वालिङ नगरपालिकाबाटै श्रम स्वीकृती

वालिङ,२५ वैशाख- वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरूले स्थानीय तहबाटबाटै श्रम स्वीकृती तथा पुनः श्रम स्वीकृती सम्बन्धि सेवा प्रवाह हुने व्यवस्था भए सँगै स्थानीय तहहरूले श्रम स्वीकृती दिन थालेकाछन् ।
अबदेखि सेवाग्रहिहरुले वालिङ नगरपालिकाबाटै श्रम स्वीकृती प्राप्त गर्ने भएकाछन् । सोमबार वालिङ नगरपालिकाका नगर प्रमुख कृष्ण खाँणले वालिङ नगरपालिका १३ का सुरज श्रेष्ठ पुन लाई श्रम स्वीकृती प्रदान गरेर सेवाको शुभारम्भ गर्नुभएको हो ।
वैदेशिक रोजगारीमा साउदी अरब जान लागेका श्रेष्ठलाई पालिकाबाटै पहिलो श्रम स्वीकृती सेवा प्रदान गरिएको रोजगार संयोजक पवन वस्यालले जानकारी दिनुभयो ।
यस अघि श्रम स्वीकृती लिनको लागि वैदेशिक रोजगार विभाग वा प्रदेश स्थित श्रम कार्यालय जानुपर्ने बाध्यता थियो । तर श्रम स्विकृतीका लागि अनलाइन प्रणालीको सुरूवात भए संगै स्थानीय तहबाट यसै वर्षको वैशाख १ गतेदेखि सो सुविधा प्राप्त हुन थालेको हो।

श्रम स्वीकृती लिनको लागि राहदानी, एक प्रती पासपोर्ट साइजको फोटो, पारिवारिक विवरण, बैंक खाता, व्यक्तिगत इमेल आइडी र सम्पर्क नम्बर, रोजगारदाताले दिएको सम्झौता पत्र, भिजाको प्रतिलिपी सहित स्थानीय तहको रोजगार सेवा केन्द्र निशुल्क अनलाइन आवेदन दिन सकिने रोजगार संयोजक वस्यालले जानकारी दिनुभयो ।
वैदेशिक रोजगार कल्याणकारी कोष, सामाजिक सुरक्षा कोष र बीमा रकम बापत तिर्नुपर्ने शुल्क तोकिएको बैंक खातामा दाखिला गरेपछि श्रम स्वीकृतीको प्रक्रिया अगाडि बढ्ने र श्रम स्वीकृती पत्र अनलाइनबाटै प्राप्त गर्नसकिन्छ । आवेदन स्वीकृत भएको वा आवश्यक विवरणहरू अपुग भएको जानकारी पनि अनलाइन मार्फत नै सम्बन्धित सेवाग्रहिले प्राप्त गर्न सक्छ्न् । श्रम स्वीकृती सम्बन्धमा थप जानकारी स्थानीय तहको रोजागार सेवाकेन्द्रबाट समेत लिन सकिने ब्यवस्था मिलाइएको छ ।
ताजा

शिक्षकलाई विद्यालय फर्काउ
२०८२ बैशाख २ गते, मंगलवार
शिक्षकलाई विद्यालय फर्काउ
२०८२ बैशाख २ गते, मंगलवार
स्थानीय तहको सेवा प्रवाहमा प्रश्न
२०८१ चैत्र ३१ गते, आईतवार
महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण
२०८१ चैत्र ३१ गते, आईतवार
सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल
२०८१ चैत्र ३० गते, शनिबार
वरिष्ठ पत्रकार भैरव रिसालको निधन
२०८१ चैत्र २५ गते, सोमबार
बाह्रविशे मेला सम्पन्न, दर्शककाे उत्साहाजनक सहभागिता
२०८१ चैत्र २४ गते, आईतवार
आज बाह्रविशे मेला, तयारी पुरा
२०८१ चैत्र २४ गते, आईतवार
गह्राैसुर मन्दिरमा दर्शनकाे लागि लाम्वद्ध भक्तजन
२०८१ चैत्र २३ गते, शनिबार
ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी, गण्डकी प्रदेश मै उत्कृष्ठ घोषणा
२०८१ चैत्र २३ गते, शनिबार