कालीगण्डकी गाउँपालिकाले पालिका बासीको निःशुल्क उपचार गर्ने

वालिङ,८ असार- कालीगण्डकी गाउँपालिकाले आफ्ना नागरिकको निःशुल्क उपचार गर्ने भएको छ। आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले गाउँपालिकाले संचालन गरेको कालीगण्डकी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने बताउनुभयो ।
अब आर्थिक अभावले उपचार नपाएर मर्नुपर्ने बाध्यताको अन्त्य हुनेछ । कालीगण्डकी गाउँपालिकाभित्रका सबै नागरिकको उपचार निःशुल्क हुनेछ । आवश्यक बजेटको व्यवस्था गरेर आगामी आर्थिक वर्षदेखि नै यो कार्यक्रम लागू गरिने अध्यक्ष थापाले बताउनुभयो ।

नागरिक स्वस्थ रहे नै समाजको सर्वाङ्गिण विकास हुने थापाको ठम्याइ छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको उहाँले बताउनुभयो । आगामी आर्थिक वर्षमा समाजवाद उन्मुख स्वास्थ्य क्षेत्रको इतिहास रच्ने वर्ष बनाउने नीति लिइएको अध्यक्ष थापाले स्पष्ट पार्नुभयो ।

यसअघि नै यहाँका सबै परिवारका सदस्यको गाउँपालिकाले निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ । कालीगण्डकी अस्पतालबाट विशेषज्ञ सेवा, अनुसन्धानात्मक कार्यसहित थप सेवाको विस्तार गर्ने, रोकथाम, निदान र पुनर्स्थापना सेवालाई सहज र नियमित गरिनेछ । सबै सेवालाई आधुनिक र विद्युतीय प्रविधिको रूपमा विकास गरिने थापाले बताउनुभयो ।
गर्भवती, शिशु, बालबालिका, किशोर र अपांगता भएका व्यक्तिलाई पोषणको स्थितिमा सुधार ल्याउने कार्यक्रम संचालन गरिने छ । साथै पूणर् खोपयुक्त गाउँपालिका कायम राख्न खोप कार्यक्रमलाई निरन्तरता दिइनेछ । मानसिक रोगका बिरामीको लागि संरक्षण गृह, जेष्ठ नागरिकलाई दिवा सेवा तथा मिलन केन्द्रजस्ता संस्थागत संरचना स्थापना तथा संचालन गर्ने नीति लिएको नीति तथा कार्यक्रममा उल्लेख छ ।

अध्यक्ष थापाका अनुसार मदिरा तथा लागु पदार्थबाट ग्रसितलाई स्वस्थ बनाउन विद्यालय शिक्षामा विषयवस्तु समावेश गर्ने, पुनरस्थापना तथा सुधार केन्द्र संचालन गरिने, पाठेघरको मुख र स्तन क्यान्सर लगायत विभिन्न रोग परीक्षण तथा उपचारका लागि विशेषज्ञसहितको घुम्ती स्वास्थ्य शिविर प्रत्येक दुई हप्तामा कालीगण्डकी अस्पतालमा संचालन गरिनेछ । चौमासिक रूपमा सबै स्वास्थ्यचौकीमा गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
ताजा

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे
२०८१ चैत्र १२ गते, मंगलवार
प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे
२०८१ चैत्र १२ गते, मंगलवार
प्रेस चाैतारी: अबकाे गन्तव्य
२०८१ चैत्र १० गते, आईतवार
वालिङ बहुमुखी क्याम्पस स्ववियु निर्वाचनमा नेविसंघका निरज अध्यक्ष र अनेरास्ववियुकी विना सचिवमा निर्वाचित
२०८१ चैत्र ६ गते, बुधबार
वालिङ १२ गाेहाेदी बाख्रा फममा आगाेलागी
२०८१ चैत्र ५ गते, मंगलवार
प्रथम पिंक सिटी महोत्सव सम्पन्न
२०८१ चैत्र ३ गते, आईतवार
व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी
२०८१ चैत्र १ गते, शुक्रबार
पिंक सिटी महोत्सवमा सञ्चालित भलिबल प्रतियोगिताको सेमिफाइनल शनिबार हुने
२०८१ चैत्र १ गते, शुक्रबार
वालिङमा दुई उद्याेग वाणिज्य संघले मनाए हाेली
२०८१ चैत्र १ गते, शुक्रबार
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल स्याङ्जाद्वारा साहित्यकार वनवासीलाई सम्मान
२०८१ फाल्गुन २९ गते, बिहीबार