‘को–हजबेण्ड’ क्यानडा, भारत, बेलायत र स्लोभाकियाको फिल्म महोत्सवमा छनौट

कठमाडौं,५ फागुन – नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र फिल्म ‘सहायक श्रीमान’ (को–हजबेन्ड) विश्वका विभिन्न देशका फिल्म महोत्सवमा छनौट भएको छ ।

भारतको केलरामा यही फेब्रुअरी २० देखि २३ सम्म हुने साइन अन्तर्राष्ट्रिय फिल्म महोत्सव, बेलायतको लण्डनमा २० फेबु्रअरीदेखि ५ मार्चसम्म हुने लण्डन माउेन्टन फिल्म महोत्सव, मार्च २४ देखि २६ सम्म क्यानडाको नर्थ बे ओन्टारियोमा हुने गेटवे अन्तर्राष्ट्रिय फिल्म महोत्सव तथा युरोपियन मुलुक स्लोभाकियामा आयोजित टाट्रास अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा को–हजबेण्ड छनौट भएको निर्देशक गणेश पाण्डेले जानकारी दिनुभयो ।

विश्वका दर्जनौ महोत्सवमा छनौट भइसकेको को–हजबेण्डले गत अगष्ट ४ देखि ७ सम्म अमेरिकाको जर्जियामा आयोजित आठौं कब इन्टरनेशनल फिल्म फेस्टिवलमा ‘बेष्ट इन्टरन्याशनल डकुमेन्ट्री अवार्ड’ जित्न सफल भएको थियो । काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिबल (किम्फ)बाट यात्रा आरम्भ गरेको ‘को–हजबेण्ड’ले नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा एक हजार डलरसहित उत्कृष्ट डकुमेन्ट्री अवार्डका रुपमा ‘माउण्ट एभरेष्ट अवार्ड’ जितेको थियो । यसैगरी, नेपालमै आयोजित नेपाल–अफ्रिका चलचित्र महोत्सवमा ‘एडिम क्रियटिभ पुरस्कार २०२१’, भारतको सिम्ला अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘उत्कृष्ट डकुमेन्ट्री अवार्ड’ र रसियामा आयोजित अन्तर्राष्ट्रिय कान्स भिडियो फेस्टिबलमा सर्वोत्कृष्ट पुरस्कार ‘ग्राण्ड प्रिक्स अवार्ड’, स्लोभाकियाको पोपरोडमा आयोजित प्रतिष्ठित २९औं इन्टरनेशनल फिल्म फेस्टिबल अफ माउन्टेन फिल्मस् पोपराडमा ‘अनरेवल मेन्सन अवार्ड’ जितेको थियो ।

बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायाँकन गरिएको हो । घरमा जति दाजुभाई छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान छ । सोही विषयलाई निर्देशक पाण्डेले पहिलोपटक पर्दामा उतार्नुभएको हो । साइन मिडिया प्रालिको ब्यानरमा बनेको यो वृत्तचित्रको निर्मात्री शारदा गैरे, प्रमुख सहायक निर्देशक एवं दृश्य सम्पादक ईश्वर कोइराला र सहायक निर्देशक नृपराज हमाल हुनुहुन्छ । यसैगरी, ईश्वर कोइराला, चन्द्रमान डंगोल, अविनाश लामा र राधेश्याम तिमिल्सिनाले यो डकुमेन्ट्रीलाई क्यामरामा कैद गर्नुभएको थियो भने संगीत संयोजन संगीतकार जुगल डंगोलले गर्नुभएको थियो ।

यसअघि पनि निर्देशक पाण्डेको बहुचर्चित डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरु’ (नेपाल अर्थक्वेकः हिरोज, सर्भाइभर्स एण्ड मिराकल्स)ले पनि डेढ दर्जन अन्तर्राष्ट्रिय अवार्ड जितेको थियो ।

FMfcgzGrcjKQfRSNJtnkgBxpdrRMglrR?projector=1

ताजा

वालिङमा तीन पत्रकार सामानित

२०८२ बैशाख ६ गते, शनिबार

वालिङमा तीन पत्रकार सामानित

२०८२ बैशाख ६ गते, शनिबार

शिक्षकलाई विद्यालय फर्काउ

२०८२ बैशाख २ गते, मंगलवार

स्थानीय तहको सेवा प्रवाहमा प्रश्न

२०८१ चैत्र ३१ गते, आईतवार

महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण

२०८१ चैत्र ३१ गते, आईतवार

सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल

२०८१ चैत्र ३० गते, शनिबार

वरिष्ठ पत्रकार भैरव रिसालको निधन

२०८१ चैत्र २५ गते, सोमबार

बाह्रविशे मेला सम्पन्न, दर्शककाे उत्साहाजनक सहभागिता

२०८१ चैत्र २४ गते, आईतवार

आज बाह्रविशे मेला, तयारी पुरा

२०८१ चैत्र २४ गते, आईतवार

गह्राैसुर मन्दिरमा दर्शनकाे लागि लाम्वद्ध भक्तजन

२०८१ चैत्र २३ गते, शनिबार

ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी, गण्डकी प्रदेश मै उत्कृष्ठ घोषणा

२०८१ चैत्र २३ गते, शनिबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal