गण्डकी प्रदेशमा फागुन ४ सार्वजनिक बिदा

कास्की,३ फागुन- गण्डकी प्रदेशभर भोलि फागुन ४ गते सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकारले सरकार स्थापना दिवसका अवसरमा प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा बिदा दिएको हो । प्रदेश राजपत्रमा विसं २०७९ मा सार्वजनिक बिदामा स्थापना दिवसको दिन समेत समावेश गरिएको हो ।

गत वर्ष चैत २३ गतेको मन्त्रिपरिषद् बैठकले प्रदेश स्थापना भएको दिन बिदा दिने निर्णय गरेको थियो । प्रदेश स्थापना दिवसबाहेक प्रदेश सरकारले भानु जयन्ती, कोजाग्रत पूर्णिमा र चैतेदसैँमा बिदा दिँदै आएको छ । गण्डकी प्रदेश सरकारले स्थापना दिवसका अवसरमा बिहीबार विभिन्न कार्यक्रम गर्दैछ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीका अनुसार वार्षिकोत्सवलाई भव्य बनाउने गरी तयारी गरिएको छ । उहाँका अनुसार बिहान ७ः३० बजे शहीदचोकस्थित शहीद स्तम्भमा माल्र्यापणको कार्यक्रम रहेको छ । त्यसपछि शहीदचोकदेखि पोखरासभागृहसम्म प्रभातफेरीको आयोजना गरिएको छ ।

पोखरा सभागृहमा वार्षिकोत्सवको मूल समारोह आयोजना गरिएको छ । समारोहमा प्रदेशका उत्कृष्ट कर्मचारीको घोषणा, विपद् व्यस्थापनमा खटिएर उत्कृष्ट काम गर्ने सुरक्षाकर्मीको सम्मान र मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिताका च्याम्पियन टोलीलाई पुरस्कार प्रदान गरिने सचिव अधिकारीले जानकारी दिनुभयो ।

ताजा

माघे सङ्क्रान्तिमा सेतीवेणीमा भक्तजन

२०८१ माघ १ गते, मंगलवार

माघे सङ्क्रान्तिमा सेतीवेणीमा भक्तजन

२०८१ माघ १ गते, मंगलवार

विरुवा गाउँपालिकामा जनतासँग जनप्रतिनिधी, जेष्ठ नागरिकलाई सम्मानमा

२०८१ माघ १ गते, मंगलवार

विरुवामा छातीरोग सम्बन्धी शिविर

२०८१ पुष २९ गते, सोमबार

भूमि समस्या समाधान आयाेग स्याङ्जाकाे अध्यक्षमा तारा शर्मा

२०८१ पुष २९ गते, सोमबार

प्रेस सेन्टर स्याङ्जाको अधिवेशन सम्पन्न, अध्यक्षमा केपी खनाल

२०८१ पुष २९ गते, सोमबार

हरिनास गाउँपालिकाद्वारा स्थानीय मदिराको ब्राण्डीङ संगै एकल पुरुषलाई भत्ता

२०८१ पुष २९ गते, सोमबार

एमाले वालिङद्वारा अभिमुखिकरण कार्यक्रम सम्पन्न

२०८१ पुष २८ गते, आईतवार

‘उच्च शिक्षा मापदण्ड ऐन ल्याएर मात्र थप विश्वविद्यालय’

२०८१ पुष २५ गते, बिहीबार

रास्वपाका सभापति लामिछानेसहित छ प्रतिवादीले बुझाए धरौटी

२०८१ पुष २५ गते, बिहीबार

चलचित्र ‘गुरु आमा’को पहिलो पोस्टर सार्वजनिक

२०८१ पुष २५ गते, बिहीबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal