वालिङ उद्योग वाणिज्य संघको महिला उद्यमी विकास समितिको सपथ ग्रहण


वालिङ,८ असार-वालिङ उद्योग वाणिज्य संघको महिला उद्यमी विकास समितिको पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले महिला उद्यमी विकास समिति अध्यक्ष मन्जु केसीलाई सपथ ग्रहण गराउनुभएको हो ।
सपथ ग्रहण कार्यक्रममा अध्यक्ष श्रेष्ठले उद्यमी महिलाहरुको समितिले यहाँका महिला उद्योगी व्यवासायी एव्ां उद्यमीहरुको हितमा काम गर्ने भन्दै बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । केसीको अध्यक्षतामा मनोनित १७ सदस्यीय महिला उद्यमी विकास समितिले शुक्रबार सपथ ग्रहण गरेको हो । महिला उद्यमी विकास समिति अध्यक्ष केसीले अन्य पदाधिकारी तथा सदस्यहरुलाई सपथ खुवाउनुभएको थियो ।

साथै महिला उद्यमी विकास समितिको सपथ ग्रहणसंगै समितिको पहिलो बैठक समेत सम्पन्न भएको छ । बैठकमा विविध विषयमा छलफल समेत गरिएको समिति अध्यक्ष केसीले बताउनुभयो । समितिले स्मार्ट सिटिको अवधारणमा अगाडि बढ्दै गरेको वालिङमा आफ्नो कार्यकालमा कोशेली घरको स्थापना गर्ने अध्यक्ष केसीले बताउनुभयो ।
वालिङमा रहनुभएका महिला दिदीबहिनीहरुले उत्पादन गरेको विभिन्न सामग्रीहरुको विक्रि स्थल स्थापना गरी कोशेली घरको रुपमा विकास गर्ने कार्यमा सबैको साथ र सहयोग मिल्ने समेत अध्यक्ष केसीको विश्वास छ ।
उद्योग वाणिज्य संघको गत जेठ २५ गतेको बैठकले केसीको अध्यक्षतामा समिति मनोनित गरेको थियो । समितिको उपाध्यक्षमा पार्वती पंगेनी, सचिवमा सिता ढुंगाना अधिकारी, कोषाध्यक्ष सावित्रा रेग्मी मिठु रहनुभएको छ ।

ताजा

देशभरको मौसम सफा रहने पूर्वानुमान

२०८२ कार्तिक २७ गते, बिहीबार

देशभरको मौसम सफा रहने पूर्वानुमान

२०८२ कार्तिक २७ गते, बिहीबार

३२ वर्ष सेवा गरेका भण्डारीलाई विद्यालयले गर्याे सम्मान

२०८२ कार्तिक २६ गते, बुधबार

एमालेद्वारा संविधानको रक्षार्थ स्याङ्जामा शान्तिपूर्ण ¥याली

२०८२ कार्तिक २५ गते, मंगलवार

प्रतिष्ठान स्याङ्जाको नवौं अधिवेशन सम्पन्न, अध्यक्षमा गौडेल

२०८२ कार्तिक २३ गते, आईतवार

यस्तो छ आगामी २४ घण्टाको मौसम पूर्वानुमान

२०८२ कार्तिक १९ गते, बुधबार

जेष्ठ नागरिक स्कुल सञ्चालनको तयारीमा रामपुर

२०८२ कार्तिक १७ गते, सोमबार

हरिबाेधिनी एकादशी फाेटाे फिचर

२०८२ कार्तिक १५ गते, शनिबार

आज हरि बोधिनी एकादशी : घरमा तुलसीलाई दामोदरसँग विवाह गरिँदै

२०८२ कार्तिक १५ गते, शनिबार

मानिसलाई देवता र धर्तीलाई स्वर्ग बनाउने महाअधियान उत्तरवाहिनी धर्मोत्सव

२०८२ कार्तिक १४ गते, शुक्रबार

अस्ट्रियन पर्यटकसहितको टोली दामोदर कुण्डमा रोकिए

२०८२ कार्तिक १४ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal