केवरेको बालसिद्धमा निःशुल्क शिक्षा

गोपाल जिटी
वालिङ,२३ जेठ- माध्यमिक तहसम्मको पठनपाठन निःशुल्क भएपनि उच्च शिक्षाका लागि भने निःशुल्क हुनसकेको छैन । तर स्याङ्जा वालिङको एक क्याम्पसले निःशुल्क शिक्षा दिले अभियानमा आगाडि बढेको छ ।
वालिङ नगरपालिका ७ केवरेस्थित बालसिद्ध क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई निःशुल्क शिक्षा लिने अवसर प्राप्त गर्दै आएकाछन् । बालसिद्ध क्याम्पसले विगत १३ वर्षदेखि स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुलाई बिना शुल्क क्याम्पसको पठनपाठन सञ्चालन गर्दै आएको छ ।

करिव सयको हाराहारीमा विद्यार्थीहरु अध्ययनरत रहेको यस क्याम्पसमा शिक्षा संकाय अन्तर्गत नेपाली, अङ्ग्रेजी, अर्थशास्त्र र जनसङ्ख्या विषयको पढाई हुदैआएको छ । २०६५ सालदेखि सञ्चालनमा ल्याइएको बालसिद्धमा सुरुका दुई वर्ष केही शुल्क लिइएको थियो । उच्च शिक्षा पनि निःशुल्क प्राप्त गर्न पाउनुपर्छ भन्ने मान्यताले विना शुल्क अगाडि बढाइएको क्याम्पस प्रमुख ताराप्रसाद रेग्मीले बताउनुभयो ।
सबैभन्दा ठूलो कुरो शिक्षा रहेछ, शिक्षाले नै मानिसलाई सक्षम बनाउदो रहेछ । सक्षम नागरिकले आफ्नो जिविकोपार्जनलाई सक्षम बनाउदो रहेछ भन्ने आधारलाई मनन गरेर क्याम्पस सञ्चालनको सोंच बनाएको क्याम्पस प्रमुख रेग्मीले बताउनुभयो ।
विशेषगरी आर्थिक अवस्था कम्जोेर भएका बालबालिकालाई उच्च शिक्षा प्रदान गर्न सकियोस भन्ने हेतुले क्याम्पस सञ्चालनमा ल्याइएको रेग्मीले उल्लेख गर्नुभयो ।

सबैले उच्च शिक्षा हाँसिल गर्न आवस्यक छ र मात्रै देशले खोजेको समृद्धिको ढोका खुल्छ । यसका लागि स्थानीय स्तरमै सहज र गुणस्तरीय शिक्षा आजको आवस्यकता हो भन्ने आँफुहरुको मान्यता रहेको क्याम्पस प्रमुख रेग्मीको भनाई छ ।
अन्य स्थानमा के छ, सुन्नमा आएको छैन, चुनौतिका बावजुद पनि विना शुल्क क्याम्पस सञ्चालन गरिएको छ । इच्छाशक्ति हुने हो भने सम्भव छ भन्ने आँफूहरुको अभ्यासले देखाएको उहाँको भनाई छ ।
ताजा

सुन्दरबजारमा आगलागी, दुईतले घर जलेर नष्ट
२०८२ जेष्ठ ३१ गते, शनिबार
सुन्दरबजारमा आगलागी, दुईतले घर जलेर नष्ट
२०८२ जेष्ठ ३१ गते, शनिबार
वालिङ बहुमुखी क्याम्पसमा एक महिने फेसन डिजाइन तालिम
२०८२ जेष्ठ ३० गते, शुक्रबार
वालिङमा सुनाैलाे हजार दिनका आमालाई पाेसिलाे झाेला
२०८२ जेष्ठ २९ गते, बिहीबार
नवग्रह मन्दिरमा भागवत वाचिका राधिका दासीद्वारा दर्शन
२०८२ जेष्ठ २९ गते, बिहीबार
‘एयर इन्डिया’को विमान दुर्घटना
२०८२ जेष्ठ २९ गते, बिहीबार
आजको मौसमः केही स्थानमा भारी वर्षा हुने
२०८२ जेष्ठ २९ गते, बिहीबार
विद्यार्थीलाई कपाल काट्ने तालिम
२०८२ जेष्ठ २९ गते, बिहीबार
चिसापानी–देउराली-बानीडाँडा सडक धमाधम कालोपत्र हुँदै
२०८२ जेष्ठ २९ गते, बिहीबार
मह र मासमा अनुदान पाएपछि तनहुँका किसान उत्साहित
२०८२ जेष्ठ २८ गते, बुधबार