वालिङमा बजार अनुगमन

वालिङ,३ असार- वालिङमा बजार अनुगमन गरिएको छ । नगरपालिकामा रहेको मुख्य बजारको आइतबार अनुगमन गरिएको हो ।
नगरपालिकाको वडा नम्बर ८,९ र १० को मुख्य बजार क्षेत्रमा नगर उपप्रमुख कविता तिवारीको संयोजकत्वमा इलाका प्रशासन कार्यालय, वडा प्रहरी कार्यालय वालिङ, सशस्त्र प्रहरी बल ३० नंं गुल्म लगायतको सहभागितामा बजारको अनुगमन गरिएको हो ।
वालिङको मुख्य बजार क्षेत्रमा रहेका पसलहरुले सडक पेटीमा राखेका सामानहरुलाई व्यवस्थित रुपमा राख्न अनुगमन गरिएको नगरपालिकाले जनाएको छ ।
बजारको अनुगमन गर्ने क्रममा नगर उपप्रमुख तिवारीले बजारको सौन्दर्यता बचाइराख्न सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले व्यापारिक प्रयोजनको लागि राखिएका सामग्रीहरुको उचित व्यवस्थापन हुन नसक्दा बजार अव्यवस्थित बन्नुका साथै सौन्दर्यतामा कमी भएको गुनासो आएकोले नगरले योजना अनुरुप नै अनुमगन गरेको बताउनुभयो ।
उपप्रमुख तिवारीले पसलको सटर भन्दा वाहिर सामान राख्दा पैदल यात्रुलाई असहज हुनुका साथै सवारी आवागमनमा समस्या हुनेहुदा अव्यवस्थित रुपमा सामान नराख्न अनुरोध गर्नु भयो ।
अनुगमनको पहिलो चरणमा प्रत्येक पसलहरुमा पुगी व्यापारीहरुलाई सचेत गराईएको नगरपालिकाले जनाएको छ ।
अनुगमनको क्रममा नगरपालिकाले जारी गरेको बजार व्यवस्थापन सम्बन्धी सुचना अवज्ञा गरेको पाइएमा २० प्रतिशत जरिवाना गरिने तथा पटक पटक अवज्ञा गरिएको पाइएमा समान जफत गरिने पनि नगरपालिकाले जनाएको छ ।
ताजा

test
२०८२ जेष्ठ ५ गते, सोमबार
test
२०८२ जेष्ठ ५ गते, सोमबार
प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना
२०८२ बैशाख २४ गते, बुधबार
धर्मले समाजलाई अनुशासित बनाउँछ: पूर्व मन्त्री अर्याल
२०८२ बैशाख २३ गते, मंगलवार
पूर्वमन्त्री प्रदीप नेपालको निधन
२०८२ बैशाख २३ गते, मंगलवार
‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’
२०८२ बैशाख २१ गते, आईतवार
प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ
२०८२ बैशाख २१ गते, आईतवार
चालिसेमा महायज्ञ हुने
२०८२ बैशाख २० गते, शनिबार
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा वालिङमा स्वास्थ्य शिविर
२०८२ बैशाख २० गते, शनिबार
विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा
२०८२ बैशाख २० गते, शनिबार