नीति तथा कार्यक्रम र बजेटवारे गरिएको विरोधको औचित्य छैनः अध्यक्ष मानन्धर
गोपाल जिटी
वालिङ,७ असार- हरिनास गाउँपालिकाले असार ५ गते सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको केही सदस्यहरुद्वारा विभिन्न सञ्चार माध्यमद्वारा गरिएको विरोधप्रति आफ्नो ध्यानाकर्षण भएको गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धरले बताउनुभएको छ ।
नीति तथा कार्यक्रम र बजेटवारे गरिएको विरोधको कुनै औचित्य नरहेको पालिकाका अध्यक्ष मानन्धरको भनाइ रहेको छ ।
पालिकाले पटक पटक राखेको बैठकमा उपस्थित भएर आफ्ना धारणा नराख्ने र बैठकको निणर्यमा हस्ताक्षर पनि नगरेकाहरुले विरोध गर्नुको औचित्य नरहेको अध्यक्ष मानन्धरले बताउनुभयो ।

पालिकाले जेठ २५ गते बैठक राखेको थियो, साथीहरु उपस्थित हुनुभयो तर हस्ताक्षर गर्नुभएन । यसैगरी असार ४ गते पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटवारे बैठक राखिएको थियो तर उपस्थित भएर पनि हस्ताक्षर नगर्नेहरुले विरोध गरेको अध्यक्ष मानन्धरको भनाइ छ ।

हामी हाम्रो पालिकाको विकास र समृद्धिमा प्रतिवद्ध छौं । पालिकावासीको साथमा साथ र हातमा हात मिलाएर काम गर्न लागिपरेका छौ । यसका लागि पालिकाले राखेको बैठकमा कार्यपालिकाका सदस्यहरुले आ—आफ्नो धारणा राख्ने र छलफल गर्नुपर्छ । आफ्नो धारणा नराख्ने र छलफलमा पनि भाग नलिने साथीहरुले विभिन्न सञ्चार माध्यमबाट असन्तुष्टि व्यक्त गरेको अध्यक्ष मानन्धरले बताउनुभयो ।
ताजा
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार





















