मदन भण्डारीको जन्मजयन्तीमा प्रेस चौतारीको टिकटक प्रतियोगिता, प्रथम हुनेलाई ५० हजार पुरस्कार
काठमाडौं,८ असार- जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको छ ।
टिकटक प्रतियोगिताको प्रथम पुरस्कार ५० हजार नगद, द्वितीय पुरस्कार ३० हजार, तृतीय २० हजार र सान्त्वनालाई १० हजार रुपैंया नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
टिकटक प्रतियोगिताको निर्णायकमा नायक रमेश उप्रेती, नायिका बेनिशा हमाल र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली हुनुहुन्छ । प्रेस चौतारी नेपालले मदन भण्डारीको जन्मजयन्ती असार १४ को अवसरमा हरेक वर्ष विविध कार्यक्रम आयोजना गर्दै आएको छ । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा बसेको बैठकले यस वर्ष टिकटक प्रतियोगिता गरी रचनात्मक रुपमा मनाउने निर्णय गरेको हो ।
प्रतियोगिताको संयोजक प्रेस चौतारी नेपालका उपाध्यक्ष गणेश पाण्डे हुनुहुन्छ । यसैगरी, सदस्यहरुमा कोषाध्यक्ष इन्द्र आचार्य, सचिव कमलप्रसाद उपाध्याय, विष्णु तारुके, प्रदीप आचार्य, लोग्सरी कुँवर र समीर बलामी हुनुहुन्छ । प्रेस चौतारीका अध्यक्ष बस्नेतले युवा अवस्थामै मुलुकका लागि अतुलनीय योगदान दिने जननेता मदन भण्डारीलाई युवा पुस्तासँग जोडेर समृद्ध नेपाल ः सुखी नेपालीको अभियानलाई सार्थक बनाउन टिकटक प्रतियोगिता आयोजना गरिएको बताउनु भयो ।
‘मदन भण्डारी र समृद्ध नेपालः सुखी नेपाली’ विषयमा आधारित भएर भाषण, क्यारिकेचर, नाटक, नृत्य, कथा, संवाद, गजल लगायतका रचनात्मक टिकटक बनाउन सकिने संयोजक पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार, प्रतियोगीहरुले #madanbhandari #presschautarinepal ह्यास ट्याग राखी असार २१ गतेसम्म टिकटक अपलोड गरिसक्नुपर्नेछ ।
सोही अनुसार, असार अन्तिम साता काठमाडौंमा भव्य कार्यक्रम गरी विजेताहरुलाई पुरस्कार वितरण गरिने प्रेस चौतारी नेपालले जनाएको छ । यसबाहेक प्रेस चौतारी नेपालले मदन भण्डारीको जन्मजयन्तीमा देशभर साताव्यापी रचनात्मक कार्यक्रमहरु आयोजना गर्दैछ ।
ताजा
स्पेनले जित्यो विश्वकपको उपाधि
२०८३ श्रावण ४ गते, सोमबार
स्पेनले जित्यो विश्वकपको उपाधि
२०८३ श्रावण ४ गते, सोमबार
सिद्धार्थ राजमार्गबाट नियन्त्रित लागूऔषधसहित दुई जना पक्राउ
२०८३ असार ३२ गते, बिहीबार
पहिरोमा पुरिँदा ६५ वर्षीय धनबहादुरको मृत्यु
२०८३ असार ३२ गते, बिहीबार
निजी मिडियालाई सरकारी विपज्ञापन प्रतिबन्ध लगाउने सरकारकाे निर्णय सर्वोच्चद्वारा बदर
२०८३ असार ३० गते, मंगलवार
विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द
२०८३ असार ३० गते, मंगलवार
मानवअधिकार एलायन्स स्याङ्जाले मनायाे २७औँ स्थापना दिवस
२०८३ असार २९ गते, सोमबार
वालिङ नगरपालिकाको २०औँ नगरसभाबाट ८९ करोड बढीकाे बजेट पारित
२०८३ असार २८ गते, आईतवार
श्रमजीवी पत्रकारको करार नतोड्न नेपाल पत्रकार महासंघको आग्रह
२०८३ असार २६ गते, शुक्रबार
मापदण्ड विपरीत पशुचौपाया ढुवानी गर्ने व्यक्ति पक्राउ
२०८३ असार २६ गते, शुक्रबार





















