केवरेको बालसिद्धमा निःशुल्क शिक्षा


गोपाल जिटी
वालिङ,२३ जेठ- माध्यमिक तहसम्मको पठनपाठन निःशुल्क भएपनि उच्च शिक्षाका लागि भने निःशुल्क हुनसकेको छैन । तर स्याङ्जा वालिङको एक क्याम्पसले निःशुल्क शिक्षा दिले अभियानमा आगाडि बढेको छ ।

वालिङ नगरपालिका ७ केवरेस्थित बालसिद्ध क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई निःशुल्क शिक्षा लिने अवसर प्राप्त गर्दै आएकाछन् । बालसिद्ध क्याम्पसले विगत १३ वर्षदेखि स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुलाई बिना शुल्क क्याम्पसको पठनपाठन सञ्चालन गर्दै आएको छ ।

करिव सयको हाराहारीमा विद्यार्थीहरु अध्ययनरत रहेको यस क्याम्पसमा शिक्षा संकाय अन्तर्गत नेपाली, अङ्ग्रेजी, अर्थशास्त्र र जनसङ्ख्या विषयको पढाई हुदैआएको छ । २०६५ सालदेखि सञ्चालनमा ल्याइएको बालसिद्धमा सुरुका दुई वर्ष केही शुल्क लिइएको थियो । उच्च शिक्षा पनि निःशुल्क प्राप्त गर्न पाउनुपर्छ भन्ने मान्यताले विना शुल्क अगाडि बढाइएको क्याम्पस प्रमुख ताराप्रसाद रेग्मीले बताउनुभयो ।
सबैभन्दा ठूलो कुरो शिक्षा रहेछ, शिक्षाले नै मानिसलाई सक्षम बनाउदो रहेछ । सक्षम नागरिकले आफ्नो जिविकोपार्जनलाई सक्षम बनाउदो रहेछ भन्ने आधारलाई मनन गरेर क्याम्पस सञ्चालनको सोंच बनाएको क्याम्पस प्रमुख रेग्मीले बताउनुभयो ।
विशेषगरी आर्थिक अवस्था कम्जोेर भएका बालबालिकालाई उच्च शिक्षा प्रदान गर्न सकियोस भन्ने हेतुले क्याम्पस सञ्चालनमा ल्याइएको रेग्मीले उल्लेख गर्नुभयो ।

सबैले उच्च शिक्षा हाँसिल गर्न आवस्यक छ र मात्रै देशले खोजेको समृद्धिको ढोका खुल्छ । यसका लागि स्थानीय स्तरमै सहज र गुणस्तरीय शिक्षा आजको आवस्यकता हो भन्ने आँफुहरुको मान्यता रहेको क्याम्पस प्रमुख रेग्मीको भनाई छ ।
अन्य स्थानमा के छ, सुन्नमा आएको छैन, चुनौतिका बावजुद पनि विना शुल्क क्याम्पस सञ्चालन गरिएको छ । इच्छाशक्ति हुने हो भने सम्भव छ भन्ने आँफूहरुको अभ्यासले देखाएको उहाँको भनाई छ ।

ताजा

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

२०८३ आश्विन १ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal