आगामी बजेटमा कृषिलाई पहिलो प्राथमिकतामा राख्छौँः नगरप्रमुख खाँण


मणी प्रसाद अर्याल
वालिङ,७ असार-वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले आगामी बजेटमा कृषि क्षेत्रलाई प्राथमिकतामा राख्ने बताउनुभएको छ ।
बिहीबार शिव पार्वती एकीकृत खाद्यतत्व व्यवस्थापन कृषक पाठशाला वालिङ १३ पाठखोलाले आयोजना गरेको कृषक दिवस समारोहमा नगरप्रमुख खाँणले कृषिक्षेत्रको विकासबाट नै सुखी नागरिक समृद्ध नगरपालिकाको नारा सार्थक हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
नगरप्रमुख खाँणले कृषिक्षेत्रको विकासको लागि बजेटको अभाव भएको गुनासो आउने गरेकोले ती समस्या तथा गुनासाहरु समस्याको समाधान हुने गरी बजेट विनियोजन गरिने उल्लेख गर्नुभयो ।
नगरप्रमुख खाँणले भन्नुभयो,“म पनि किसान नै हुँ, कृषकहरुको पीडा तथा गुनासो मलाई राम्रोसँग अवगत भएकाले किसानका समस्या समाधान गर्न मेरो कार्यकालमा अनुभूत हुने गरी काम हुन्छ ।”
वालिङ नगरपालिकाका किसानहरुको अवस्था सुधारको लागि नगरपालिकाले आवश्यक बजेट तथा नीति तर्जुमाको व्यवस्था गरेको भएपनि सार्थकताको लागि किसानहरुको सहभागिता र समर्पण सदैव आवश्यक रहेको नगर प्रमुख खाँणको भनाई छ ।
तालिम,गोष्ठी र सेमिनार लगायतका शीर्षकमा नगरमा धेरै कार्यक्रमहरु हुने गरेकोमा तिनको सार्थकतामा प्रश्न उठेकोप्रति आफ्नो ध्यान आकर्षण भएको उल्लेख गर्दै नगर प्रमुख खाँणले आगामि बजेटमा आवश्यकताको आधारमा मात्र तालिमको व्यवस्था गरिने स्पष्ट पार्नुभयो ।
‘तालिम तथा सेमिनार लगायतका शीर्षकमा नगरको धेरै बजेट खर्च हुने गरेको छ । नगरप्रमुख खाँणले भन्नुभयो, “तालिम तथा सेमिनारहरुको औचित्यता तथा सार्थकताको आधारमा मात्र बजेट विनियोजन हुन्छ ।”
तालिम २०७९ फागुन २७ गतेदेखि सुरु भएको थियो । गण्डकी प्रदेशको एकिकृत खाद्यतत्व व्यवस्थापन इकाई(आईपीएनसी)को आर्थिक सहयोगमा सञ्चालित तालिममा माटोको अवस्था,माटोको प्रकृतिअनुसारको खेती प्रणाली लगायतका विषयमा कृषकहरुलाई तालिम प्रदान गरिएको थियो ।

ताजा

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे

२०८१ चैत्र १२ गते, मंगलवार

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे

२०८१ चैत्र १२ गते, मंगलवार

प्रेस चाैतारी: अबकाे गन्तव्य

२०८१ चैत्र १० गते, आईतवार

वालिङ बहुमुखी क्याम्पस स्ववियु निर्वाचनमा नेविसंघका निरज अध्यक्ष र अनेरास्ववियुकी विना सचिवमा निर्वाचित

२०८१ चैत्र ६ गते, बुधबार

वालिङ १२ गाेहाेदी बाख्रा फममा आगाेलागी

२०८१ चैत्र ५ गते, मंगलवार

प्रथम पिंक सिटी महोत्सव सम्पन्न

२०८१ चैत्र ३ गते, आईतवार

व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी

२०८१ चैत्र १ गते, शुक्रबार

पिंक सिटी महोत्सवमा सञ्चालित भलिबल प्रतियोगिताको सेमिफाइनल शनिबार हुने

२०८१ चैत्र १ गते, शुक्रबार

वालिङमा दुई उद्याेग वाणिज्य संघले मनाए हाेली

२०८१ चैत्र १ गते, शुक्रबार

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान  नेपाल स्याङ्जाद्वारा साहित्यकार वनवासीलाई सम्मान

२०८१ फाल्गुन २९ गते, बिहीबार

प्रथम पिंक सिटी महाेत्सवकाे आठाैं दिन दर्शककाे घुईचाे, भिडियाे सहित

२०८१ फाल्गुन २८ गते, बुधबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal