टिकटकमा साथी बनाएर सुन चोरेको आरोपमा एक महिला पक्राउ

तस्विर जिल्ला प्रहरी कार्यालय स्याङ्जा

वालिङ,८ असार- टिकटकमा साथी बनाएर सुनका गहना चोरेको आरोपमा एक महिला पक्राउ परेकीछन् ।

टिकटकमा साथी बनाएर साथीको घरमा आएर संगै बसेकी पर्वत जिल्ला मोदी गाउँपालिका वडा नम्बर ३ स्थायी घर भएकी २४ वर्षीय कुसुम विसीले साथीको घरबाटै सुनका गरगहना चोरी गरेकी हुन ।
गत जेठ १ गते वालिङ नगरपालिका वडा नं. ६ एक्ले पिपलस्थित एक महिलालाई सामाजिक संञ्जाल टिकटकमार्फत साथी बनाई घरमा आएर संगै बसेर सुनका सुनको बेरुवा औठी एक थान र करिब एक तोला बराबरको करुवा लकेट सहितको सिक्री चोरी गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक रविन्द्र खनाले जानकारी दिनुभयो । टिकटकमा साथी बनाउने र घरसम्म जाने घरका सामान राख्ने ठाउँको निग्रानी गरि चोरी गर्ने गरेको प्रहरीले जनाएको छ ।

विसीले विगत केही वर्ष अगाडी देखि सामाजिक संजाल टिकटकमार्फत सुनका गरगहना लगाएका अपरिचित मानिसहरुलाई साथी बनाउने, गरगहना लगाएका व्यक्तिहरुको भिडियोमा लाईक तथा कमेन्ट गर्ने, कुराकानी गरी निजहरुको घरमा गएर बस्ने, सोहि व्यक्तिसंगै टिकटक बनाई निजहरुले लगाएको गरगहनाहरु राखेको ताला चाबी के कहाँ राखेका छन् भनी गोप्य रुपमा बुझेर घरमा कोही नभएको बेला चोरी गर्ने र बिक्रि गर्ने गर्दै आएको प्रहरीले जनाएको छ । विसीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग

२०८३ श्रावण २४ गते, आईतवार

कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित

२०८३ श्रावण २१ गते, बिहीबार

बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

२०८३ श्रावण २१ गते, बिहीबार

स्याङ्जामा सामाजिक सद्भाव र्‍याली

२०८३ श्रावण १७ गते, आईतवार

काेदाे संरक्षण अभियानमा स्याङ्जाकाे फेदिखोला गाउँपालिका

२०८३ श्रावण १६ गते, शनिबार

अवैध नदीजन्य पदार्थ ओसारपसार गर्ने ट्याक्टरलाई ३० हजार जरिवाना

२०८३ श्रावण १४ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal