वालिङ गोल्ड कप फुटवल प्रतियोगिता पुस ३० देखि सुरु, अफ्रिकाका खेलाडी सहभागी हुने

वालिङ,२७ पुस– वालिङमा पहिलो वालिङ गोल्ड कप राष्ट्रिय फुटवल प्रतियोगिता हुने भएको छ । पहिलो वालिङ गोल्ड कप राष्ट्रिय फुटवल प्रतियोगिता यही पुस ३० गते देखि सुरु हुने आयोजक वालिङ युनाइटेड क्लवका अध्यक्ष लालबहादुर ज्वारचनले बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो ।

पहिलो वालिङ गोल्ड कप राष्ट्रिय फुटवल प्रतियोगितामा राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडीका बीच प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा नेपालका प्रतिष्ठित ए डिभिजन क्लव र विदेशी क्लवसहित ८ समूहको सहभागिता रहने अध्यक्ष ज्वारचनले बताउनुभयो ।

अध्यक्ष ज्वारचनका अनुसार त्रिभुवन आर्मी, शसस्त्र प्रहरी बल (एपिएफ), साहरा फुटवल क्लव पोखरा, केबीए बीएफएस चितवन, लिस्नु क्लव कोटिहवा रुपन्देही, एभिनेयर फुटवल क्लव अफ्रिका र स्थानीय दुई टीमसहित ८ समूहका बीच प्रतियोगिता हुने छ ।

प्रतियोगिताको विजेताले रु ५ लाख र उपविजेताले २ लाख पचास हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । ठूलो धनराशीको पुरस्कारसहित राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडीका बीच जिल्लामै पहिलो फुटवल प्रतियोगिता आयोजना गरिएको अध्यक्ष ज्वारचनले बताउनुभयो ।

यो सँगै आगामी दिनमा वालिङ गोल्ड कप राष्ट्रिय फुटवल प्रतियोगितालाई निरन्तरता दिने ज्वारचनको भनाइ थियो । पहिलो राउण्डका ४ खेल हेर्नेहरुका लागि प्रति टिकट रु १ सय लाग्ने छ भने दर्शकहरुका लागि प्यारापिटको व्यवस्था गरिएको छ ।
पहिलो वालिङ गोल्डकप सम्पन्न गर्न २० देखि २५ लाखसम्म खर्च हुने अनुमान गरिएको क्लवले जनाएको छ । पुस ३० गते देखि सुरुहुने पहिलो वालिङ गोल्डकप माघ ७ गतेसम्म सञ्चालन हुने छ । गत असोस २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा सञ्चालित राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत राष्ट्रिय महिला फुटबलको खेल वालिङमा भएको थियो ।

वालिङ नगरपालिकाले खेलमैदानमा दुवो विछ्उनुका साथै थप व्यवस्थापन गरे सँगै राष्ट्रिय महिला फुटबलको खेल सञ्चालन भएको हो । पहिलो वालिङ गोल्डकप फुटवल राष्ट्रियस्तरको दोस्रो ठूलो प्रतियोगिता हो । योे सँगै राष्ट्रियस्तरका प्रतियोगिताले वालिङमा निरन्तरता पाउने खेलाडी तथा खेलप्रेमीहरुको विश्वास छ ।

ताजा

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal