टिकटकमा साथी बनाएर सुन चोरेको आरोपमा एक महिला पक्राउ

तस्विर जिल्ला प्रहरी कार्यालय स्याङ्जा
वालिङ,८ असार- टिकटकमा साथी बनाएर सुनका गहना चोरेको आरोपमा एक महिला पक्राउ परेकीछन् ।
टिकटकमा साथी बनाएर साथीको घरमा आएर संगै बसेकी पर्वत जिल्ला मोदी गाउँपालिका वडा नम्बर ३ स्थायी घर भएकी २४ वर्षीय कुसुम विसीले साथीको घरबाटै सुनका गरगहना चोरी गरेकी हुन ।
गत जेठ १ गते वालिङ नगरपालिका वडा नं. ६ एक्ले पिपलस्थित एक महिलालाई सामाजिक संञ्जाल टिकटकमार्फत साथी बनाई घरमा आएर संगै बसेर सुनका सुनको बेरुवा औठी एक थान र करिब एक तोला बराबरको करुवा लकेट सहितको सिक्री चोरी गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक रविन्द्र खनाले जानकारी दिनुभयो । टिकटकमा साथी बनाउने र घरसम्म जाने घरका सामान राख्ने ठाउँको निग्रानी गरि चोरी गर्ने गरेको प्रहरीले जनाएको छ ।
विसीले विगत केही वर्ष अगाडी देखि सामाजिक संजाल टिकटकमार्फत सुनका गरगहना लगाएका अपरिचित मानिसहरुलाई साथी बनाउने, गरगहना लगाएका व्यक्तिहरुको भिडियोमा लाईक तथा कमेन्ट गर्ने, कुराकानी गरी निजहरुको घरमा गएर बस्ने, सोहि व्यक्तिसंगै टिकटक बनाई निजहरुले लगाएको गरगहनाहरु राखेको ताला चाबी के कहाँ राखेका छन् भनी गोप्य रुपमा बुझेर घरमा कोही नभएको बेला चोरी गर्ने र बिक्रि गर्ने गर्दै आएको प्रहरीले जनाएको छ । विसीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ताजा

शिक्षकलाई विद्यालय फर्काउ
२०८२ बैशाख २ गते, मंगलवार
शिक्षकलाई विद्यालय फर्काउ
२०८२ बैशाख २ गते, मंगलवार
स्थानीय तहको सेवा प्रवाहमा प्रश्न
२०८१ चैत्र ३१ गते, आईतवार
महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण
२०८१ चैत्र ३१ गते, आईतवार
सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल
२०८१ चैत्र ३० गते, शनिबार
वरिष्ठ पत्रकार भैरव रिसालको निधन
२०८१ चैत्र २५ गते, सोमबार
बाह्रविशे मेला सम्पन्न, दर्शककाे उत्साहाजनक सहभागिता
२०८१ चैत्र २४ गते, आईतवार
आज बाह्रविशे मेला, तयारी पुरा
२०८१ चैत्र २४ गते, आईतवार
गह्राैसुर मन्दिरमा दर्शनकाे लागि लाम्वद्ध भक्तजन
२०८१ चैत्र २३ गते, शनिबार
ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी, गण्डकी प्रदेश मै उत्कृष्ठ घोषणा
२०८१ चैत्र २३ गते, शनिबार