श्रममा विश्वास गरौँ ः पूर्व मन्त्री अर्याल

वालिङ,९जेठ– पूर्व मन्त्री पद्मा अर्यालले देशलाई समृद्ध बनाउन श्रमको सम्मान गर्नुपर्ने बताउनुभएको छ । नेकपा एमाले सचिव समेत रहनुभएकी नेतृ अर्यालले श्रममा विश्वास गर्ने नागरिक तयार गर्न सके मात्रै सिंगो देशलाई समृद्ध बनाउने सकिने बताउनुभयो ।

मंगलबार वालिङ नगरपालिका १३ पाठेखोलामा आयोजित रातो च्याउ सम्बन्धी व्यवसायिक तालिमको अवसरमा बोल्दै पूर्व मन्त्री अर्यालले सो कुरा बताउनुभएको हो ।

जनशक्ति बचत तथा ऋण सहकारी संस्था वालिङ १३ को आयोजना तथा भैरव च्याउ उद्योग पाल्पाको प्राविधिक सहयोगमा तालिम आयोजना गरिएको हो । पूर्व मन्त्री अर्यालले भन्नुभयो, “जीवन र देशलाई समृद्ध बनाउँनुछ भने श्रम गर्नुपर्छ । दःुखी गरिबले मात्रै श्रम गर्ने हो भन्ने मानसिकतालाई त्याग्न आवश्यक छ । श्रम हरेक व्यक्तिले गरेको हुन्छ चाहे त्यो मानसिक होस या शारीरिक, श्रम त श्रम नै हो श्रमलाई सम्मान गरौँ ।”

जीवनलाई सफल बनाउन श्रम गर्ने, सफल व्यक्तिको जीवनीहरु पढ्ने बानीको विकास गर्नुपर्ने भन्दै साना व्यवासायी तथा उद्योगहरु नै समृद्धिको आधार भएको उहाँको भनाइ थियो । वडा तथा टोल स्तरमा व्यवसायिकतालाई जोड दिनुपर्ने भन्दै वडा स्तरमा कुन व्यक्तिलाई कुन खेतिमा रुचि छ सोहि अनुसारको तथ्यांक संकलन गरेर विषय विज्ञ मार्फत तालिमहरु सञ्चालन गरि बजारको उचित व्यवस्थापन गर्न सकेको अवस्थामा देश कृषिबाटै समृद्ध बन्ने अर्यालको भनाइ थियो ।

एक फरक प्रसंगमा बोल्दै पूर्व मन्त्री अर्यालले देशमा आर्थिक मन्दी रहेको भन्दै यसको जिम्मा सबैले लिनुपर्ने बताउनुभयो । कोभिडको महामारीका बेला नभएको आर्थिक संकट यतिबेला भईरहेको बताउदै बजारीकरणको ग्यारेन्टी गरी उत्पादनमा लाग्नुपर्नेमा उहाँको जोड थियो ।

कार्यक्रममा वडा अध्यक्ष नमलाल डुम्रेले वडाले जनस्तरसम्म पुगेर काम गरेको बताउदै वडाका केही स्थानहरुलाई सुन्तला जोन, भैँसी जोन बनाउने योजनाहरु अगाडि बढेको बताउनुभयो । ठुला योजनाहरु प्रदेश र संघबाट आईरहेको अवस्थामा वडाले तल्लो तहसम्म पुगेर नागरिकको चाहाना अनुसार काम गरिरहेको वडा अध्यक्ष डुम्रेको भनाइ थियो ।

कार्यक्रममा तालिम सहजकर्ता पदमप्रसाद पाण्डेले स्वदेशमै केही गर्छु भन्नेहरुका लागि राज्य अभिभावकको रुपमा रहनुपर्नेमा जोड दिनुभयो । च्याउ उत्पादन मार्फत आर्थिक रुपमा सक्षम हुन तालिममा सहजभागिहरुलाई आग्रह गर्नुभयो । कार्यक्रम संस्थाका अध्यक्ष गीता पाठकको अध्यक्षतामा सम्पन्न भएको थियो । तालिममा भैरव च्याउ उद्योगका संचालक केशवबहादुर कार्की, पदमप्रसाद पाण्डेलगायतले सहजीकरण गर्नुभएको थियो ।

ताजा

फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए च्याट जीपीटी जस्तै च्याटबोट ‘ज्योया’

२०८३ जेष्ठ ३ गते, आईतवार

फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए च्याट जीपीटी जस्तै च्याटबोट ‘ज्योया’

२०८३ जेष्ठ ३ गते, आईतवार

याक र चौरीलाई लेक लगिँदै

२०८३ बैशाख २८ गते, सोमबार

एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ बैशाख २८ गते, सोमबार

राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

२०८३ बैशाख २८ गते, सोमबार

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्‍याली

२०८३ बैशाख २० गते, आईतवार

डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती

२०८३ बैशाख २० गते, आईतवार

एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

२०८३ बैशाख २० गते, आईतवार

आजको मौसमः केही स्थानमा मध्यम वर्षा र हिमपात हुने

२०८३ बैशाख २० गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal