वालिङ नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

वालिङ,२६ जेठ-वालिङ नगरपालिकाले सार्वजनिक सुनुवाई गरेको छ । नगरपालिकाले “कृषि, उद्योग, पर्यटन, उर्जा, सूचना प्रणाली र पूर्वाधार स्मार्टसिटी वालिङ निर्माणको आधार” भन्ने नारासहित शुक्रबार सार्वजनिक सुनुवाई गरेको हो ।
यो वर्ष नगरपालिकाले गरेका विकास निर्माण सम्बन्धी जानकारीसहित नगरबासीको गुनासा, सुझाव तथा सल्लाह लिने उद्देश्यले सार्वजनिक सुनुवाई गरिएको हो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माद्वारा सेवा प्रवाहकाबारेमा जानकारी गराएपछि सहभागीहरुलाई समय दिइएको थियो । नगरपालिकाले नीति तथा कार्यक्रम बनाई वार्षिक बजेट निर्माण गर्ने बेलामा सार्वजनिक सुनुवाई गर्नु उचित समय नभएको सहभागीहरुले गुनासो गरेका थिए ।
भौतिक निर्माणमा गुणस्तरीय काम हुन नसक्दा छिट्टै बिग्रने र पुनः निर्माण गर्नुपर्दा लगानीको दुरुपयोग हुनेतर्फ नगरपालिकाले ध्यान पुर्याउन उनिहरुको सुझाव छ । यसैगरी शान्ति सुरक्षा, अमन चयन र सुशासनमा ध्यान दिन सहभागीहरुको राय छ । शिक्षा र स्वास्थ्य सर्वसुलभ गराउन नगरपालिकाको ध्यान जानुपर्ने भन्दै निजी विद्यालय र स्वास्थ्य संस्था मापदण्ड अनुसार चलेका छन् कि छैनन् भनेर अनुगमन गर्नुपर्ने विचार सहभागीहरुले राखे ।
कार्यक्रममा सहभागीहरुको जिज्ञासाको जवाफ दिदै नगर प्रमुख कृष्ण खाँणले नीति तथा कार्यक्रम र बजेट निर्माणमा सहयोग पुगोस भनेर अन्तिम समयमा आएर सार्वजनिक सुनुवाई गरिएको बताउनुभयो । उहाँले नगरबासीहरुको सुझाव तथा सल्लाहलाई गायत्री मन्त्रकारुपमा लिने र काम गर्नका लागि मार्ग दर्शक हुने विश्वास व्यक्त गर्नुभयो । जन प्रतिनिधि विज्ञ छैनौं भन्दै नगर प्रमुख खाँणले सबैलाई सँगै लिएर काम गर्ने बताउनुभयो । वालिङलाई सिकाईकोरुपमा लिनेगरी काम गर्ने भन्दै अघिल्लो समयका जनप्रतिनिधिले गरेका राम्रा कामलाई निरन्तरता दिएर अगाडि बढ्नेसमेत उहाँले बताउनुभयो । आँधिखोला उत्खनन्को विषयमा उठेका प्रश्नको जवाफमा नगर प्रमुख खाँणले खोला दोहनको विषय देशैभरिको समस्या भएकाले बहसकोरुपमा लैजाने उल्लेख गर्नुभयो । सिद्धान्त र राजनीति जीवनका लागि हुनुपर्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै कुनै दल वा व्यक्ति भन्दा पनि आम नागरिकको हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
यसैगरी नगर उप प्रमुख कविता तिवारीले कृषिमा आमूल परिवर्तन गर्ने योजना रहेको बताउनुभयो । पछिल्लो समय लगाएको खेति बाँदरले खाइदिने भएकाले किसानहरु समस्यामा परेका र यसका लागि हेरालुको व्यवस्था गरिने उप प्रमुख तिवारीले जानकारी दिनुभयो । सहभागीहरुको जिज्ञासाको जवाफ दिंदै उहाँले यो वा त्यो नभनी नगरबासीको साझा सेवककारुपमा आँफूहरुले काम गर्दै आएको बताउनुभयो ।
यसैगरी प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले कार्य व्यस्तता र प्राविधिक कारणले पटक पटक सार्वजनिक सुनुवाई गर्न नसकिएको बताउनुभयो । शैक्षिक सुधारका लागि अनुगमन टोली खटाइएको उहाँले जानकारी गराउनुभयो । अहिलेसम्म वार्षिक बजेटको ५५ प्रतिशत मात्र खर्च भएको र बाँकि काम र खर्च नहुनुमा नागरिकहरु पनि जिम्मेवार रहेको बताउनुभयो । योजना छनोट गर्ने तर समयमा सम्झौता गर्न नगरवासी नआउने हुँदा काम हुन नसकेको प्रमुख प्रशासकीय शर्माको भनाइ थियो ।
ताजा
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
२०८३ श्रावण २८ गते, बिहीबार
पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे
२०८३ श्रावण २५ गते, सोमबार
जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग
२०८३ श्रावण २४ गते, आईतवार
कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित
२०८३ श्रावण २१ गते, बिहीबार
बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
२०८३ श्रावण २१ गते, बिहीबार
स्याङ्जामा सामाजिक सद्भाव र्याली
२०८३ श्रावण १७ गते, आईतवार
काेदाे संरक्षण अभियानमा स्याङ्जाकाे फेदिखोला गाउँपालिका
२०८३ श्रावण १६ गते, शनिबार





















