वालिङ उद्योग वाणिज्य संघको महिला उद्यमी विकास समितिको सपथ ग्रहण
वालिङ,८ असार-वालिङ उद्योग वाणिज्य संघको महिला उद्यमी विकास समितिको पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले महिला उद्यमी विकास समिति अध्यक्ष मन्जु केसीलाई सपथ ग्रहण गराउनुभएको हो ।
सपथ ग्रहण कार्यक्रममा अध्यक्ष श्रेष्ठले उद्यमी महिलाहरुको समितिले यहाँका महिला उद्योगी व्यवासायी एव्ां उद्यमीहरुको हितमा काम गर्ने भन्दै बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । केसीको अध्यक्षतामा मनोनित १७ सदस्यीय महिला उद्यमी विकास समितिले शुक्रबार सपथ ग्रहण गरेको हो । महिला उद्यमी विकास समिति अध्यक्ष केसीले अन्य पदाधिकारी तथा सदस्यहरुलाई सपथ खुवाउनुभएको थियो ।

साथै महिला उद्यमी विकास समितिको सपथ ग्रहणसंगै समितिको पहिलो बैठक समेत सम्पन्न भएको छ । बैठकमा विविध विषयमा छलफल समेत गरिएको समिति अध्यक्ष केसीले बताउनुभयो । समितिले स्मार्ट सिटिको अवधारणमा अगाडि बढ्दै गरेको वालिङमा आफ्नो कार्यकालमा कोशेली घरको स्थापना गर्ने अध्यक्ष केसीले बताउनुभयो ।
वालिङमा रहनुभएका महिला दिदीबहिनीहरुले उत्पादन गरेको विभिन्न सामग्रीहरुको विक्रि स्थल स्थापना गरी कोशेली घरको रुपमा विकास गर्ने कार्यमा सबैको साथ र सहयोग मिल्ने समेत अध्यक्ष केसीको विश्वास छ ।
उद्योग वाणिज्य संघको गत जेठ २५ गतेको बैठकले केसीको अध्यक्षतामा समिति मनोनित गरेको थियो । समितिको उपाध्यक्षमा पार्वती पंगेनी, सचिवमा सिता ढुंगाना अधिकारी, कोषाध्यक्ष सावित्रा रेग्मी मिठु रहनुभएको छ ।
ताजा
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार





















