जाेडजाड गरेर बनेकाे सरकार गन्तव्य बिहिन: एमालेे अध्यक्ष ओली


स्याङ्जा,२६ जेठ- पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आँधीखाेला गाउँपालिकाकाे नवनिर्मित प्रशासकीय भवनकाे एक कार्यक्रमका विच उद्घाटन गर्नुभएकाे छ।
गाउँपालिकाकाे कृषिमा रहेकाे नवनिर्मित भवनकाे पूर्वप्रधानमन्त्री ओलीले ताम्र पत्रकाे अनावरण गरेर उद्घाटन गर्नुभएकाे हाे।
कार्यक्रममा बाेल्दै अध्यक्ष ओलीले युवाजनशक्तिलाई देशमै बस्ने वातावरण निर्माण गर्नुपर्ने बताउनुभयाे। कृषिलाई आधुनिकिकरण गर्न जरुरी रहेकाे बताउदै कृषिमा आधारित उद्धाेगहरु खाेल्नुपर्ने बताउनुभयाेे।
संसदमा आफुले राखेका कुराहरुलाई उखाटन टुक्का भन्नेहरु जनताकाे कुरा बुझ्ने क्षमता नभएकाे बताउनुभयाे।
अहिले जाेडजाड गरेर बनेकाे सरकार गन्तव्य बिहिन भएकाे बताउनुभयाे। आफ्नाे पालाकाे सरकारले विकासकाे याेजना सहित काम गरेकाे। अहिले देशमा महंगीले जनताकाे ढाड सेक्नेकाम मात्रै गरेेकाे अहिलेकाे सरकारले भारत संग देशकाे भूमी मिचिएकाे बारेमा कुरा गर्न नसक्नु दुःखद भएकाे बताउनुभयाे।
प्रधानमन्त्रीले पद जाेगाउन भारतलाई खाेलानाला सुम्पिएकाे आराेप समेत लगाउनुभयाे। अहिलेकाे सरकारले देशलाई घाटा पार्ने कामम मात्रै गरेकाे बताउनुभयाे।
अहिले राम्राे लक्ष्ण नभएपनि देशलाई बिग्रन दिन नहुने पूर्वप्रधानमन्त्री ओलीकाे भनाइ थियाे। स्याङ्जा सुन्तलाकाे लागि प्रख्यात जिल्ला भएकाले यहाँका जनताहरु कृषिकाे क्षेत्रमा व्यावसायीक रुपमा काम गर्न आग्रह गर्दै स्याङ्जाकाे समग्र विकासकाे लागि आफ्नाे तर्फबाट भूमिका खेल्ने समेत बताउनुभयाे।

ताजा

मातृभूमि सेवा समाज नेपालको अधिवेशन सम्पन्न, अध्यक्षमा पराजुली

२०८२ माघ ३ गते, शनिबार

मातृभूमि सेवा समाज नेपालको अधिवेशन सम्पन्न, अध्यक्षमा पराजुली

२०८२ माघ ३ गते, शनिबार

हराएको अठार महिनापछि गाडिएको अवस्थामा बस फेला

२०८२ पुष २७ गते, आईतवार

सदस्यलाई हेपेर पार्टी सञ्चालन गर्ने तरिका आजदेखि भत्कियोः महामन्त्री थापा

२०८२ पुष २७ गते, आईतवार

अकला नमुना साना किसान कृषि सहकारीको सातौं वार्षिक साधारणसभा

२०८२ पुष २५ गते, शुक्रबार

प्याब्सन स्याङ्जाको ३५औं स्थापना दिवस सम्पन्न

२०८२ पुष २४ गते, बिहीबार

वालिङमा वृहत प्रजनन स्वास्थ्य शिविर सम्पन्न

२०८२ पुष २४ गते, बिहीबार

पाउँदुर ओडारेका रिजाल र स्वादिलो सुन्तला

२०८२ पुष २१ गते, सोमबार

सडक कालाेपत्रे

२०८२ पुष २० गते, आईतवार

आँधीखोला काेरिडोरको अर्मादी खोलामा पक्की पुल निर्माण गरिँदै

२०८२ पुष २० गते, आईतवार

एमाले स्याङ्जाले गर्याे २१ आकाङ्क्षीकाे नाम सिफारिस

२०८२ पुष १९ गते, शनिबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal