माटो परिक्षण गरी किसानलाई उपचार सामग्री वितरण
स्याङ्जा,५फागुन- पुतलीबजार नगरपालिकाका किसानलाई माटो परिक्षण गरी उपचार सामग्री वितरण गरिएको छ । पुतलीबजार नगरपालिका र संयुक्त राष्ट्र संघिय विकास कार्यक्रम यएनडीपीको आर्थिक र प्राविधिक सहयोग एवं सूर्योदयक्लब स्याङ्जाको व्यवस्थापनमा संचालित “हरित पुनरुत्थान तथा कोभिड-१९ प्रतिकार्य पहल” परियोजना अन्तरगत माटो परिक्षणको नतिजा सार्वजनीक पछि नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले किसानलाई सामग्री हस्तान्तरण गर्नुभएको हो ।
यस कार्यक्रममा खेती योग्य जग्गाको माटो सुधारका लागि पुतलीबजार नगरपालिका क्षेत्र भित्र का विभिन्न वडाका किसानहरुलाई माटो परिक्षणको नतिजाको आधारमा उपचार सामग्री अन्तरगत कृषि चून वितरण गरिएको सूर्योदयक्लबले जनाएको छ ।
कार्यक्रमले पुतलीबजार नगरपालिकाका विभिन्न कृषकहरुले लाभ लिनुका साथै खेती योग्य जमिनमा उल्लेख्य सुधार आई आगामी दिनमा समेत उब्जनी बढाउनमा पनि ठूलो भूमिका रहने बताउदै कृषि उत्पादन सम्बन्धी केही समस्या आएमा कृषि शाखामा आएर जानकारी गराउन समेत नगर प्रमुख रेग्मीले आग्रह गर्नुभयो ।
ताजा
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार
वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
२०८३ आश्विन १ गते, बिहीबार





















