रामपुरमा महिलालाई बाख्रा उपहार

वालिङ,११ जेठ– पाल्पाको रामपुरमा महिला दिदी बहिनीहरुलाई बाख्रा उपहार स्वरुप हस्तान्तरण गरिएको छ ।
रामपुर नगरपालिका २ तिलिङडाँडाका महिला दिदी बहिनीहरुलाई बुधबार बाख्रा उपहार दिइएको हो । रामपुर नगरपालिका र हेफर प्रोजेक्ट नेपालको साझेदारीमा सञ्चालित रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजना अन्तर्गत मूल समूहद्वारा बाख्रा उपहार दिइएको हो ।
बाख्रा उपहार हस्तान्तरण गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले उपहार स्वरुप प्राप्त बाख्राको सही सदुपयोग गरी व्यवसायिक रुपमा बाख्रा पालनमा लाग्न आग्रह गर्नुभयो । उहाँले व्यसायिक रुपमा बाख्रा पालन गरेमा नगरपालिकाले सहयोग गर्ने समेत बताउनुभयो ।
नगर प्रमुख थापाले बैंकबाट ऋण लिएर व्यवसायिक फर्म सञ्चालन गर्नेलाई नगरपालिकाले व्याज तिरिदिने समेत जानकारी दिनुभयो । उहाँले व्यक्तिगत वा सामुहिक रुपमा फर्म दर्ता गरेर व्यवसायिक बाख्रापालन गरी नगरलाई मासुमा आत्मनिर्भर बनाउन आवश्यक रहेको बताउनुभयो । साथै नगर भित्रका कृषि तथा पशु उत्पादनको बजारिकणका लागि नगरपालिकाले सहजिकरण गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । उपहारको रुपमा पाएको बाख्राबाट बढि भन्दा बढि उत्पादन गरेर उदाहरणीय बन्न नगर प्रमुख थापाले आग्रह गर्नुभयो ।
रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजनाका संयोजक सञ्जु परियारले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा चौतलादेवि स्वाबलम्बन महिला समूहले कृष्ण देवि स्वाबलम्बन महिला समुूहका दिदीबहिनिहरुलाई १८ वटा बाख्रा हस्तान्तरण गरिएको जनाइएको छ ।
ताजा

वालिङमा तीन पत्रकार सामानित
२०८२ बैशाख ६ गते, शनिबार
वालिङमा तीन पत्रकार सामानित
२०८२ बैशाख ६ गते, शनिबार
शिक्षकलाई विद्यालय फर्काउ
२०८२ बैशाख २ गते, मंगलवार
स्थानीय तहको सेवा प्रवाहमा प्रश्न
२०८१ चैत्र ३१ गते, आईतवार
महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण
२०८१ चैत्र ३१ गते, आईतवार
सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल
२०८१ चैत्र ३० गते, शनिबार
वरिष्ठ पत्रकार भैरव रिसालको निधन
२०८१ चैत्र २५ गते, सोमबार
बाह्रविशे मेला सम्पन्न, दर्शककाे उत्साहाजनक सहभागिता
२०८१ चैत्र २४ गते, आईतवार
आज बाह्रविशे मेला, तयारी पुरा
२०८१ चैत्र २४ गते, आईतवार
गह्राैसुर मन्दिरमा दर्शनकाे लागि लाम्वद्ध भक्तजन
२०८१ चैत्र २३ गते, शनिबार