बाग्लुङ र म्याग्दीलाई मुख्यमन्त्री कप भलिबल प्रतियोगिताको उपाधी

गोपाल जिटी
वालिङ,३ फागुन- स्याङ्जाको वालिङमा सञ्चालित गण्डकी प्रदेश स्तरीय मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधी बाग्लुङ र म्याग्दीले जीतेका छन् । पुरुषतर्फ बाग्लुङ र महिलातर्फ म्याग्दीले उपाधी जीतेका हुन् ।

बुधबार भएको फाइनल खेलमा पुरुषतर्फ बाग्लुङले पर्वतलाई २५—१९, २५—२२ र २८—२६ मा उपाधीका लागि जीत निकालेको हो । खेलको दोस्रो सेटमा कडा प्रतिस्पर्धामा उत्रेको पर्वतले बाग्लुङलाई २९—२७ को जीत निकालेको थियो । तेस्रो सेटमा बाग्लुङले २५—२२ ले विजयी भए पनि उपाधीका लागि चौथो सेटमा निकै मेहनत गर्नुपर्‍यो । यस्तै नवलपुरले तेस्रो स्थान हासिल गर्दा तनहँुले सान्त्वना स्थानमा चित्त बुझाएको छ ।

यसैगरी महिलातर्फको भलिबलमा पर्वतमाथि जीत निकाल्दै म्याग्दीले उपाधी हात पारेको हो । म्याग्दीले २५—१४, २५—१६ र २५—१६ को सोझो सेटमा जीत हासिल गरेको हो । स्याङ्जाले तेस्रो स्थान हासिल गरेको छ भने तनहुँ सान्त्वना भएको छ ।
महिला तथा पुरुष भलिबल प्रतियोगितामा तेस्रो र चौथो स्थान हाँसिल गर्ने टीमसहित विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुलाई आयोजकले पुरस्कार प्रदान गर्‍यो । प्रथम र द्वितीय हुने टीमलाई भने विहिबार पुरस्कृत गरिने छ । प्रदेश स्थापना दिवसका अवसरमा पोखरामा आयोजित विशेष कार्यक्रममा प्रथम र द्वितीय हुने टीमलाई पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा पुरुषतर्फ गण्डकी प्रदेशका ११ वटै जिल्लाका टीम आएका थिए भने महिलातर्फ मनाङ बाहेकका १० ओटा जिल्ला सहभागी थिए । फागुन १ देखि सुरु भएको मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिता फागुन ३ गते बुधबार सम्पन्न गरिएको हो ।

प्रदेश खेलकुद परिषद पोखराले आयोजना गरेको प्रतियोगितामा गण्डकी प्रदेश भलिबल संघको प्राविधिक सहयोग रहेको थियो भने प्रदेश खेलकुद परिषद पोखरा र जिल्ला भलिबल संघ स्याङ्जाले समन्वय गरेको थियो ।
प्रतियोगितामा तृतीय र सान्त्वना हुने समूहले क्रमशः, ५० हजार र ३० हजार नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेकाछन् । यसैगरी प्रथम र द्वितीय भएका टीमले क्रमशः १ लाख ५० हजार र १ लाख नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

ताजा

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

२०८३ आश्विन १ गते, बिहीबार

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal