राष्ट्रिय युवा संघद्वारा विरोध प्रदर्शन

वालिङ,१४ जेठ- नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले विरोध प्रदर्शन गरेको छ । नेपालमा हाल भैरहेको भ्रष्टाचार, अराजकता र वेथितिको विरुद्धमा युवा संघ स्याङ्जाले आइतबार वालिङमा र्‍यालीसहित विरोध प्रदर्शन गरेको हो ।

संघको नेतृत्वमा भ्रष्टाचार र वेथितिका विरुद्ध नारावाजीसहित भकुण्डेदेखि वालिङ बजार परिक्रमा गरेर वालिङको मुख्य चोक मोडमा आएर कोणसभामा परिणत भएको थियो ।
विरोध प्रदर्शनमा नक्कली शरणार्थी प्रकरणमा “दोषी कोही नउम्किउन, निर्दोश कोही नफसून्”, “ठूला माछालाई कार्यवाही गर”, “जलहरीको सुन पशुपतिमा छ, लुटेको सुन कहाँ छ ?” लगाएत लेखिएका प्लेकार्डसहित र्‍याली गरिएको थियो ।

कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय सदस्य सगुन रानाले भ्रष्टाचारी र वेथितिका नाइकेहरुलाई कार्यवाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो । जुनसकै पार्टीका किन नहोउन गल्ती गर्नेलाई छोड्न नहुने केन्द्रीय सदस्य रानाले औंल्याउनुभयो । सत्तापक्षले आफ्नालाई जोगाउने र अरुलाई फसाउने खेलखेलेमा त्यसको परिणाम राम्रो नहुने केन्द्रीय सदस्य रानाको चेतावनी छ ।

यस्तै राष्ट्रिय युवा सँघ नेपाल स्याङ्जाका अध्यक्ष पिताम्वर खनाल (शुशिल) ले गल्ती गर्ने आफ्नै पार्टी भित्रका भएपनि कार्यवाही हुनुपर्छ भन्ने मान्यतामा नेकपा एमाले भएको बताउनुभयो । एमालेवृत्तकै व्यक्ति समातिएका बेला प्रदर्शनमा उत्रिएको देखेर अनौठो मान्न नपर्ने अध्यक्ष खनालको भनाई छ । भ्रष्टाचार र वेथितिका विरुद्ध कफन बाँधेर सडकमा उत्रने र सुशासनका पक्षमा डटेर लाग्ने नेकपा एमाले भएकोमा स्पष्ट हुन अध्यक्ष खनालको आग्रह छ ।
संघको तर्फबाट हाल भैरहेको भ्रष्टाचार, अराजकता र वेथितिको विरुद्धमा जिल्ला प्रशासन कार्यालय स्याङ्जामा आजै ज्ञापनपत्र बुझाएकोसमेत अध्यक्ष खनालले जानकारी दिनुभयो । कार्यक्रममा राष्ट्रिय युवासंघ नेपालका साथै नेकपा एमाले सम्वद्ध नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

ताजा

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

२०८३ आश्विन १ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal