कालीगण्डकी गाउँपालिकाले पालिका बासीको निःशुल्क उपचार गर्ने
वालिङ,८ असार- कालीगण्डकी गाउँपालिकाले आफ्ना नागरिकको निःशुल्क उपचार गर्ने भएको छ। आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले गाउँपालिकाले संचालन गरेको कालीगण्डकी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने बताउनुभयो ।
अब आर्थिक अभावले उपचार नपाएर मर्नुपर्ने बाध्यताको अन्त्य हुनेछ । कालीगण्डकी गाउँपालिकाभित्रका सबै नागरिकको उपचार निःशुल्क हुनेछ । आवश्यक बजेटको व्यवस्था गरेर आगामी आर्थिक वर्षदेखि नै यो कार्यक्रम लागू गरिने अध्यक्ष थापाले बताउनुभयो ।

नागरिक स्वस्थ रहे नै समाजको सर्वाङ्गिण विकास हुने थापाको ठम्याइ छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको उहाँले बताउनुभयो । आगामी आर्थिक वर्षमा समाजवाद उन्मुख स्वास्थ्य क्षेत्रको इतिहास रच्ने वर्ष बनाउने नीति लिइएको अध्यक्ष थापाले स्पष्ट पार्नुभयो ।

यसअघि नै यहाँका सबै परिवारका सदस्यको गाउँपालिकाले निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ । कालीगण्डकी अस्पतालबाट विशेषज्ञ सेवा, अनुसन्धानात्मक कार्यसहित थप सेवाको विस्तार गर्ने, रोकथाम, निदान र पुनर्स्थापना सेवालाई सहज र नियमित गरिनेछ । सबै सेवालाई आधुनिक र विद्युतीय प्रविधिको रूपमा विकास गरिने थापाले बताउनुभयो ।
गर्भवती, शिशु, बालबालिका, किशोर र अपांगता भएका व्यक्तिलाई पोषणको स्थितिमा सुधार ल्याउने कार्यक्रम संचालन गरिने छ । साथै पूणर् खोपयुक्त गाउँपालिका कायम राख्न खोप कार्यक्रमलाई निरन्तरता दिइनेछ । मानसिक रोगका बिरामीको लागि संरक्षण गृह, जेष्ठ नागरिकलाई दिवा सेवा तथा मिलन केन्द्रजस्ता संस्थागत संरचना स्थापना तथा संचालन गर्ने नीति लिएको नीति तथा कार्यक्रममा उल्लेख छ ।

अध्यक्ष थापाका अनुसार मदिरा तथा लागु पदार्थबाट ग्रसितलाई स्वस्थ बनाउन विद्यालय शिक्षामा विषयवस्तु समावेश गर्ने, पुनरस्थापना तथा सुधार केन्द्र संचालन गरिने, पाठेघरको मुख र स्तन क्यान्सर लगायत विभिन्न रोग परीक्षण तथा उपचारका लागि विशेषज्ञसहितको घुम्ती स्वास्थ्य शिविर प्रत्येक दुई हप्तामा कालीगण्डकी अस्पतालमा संचालन गरिनेछ । चौमासिक रूपमा सबै स्वास्थ्यचौकीमा गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
ताजा
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार
वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
२०८३ आश्विन १ गते, बिहीबार
ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’
२०८३ भाद्र ३१ गते, बुधबार
आज ऋषि पञ्चमी मनाइँदै
२०८३ भाद्र ३० गते, मंगलवार
सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग
२०८३ भाद्र २७ गते, शनिबार
चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ
२०८३ भाद्र २७ गते, शनिबार





















