फोहोर व्यवस्थापनका लागि डस्विन वितरण

वालिङ,२ असार- वालिङमा स्वास्थ्य प्रशिक्षण तथा डस्विन वितरण गरिएको छ । वालिङ नगरपालिका वडा नम्वर ८ स्थित भीमटारी सामुदायिक सिकाई केन्द्रले वडाका टोेल विकास संस्था तथा क्लबहरुलाई स्वास्थ्य प्रशिक्षण दिनुका साथै तथा डस्विन वितरण गरेको हो ।
कार्यक्रममा डस्विन वितरण गर्दै वालिङ नगरप्रमुख कृष्ण खाँणले परिवारका प्रत्येक सदस्यले आँफूले गरेको फोहर आँफै व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । हामीले आँफूले गरेका फोहर अरुलाई सफा गर्न लगाएर होइन आँफैले व्यवस्थापन गरेर मात्र व्यवस्थित हुने बताउनुभयो । जबसम्म नगरवासी सचेत हुन सक्दैनन् तवसम्म सरसफाई हुन नसक्ने उहाँको भनाई थियो । सबैभन्दा पहिला हामी आँफै सचेत हुनुपर्छ त्यसपछि मात्र सरसफाई व्यवस्थापनमा सफलता मिल्ने नगरप्रमुख खाँणको भनाइ थियो ।

२०६७ सालदेखि सर्वदलीय संयन्त्रले सुरु गरेको वालिङको सरसफाई व्यवस्थापन कार्यक्रमले देश तथा विदेशमा चर्चा पाएको नगरप्रमुख खाँणले बताउनुभयो । मुलुक यो ठाउँसम्म आउनुमा महिलाहरुको अहम भूमिका छ । कतिपय पुरुषबाट विगारिएका कामहरु महिलाले सुधारेका उदाहरणहरु धेरै छन् । सरसफाई व्यवस्थापनमा पनि महिलाहरु धेरै अगाडि रहेको उहाँको भनाइ थियो ।

प्रत्येक टोलमा आमाहरुसँगै हामी सबै सरसफाईमा लाग्न भएमा सफलता मिल्ने बताउदै समाजसंगै सरसफाई व्यवस्थापनमा बालबालिकाहरुलाई सानैदेखि सिकायौं भने हाम्रो घर परिवार समाज सरसफाई हुने नगरप्रमुख खाँणले बताउनुभयो ।
कार्यक्रममा ३३ थान डस्विन वितरण गरिएको थियो । वडाका २५ टोल विकास संस्था र ८ क्लबलाई गरी ३३ वटा डस्विन वितरण गरिएको थियो ।

ताजा

वालिङमा तीन पत्रकार सामानित

२०८२ बैशाख ६ गते, शनिबार

वालिङमा तीन पत्रकार सामानित

२०८२ बैशाख ६ गते, शनिबार

शिक्षकलाई विद्यालय फर्काउ

२०८२ बैशाख २ गते, मंगलवार

स्थानीय तहको सेवा प्रवाहमा प्रश्न

२०८१ चैत्र ३१ गते, आईतवार

महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण

२०८१ चैत्र ३१ गते, आईतवार

सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल

२०८१ चैत्र ३० गते, शनिबार

वरिष्ठ पत्रकार भैरव रिसालको निधन

२०८१ चैत्र २५ गते, सोमबार

बाह्रविशे मेला सम्पन्न, दर्शककाे उत्साहाजनक सहभागिता

२०८१ चैत्र २४ गते, आईतवार

आज बाह्रविशे मेला, तयारी पुरा

२०८१ चैत्र २४ गते, आईतवार

गह्राैसुर मन्दिरमा दर्शनकाे लागि लाम्वद्ध भक्तजन

२०८१ चैत्र २३ गते, शनिबार

ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी, गण्डकी प्रदेश मै उत्कृष्ठ घोषणा

२०८१ चैत्र २३ गते, शनिबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal