थानीय तहको सेवा प्रवाहमा प्रश्न
२०८१ चैत्र ३१ गते, आईतवार
महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण
२०८१ चैत्र ३१ गते, आईतवार
सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल
२०८१ चैत्र ३० गते, शनिबार
वरिष्ठ पत्रकार भैरव रिसालको निधन
२०८१ चैत्र २५ गते, सोमबार