बाग्लुङ र म्याग्दीलाई मुख्यमन्त्री कप भलिबल प्रतियोगिताको उपाधी

गोपाल जिटी
वालिङ,३ फागुन- स्याङ्जाको वालिङमा सञ्चालित गण्डकी प्रदेश स्तरीय मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधी बाग्लुङ र म्याग्दीले जीतेका छन् । पुरुषतर्फ बाग्लुङ र महिलातर्फ म्याग्दीले उपाधी जीतेका हुन् ।
बुधबार भएको फाइनल खेलमा पुरुषतर्फ बाग्लुङले पर्वतलाई २५—१९, २५—२२ र २८—२६ मा उपाधीका लागि जीत निकालेको हो । खेलको दोस्रो सेटमा कडा प्रतिस्पर्धामा उत्रेको पर्वतले बाग्लुङलाई २९—२७ को जीत निकालेको थियो । तेस्रो सेटमा बाग्लुङले २५—२२ ले विजयी भए पनि उपाधीका लागि चौथो सेटमा निकै मेहनत गर्नुपर्यो । यस्तै नवलपुरले तेस्रो स्थान हासिल गर्दा तनहँुले सान्त्वना स्थानमा चित्त बुझाएको छ ।

यसैगरी महिलातर्फको भलिबलमा पर्वतमाथि जीत निकाल्दै म्याग्दीले उपाधी हात पारेको हो । म्याग्दीले २५—१४, २५—१६ र २५—१६ को सोझो सेटमा जीत हासिल गरेको हो । स्याङ्जाले तेस्रो स्थान हासिल गरेको छ भने तनहुँ सान्त्वना भएको छ ।
महिला तथा पुरुष भलिबल प्रतियोगितामा तेस्रो र चौथो स्थान हाँसिल गर्ने टीमसहित विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुलाई आयोजकले पुरस्कार प्रदान गर्यो । प्रथम र द्वितीय हुने टीमलाई भने विहिबार पुरस्कृत गरिने छ । प्रदेश स्थापना दिवसका अवसरमा पोखरामा आयोजित विशेष कार्यक्रममा प्रथम र द्वितीय हुने टीमलाई पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा पुरुषतर्फ गण्डकी प्रदेशका ११ वटै जिल्लाका टीम आएका थिए भने महिलातर्फ मनाङ बाहेकका १० ओटा जिल्ला सहभागी थिए । फागुन १ देखि सुरु भएको मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिता फागुन ३ गते बुधबार सम्पन्न गरिएको हो ।
प्रदेश खेलकुद परिषद पोखराले आयोजना गरेको प्रतियोगितामा गण्डकी प्रदेश भलिबल संघको प्राविधिक सहयोग रहेको थियो भने प्रदेश खेलकुद परिषद पोखरा र जिल्ला भलिबल संघ स्याङ्जाले समन्वय गरेको थियो ।
प्रतियोगितामा तृतीय र सान्त्वना हुने समूहले क्रमशः, ५० हजार र ३० हजार नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेकाछन् । यसैगरी प्रथम र द्वितीय भएका टीमले क्रमशः १ लाख ५० हजार र १ लाख नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
ताजा

व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी
२०८१ चैत्र १ गते, शुक्रबार
व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी
२०८१ चैत्र १ गते, शुक्रबार
पिंक सिटी महोत्सवमा सञ्चालित भलिबल प्रतियोगिताको सेमिफाइनल शनिबार हुने
२०८१ चैत्र १ गते, शुक्रबार
वालिङमा दुई उद्याेग वाणिज्य संघले मनाए हाेली
२०८१ चैत्र १ गते, शुक्रबार
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल स्याङ्जाद्वारा साहित्यकार वनवासीलाई सम्मान
२०८१ फाल्गुन २९ गते, बिहीबार
प्रथम पिंक सिटी महाेत्सवकाे आठाैं दिन दर्शककाे घुईचाे, भिडियाे सहित
२०८१ फाल्गुन २८ गते, बुधबार
टोड्केको सिरेटोमा रमाउँछन् पाहुना
२०८१ फाल्गुन २७ गते, मंगलवार
विद्यालय पुग्न ट्युबको सहारा
२०८१ फाल्गुन २७ गते, मंगलवार
सञ्चारिका समूह स्याङ्जाको अध्यक्षमा: न्याैपाने
२०८१ फाल्गुन २२ गते, बिहीबार
संस्थागत विद्यलयका सवारी चालकलाई दुर्घटना न्युनिकरण सम्बन्धि अभिमुखिकरण कार्यक्र सम्पन्न
२०८१ फाल्गुन २२ गते, बिहीबार