वालिङ नगरपालिकाद्वारा नीति तथा कार्यक्रमको विषयमा सरोकारवालाहरुसंग अन्तक्रिया
![](https://gandakisamachar.com/wp-content/uploads/2023/06/IMG_20230620_214625.jpg)
वालिङ,५ असार- वालिङ नगरपालिकाले आगामी वर्षको निति तथा कार्यक्रमको लागि यहाँका राजनीतिक दलहरुसंग अन्र्तक्रिया गरेको छ । नगरपालिकाले नीति तथा कार्यक्रमको विषयमा चरणबद्ध रुपमा सम्बद्ध संघ संस्था तथा निकायहरुसंग अन्र्तक्रिया तथा सुझाव संकलन गर्दै आएको छ ।
यसअघि नगरपालिकाले संचार माध्यम, पत्रकारहरुसंग समेत नीति तथा कार्यक्रमका विषयमा अन्र्तक्रिया गरेको थियो ।
कार्यक्रममा नगरप्रमुख कृष्ण खाँणले नगरपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा हरेक वर्गलाई समेट्दै नागरिकको जिवनमा परिर्वतन ल्याउने गरी नगरपालिका अगाडि बढेको बताउनुभयो । हरेक पक्षको सुझाव तथा प्रतिक्रियाको आधारमा नीति तथा कार्यक्रम र बजेट ल्याईने भन्दै नगरबासीको हितलाई प्राथामिकतामा राखिने नगरप्रमुख खाँंणको भनाइ थियो ।
नगरउपप्रमुख कविता तिवारीले आगामी वर्षको नीति तथा कार्यक्रम समावेशी, सबै वर्ग समुदायलाई सम्बोधन हुने गरी ल्याईने बताउनुभयो । नगरपालिकाले चरणबद्ध रुपमा सबै पक्षसंग नीति तथा कार्यक्रमका विषयमा सुझाव संकलन र छलफल गर्दै आएको बताउदै अवको नीति कार्यक्रम र बजेट उत्कृष्ठ हुने दावी गर्नुभयो ।
नगरपालिका सभाहलमा आयोजित कार्यक्रममा नेपाली कांगे्रसका नगरसभापति नेत्रप्रसाद पाण्डे, नेकपा एमालेका नगर सचिव यमकान्त खनाल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष राजेन्द्रप्रसाद गैह्रेले कृषि, पर्यटन, पुर्वाधार विकास, ग्रामिण सडकको स्तरोन्नति र बाँदर आतंकका विषयमा आ-आफ्ना सुझावहरु प्रस्तुत गर्नुभएको थियो ।
यसैबीच उता उद्योग वाणिज्य संघले समेत नगरपालिकाको आगामी नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल तथा अन्र्तक्रिया गरेको छ । उद्योग वाणिज्य संघको सचिवालयमा एक कार्यक्रमको आयोजना गरी संघले यहाँका व्यापारी तथा व्यवसायीहरुसंग आगामी नीति तथा कार्यक्रम र बजेटका विषयमा प्रि बजेट अन्र्तक्रिया गरेको हो ।
कार्यक्रममा यहाँका व्यापारी तथा व्यवसायीहरुले ठेला व्यापारको व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका थिए । ठेला व्यापारबाटै गुजारा गर्दै आएकाहरुको पहिचान गरी उनीहरुको उचित व्यवस्थापन गरी ठेला व्यवसाय हटाउनुपर्ने बक्ताहरुको भनाइ थियो । साथै घर भाडामा एकरुपता हुनुपर्ने भन्दै बाहिरका व्यापारीले यहाँ आएर सामान बेच्दा स्थानीय व्यापारी मर्कामा परेको गुनासो स्थानीय व्यापारीहरुले गरेका थिए । पछिल्लो समय आर्थिक मन्दिका कारण व्यापारी व्यवसायीहरु पलायन हुनुपर्ने अवस्था आएको भन्दै यसप्रति नगरपालिकाले आगामी नीति तथा बजेटमा यस विषयलाई समेटेर लैजानुपर्ने समेत व्यापारी तथा व्यवसायीहरुले माग गरेकाछन् ।
स्थानीय स्तरमा उत्पादन भएका वस्तुको प्रयोगमा प्रोत्साहन गर्नुपर्ने भन्दै हस्तकला, लघु तथा साना व्यवसायीहरुको हितमा समेत नगरपालिका गम्भीर हुनुपर्ने सहभागिहरुको भनाइ थियो ।
सुझावहरुको ग्रहण गर्दै नगरप्रमुख कृष्ण खाँणले निजि क्षेत्रको विकासमा नगरपालिका प्रतिवद्ध रहेको भन्दै यहाँका व्यापारी व्यवसायीहरुको समस्या र गुनासाहरुलाई नगरपालिकाले गम्भीरताका साथ लिएको बताउनुभयो । आगामी नीति तथा कार्यक्रममा व्यापार व्यवसायलाई चलायमान बनाउनका लागि निश्चित मापदण्डका साथ अगाडि बढ्ने नगरप्रमुख खाँणले बताउनुभयो ।
यहाँको व्यापार व्यवासय धरासयी हुँदा सिंगो नगरलाई असर गर्ने भएकाले व्यापार व्यवसायबाट भईरहेको पलायनलाई रोक्न कहाँ के गर्न सकिन्छ त्यसका लागि नगरपालिका प्रयासरत रहेको प्रमुख खाँणको भनाई छ ।
कार्यक्रममा उपप्रमुख कविता तिवारी, वालिङ उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष शोभाकान्त पौडेल, संघका पुर्व अध्यक्ष पुण्यप्रसाद अर्याल, राजेन्द्र डुम्रे, शिवलाल डुम्रे, पुष्पा अर्याललगायतले बोल्नुभएको थियो ।
ताजा
![](https://gandakisamachar.com/wp-content/uploads/2025/01/IMG_20250116_091151.jpg)
कविता: रैती
२०८१ माघ ३ गते, बिहीबार![](https://gandakisamachar.com/wp-content/uploads/2025/01/IMG_20250116_091151.jpg)
कविता: रैती
२०८१ माघ ३ गते, बिहीबार![](https://gandakisamachar.com/wp-content/uploads/2025/01/IMG20250114140810-scaled.jpg)
माघे सङ्क्रान्तिमा सेतीवेणीमा भक्तजन
२०८१ माघ १ गते, मंगलवार![](https://gandakisamachar.com/wp-content/uploads/2025/01/Messenger_creation_9F9D5352-8DDD-43AB-A2EA-54AD39F871FF.jpeg)
विरुवा गाउँपालिकामा जनतासँग जनप्रतिनिधी, जेष्ठ नागरिकलाई सम्मानमा
२०८१ माघ १ गते, मंगलवार![](https://gandakisamachar.com/wp-content/uploads/2025/01/Messenger_creation_5E83E789-633C-4827-BB0C-3B7458D49DEF.jpeg)
विरुवामा छातीरोग सम्बन्धी शिविर
२०८१ पुष २९ गते, सोमबार![](https://gandakisamachar.com/wp-content/uploads/2025/01/IMG_20250113_203636.jpg)
भूमि समस्या समाधान आयाेग स्याङ्जाकाे अध्यक्षमा तारा शर्मा
२०८१ पुष २९ गते, सोमबार![](https://gandakisamachar.com/wp-content/uploads/2025/01/Press-Senter.jpg)
प्रेस सेन्टर स्याङ्जाको अधिवेशन सम्पन्न, अध्यक्षमा केपी खनाल
२०८१ पुष २९ गते, सोमबार![](https://gandakisamachar.com/wp-content/uploads/2025/01/FB_IMG_1736757204039.jpg)
हरिनास गाउँपालिकाद्वारा स्थानीय मदिराको ब्राण्डीङ संगै एकल पुरुषलाई भत्ता
२०८१ पुष २९ गते, सोमबार![](https://gandakisamachar.com/wp-content/uploads/2025/01/IMG20250112123123-scaled.jpg)
एमाले वालिङद्वारा अभिमुखिकरण कार्यक्रम सम्पन्न
२०८१ पुष २८ गते, आईतवार![](https://gandakisamachar.com/wp-content/uploads/2025/01/bidha-adhakari-mainteri.jpg)
‘उच्च शिक्षा मापदण्ड ऐन ल्याएर मात्र थप विश्वविद्यालय’
२०८१ पुष २५ गते, बिहीबार![](https://gandakisamachar.com/wp-content/uploads/2025/01/rabi-l-pkr.jpg)