चितवन महोत्सव ः एकै दिन ३० हजार दर्शकद्वारा अवलोकन


चितवन,२७ पुस– नारायणगढको नारायणी नदीकिनारमा सञ्चालन भइरहेको चितवन महोत्सव आज (बुधवार) तेस्रो दिन ३० हजार दर्शकले महोत्सवको अवलोकन गरेकाछन् ।
महोत्सवमा दर्शकका उत्साहजनक सहभागिता रहेको चितवन महोत्सव टिकट व्यवस्थापन समितिका संयोजक राजन पियाले जानकारी दिनुभयो ।
पुस २५ गतेदेखि सुरु भएको महोत्सव माघ ४ गतेसम्म सञ्चालन हुने छ । आज तेस्रो दिनसम्म आइपुग्दा करिब ५० हजार जनाले महोत्सव अवलोकन गरेका पियाको भनाइ छ । महोत्सवमा अवलोकनकर्ताहरुको उपस्थिति बढ्दो क्रममा रहेको उल्लेख गर्दै आगामी दिनमा अवलोकनकर्ता अझै बढ्ने पियाले बताउनुभयो ।

महोत्सव प्रवद्र्धन समिति संयोजक राजेन्द्र ओलीले महोत्सव अवधिभर महोत्सव स्थिलभित्र विभिन्न कार्यक्रमहरु सञ्चालन भइरहने जानकारी दिनुभयो । उहाँले पुस ३० गते खेल पर्यटन सम्बन्धी गोष्ठी र सोही दिन बिहान साइकल ¥याली हुने छ भने माघ २ गते साहित्यिक गोष्ठी तथा माघ ३ गते कृषि सम्बन्धि गोष्ठी हुने ओलीको भनाइ छ ।
चितवन महोत्सव अन्तर्गत पुस २८ देखि माघ २ गतेसम्म नारायणगढको क्याम्पाचौरमा फुड फेस्टिभलको आयोजना गरिएको छ ।
उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष एवं प्रदर्शक व्यवस्थापन समिति संयोजक सुमनकुमार श्रेष्ठले महोत्सवमा ४ सय ५० ओटा स्टल रहेको बताउदै सबै स्टलहरुको बीमा गरिएको जानकारी दिनुभयो । महोत्सव स्थलको चौबीसै घण्टा सिसिटिभी क्यामेराबाट निगरानी भइरहेको समेत श्रेष्ठको भनाइ छ । महोत्सवको आन्तरिक सुरक्षा व्यवस्था निजी क्षेत्रलाई जिम्मा दिइएको भन्दै श्रेष्ठले बाह्य सुरक्षाका लागि स्थानीय प्रशासनसँग सहकार्य गरिएको बताउनुभयो ।

महोत्सव अवलोकनका लागि सर्वसाधारणलाई ६० तथा विद्यार्थीलाई ३० रुपैयाँको टिकट व्यवस्था गरिएको वरिष्ठ उपाध्यक्ष श्रेष्ठको भनाइ छ । दश दिनसम्म सञ्चालन हुने महोत्सवमा पाँच लाख दर्शकले अवलोकन गर्ने तथा २५ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने आयोजकले अपेक्षा गरेको छ ।
तीस जनाद्वारा रक्तदान
चितवन महोत्सवस्थलमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन् । जिल्लामा रगतको माग बढ्दै गएकाले आपूर्ति सहज बनाउन आयोजना गरिएको रक्तदान कार्यक्रममा ६ महिलासहित ३० जनाले रक्तदान गरेको
महोत्सवको स्वास्थ्य समिति संयोजक धनप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

ताजा

व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी

२०८१ चैत्र १ गते, शुक्रबार

व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी

२०८१ चैत्र १ गते, शुक्रबार

पिंक सिटी महोत्सवमा सञ्चालित भलिबल प्रतियोगिताको सेमिफाइनल शनिबार हुने

२०८१ चैत्र १ गते, शुक्रबार

वालिङमा दुई उद्याेग वाणिज्य संघले मनाए हाेली

२०८१ चैत्र १ गते, शुक्रबार

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान  नेपाल स्याङ्जाद्वारा साहित्यकार वनवासीलाई सम्मान

२०८१ फाल्गुन २९ गते, बिहीबार

प्रथम पिंक सिटी महाेत्सवकाे आठाैं दिन दर्शककाे घुईचाे, भिडियाे सहित

२०८१ फाल्गुन २८ गते, बुधबार

टोड्केको सिरेटोमा रमाउँछन् पाहुना

२०८१ फाल्गुन २७ गते, मंगलवार

विद्यालय पुग्न ट्युबको सहारा

२०८१ फाल्गुन २७ गते, मंगलवार

सञ्चारिका समूह स्याङ्जाको अध्यक्षमा: न्याैपाने

२०८१ फाल्गुन २२ गते, बिहीबार

संस्थागत विद्यलयका सवारी चालकलाई दुर्घटना न्युनिकरण सम्बन्धि अभिमुखिकरण कार्यक्र सम्पन्न

२०८१ फाल्गुन २२ गते, बिहीबार

राजनीतिक स्थायीत्वको लागि दुई ठुला दल एक ठाउँमा आएको पूर्व मन्त्री अर्यालको भनाई

२०८१ फाल्गुन २१ गते, बुधबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal