नीति तथा कार्यक्रम र बजेटवारे गरिएको विरोधको औचित्य छैनः अध्यक्ष मानन्धर


गोपाल जिटी
वालिङ,७ असार- हरिनास गाउँपालिकाले असार ५ गते सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको केही सदस्यहरुद्वारा विभिन्न सञ्चार माध्यमद्वारा गरिएको विरोधप्रति आफ्नो ध्यानाकर्षण भएको गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धरले बताउनुभएको छ ।
नीति तथा कार्यक्रम र बजेटवारे गरिएको विरोधको कुनै औचित्य नरहेको पालिकाका अध्यक्ष मानन्धरको भनाइ रहेको छ ।
पालिकाले पटक पटक राखेको बैठकमा उपस्थित भएर आफ्ना धारणा नराख्ने र बैठकको निणर्यमा हस्ताक्षर पनि नगरेकाहरुले विरोध गर्नुको औचित्य नरहेको अध्यक्ष मानन्धरले बताउनुभयो ।

पालिकाले जेठ २५ गते बैठक राखेको थियो, साथीहरु उपस्थित हुनुभयो तर हस्ताक्षर गर्नुभएन । यसैगरी असार ४ गते पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटवारे बैठक राखिएको थियो तर उपस्थित भएर पनि हस्ताक्षर नगर्नेहरुले विरोध गरेको अध्यक्ष मानन्धरको भनाइ छ ।

हामी हाम्रो पालिकाको विकास र समृद्धिमा प्रतिवद्ध छौं । पालिकावासीको साथमा साथ र हातमा हात मिलाएर काम गर्न लागिपरेका छौ । यसका लागि पालिकाले राखेको बैठकमा कार्यपालिकाका सदस्यहरुले आ—आफ्नो धारणा राख्ने र छलफल गर्नुपर्छ । आफ्नो धारणा नराख्ने र छलफलमा पनि भाग नलिने साथीहरुले विभिन्न सञ्चार माध्यमबाट असन्तुष्टि व्यक्त गरेको अध्यक्ष मानन्धरले बताउनुभयो ।

ताजा

test

२०८२ जेष्ठ ५ गते, सोमबार

test

२०८२ जेष्ठ ५ गते, सोमबार

प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना

२०८२ बैशाख २४ गते, बुधबार

धर्मले समाजलाई अनुशासित बनाउँछ: पूर्व मन्त्री अर्याल

२०८२ बैशाख २३ गते, मंगलवार

पूर्वमन्त्री प्रदीप नेपालको निधन

२०८२ बैशाख २३ गते, मंगलवार

‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’

२०८२ बैशाख २१ गते, आईतवार

प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ

२०८२ बैशाख २१ गते, आईतवार

चालिसेमा महायज्ञ हुने

२०८२ बैशाख २० गते, शनिबार

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा वालिङमा स्वास्थ्य शिविर

२०८२ बैशाख २० गते, शनिबार

विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा

२०८२ बैशाख २० गते, शनिबार

यी हुन् सरकारको नीति तथा कार्यक्रममा परेका महत्त्वपूर्ण विषयहरू

२०८२ बैशाख १९ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal