वालिङ नगरपालिकामा पाठ्यक्रम मस्यौदामाथि छलफल
मणि प्रसाद अर्याल
वालिङ,४ जेठ– वालिङ नगरपालिकाले स्थानीय पाठ्यक्रमको मस्यौदा निर्माण गरि छलफल गरेको छ । पलिकामा रहेका वडा अध्यक्ष, कार्यपालिका सदस्य, पत्रकार स्थानीय अगुवा अभिभावक, विभिन्न विद्यालयका प्रधानाध्यापक र स्थानीय विज्ञहरुका बिचमा छलफल भएको थियो ।
यही शैक्षिक सत्रदेखि लागू हुनेगरी स्थानीय पाठ्यक्रम निर्माणको काम अन्तिम चरणमा पुगेको र अघिल्लो वर्ष नै कक्षा १ देखी ५ सम्मको पाठ्यक्रम निर्माण गरिएको वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले जानकारी दिनुभयो ।
पाठ्याक्रमलाई समय सान्दर्भिक, आवश्यकतामा आधारित साथै व्यवहारिक, जीवनोपयोगी बनाउन सरोकारवालाहरुबाट राय सुझाव संकलन गरि स्थानीय पाठ्यक्रममा स्थानीय भाषा, संस्कृति, सम्पदाको जगेर्ना गर्ने उद्देश्य राखिएको छ ।

मस्यौदामाथिको छलफल कार्यक्रममा वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले स्मार्ट सिटिका स्मार्ट नागरिक शिक्षा हाम्रो ठुलो चुनौती रहेको छ । यही कछुवाको तरिकाले शिक्षालाई गति दिने हो भने यसले ठुलो क्षती हुने बताउदै यसमा कुनै पक्षलाई दोष दिएर कुनै अर्थ नहुने सवै सरोकारवालाहरु बौद्धिक व्यक्तित्वहरुसंगको संवन्वयमा शिक्षालाई गति दिन सकिने हुदा सवैसंग हातेमालो गरि अगाडी बढ्ने जानकारी दिनुभयो । अवको पाठ्यक्रममा मानविय पक्षलाई पनि हेर्नुपर्ने नगरप्रमुख खाँणको भनाइ थियो ।
यसैगरि वालिङ नगरपालिका निर्वतमान नगर प्रमुख दिलिप खाँणले हिजोको अवस्था भन्दा पनि अवको भविश्य कस्तो हुने भन्ने शिक्षा अवको पाठ्यक्रममा समेट्नुपर्ने बताउनुभएको थियो । पाठ्यक्रमभित्र वालिङ भित्रका सवै पक्षहरु समेटिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
पाठ्क्रम निर्माण समितिमा लक्ष्मी रेग्मी, यमबहादुर कुँवर यमकान्त खनाल, भोजराज गुरुङ, तिलक पराजुली, मेगराज गैहे र हिमलाल पंगेनी रहनुभएको छ । मस्यौदा छलफलमा उठेका विषयहरु पनि पाठ्यक्रममा समावेश गरि प्रकाशन गर्ने पाठ्यक्रम निर्माण समितिले जानकारी गराएको थियो ।
ताजा
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार





















